Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रतिनिधिसभा सभामुखमा निर्वाचित अग्निप्रसाद सापकोटालाई नेपालका लागि जापानी राजदूत मासामिचो साइगोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सङ्घीय संसद् सचिवालयस्थित सभामुखको कार्यालयमा पुगेर राजदूत साइगोले जापानी, जापान सरकार र त्यहाँको संसद् डायटका तर्फबाट सभामुख सापकोटालाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका हुन् । भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विविध पक्षमा विचारविमर्श भएको सभामुखको निजी सचिवालयबाट थाहा भएको छ । नेपालको आर्थिक विकासमा महत्वपूर्ण साझेदार जापानले खासगरी पूर्वाधार निर्माण, प्रविधि हस्तान्तरण र शिक्षाका क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । संसदीय प्रतिनिधिमण्डलबाट बेलाबेलामा हुने भ्रमणले दुई देशबीच छ दशक लामो सम्बन्धलाई थप प्रगाढ तुल्याउन योगदान पु¥याउँदै…

Read More

बेइजिङ(एजेन्सी) : चीनले संयुक्तराज्य अमेरिकालाई नोवल कोरोना भाइरसका कारण उत्पन्न महामारी नियन्त्रणमा ल्याउन चीनले गरिरहेको प्रयत्नलाई वस्तुपरक, निष्पक्ष, शान्तपूर्ण र बुद्धिमत्तापूर्ण तरिकाबाट सम्मान गर्न आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भाइरससँग जुध्न चीनका साथै अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्न पनि अमेरिकालाई अनुरोध गरेकी छिन । कोरोना भाइरसको महामारी विरुद्ध लड्न चीन सरकार र जनताले कुनै कसर बाँकी नराखेको बताउँदै उनले यस महामारी फैलन नदिनेतर्फ भइरहेका प्रयासमा निकै प्रगति भइसकेको जानकारी दिईन । प्रवक्ता चुनयिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार चीनबाट अमेरिका आउनेलाई प्रवेशमा कडाई गर्न लागेको घोषणा गरिएको विषयमा सोधिएको एक प्रश्नमा उक्त धारणा…

Read More

डोटी: जिल्लाका कुल नौवटा स्तानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा बिजुली नपुगेका कारण समस्या हुने गरेको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडाहरुमा अहिलेसम्म पनि बिजुली विस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन् । जोयाल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको तथा दिउँसो ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताए । उनले भने, “स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौँ तर उक्त विद्युत् दिउँसो कार्यालय समयमा काटिने भएका कारण…

Read More

खलङ्गा: जुम्लाको तिला गाउँपालिका–१ राराका महिला व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बन्दै गएका छन् । परम्परागत रुपमा गरिँदै आएको खेतीपातीबाट गुजारा नचल्ने भएपछि उनीहरुले शुरु गरेको च्याउ खेतीले अहिले व्यावसायिक रुप लिएको छ । दुई वर्षअघिदेखि च्याउ खेती शुरु गरेका महिलाले च्याउ बिक्री गरेर वार्षिक रु दुई लाख कमाउन थालेका छन् । बजारमा च्याउको माग बढ्दै गएपछि उनीहरुले उत्पादन गरेको च्याउ अहिले घरबाटै बिक्री हुने गरेको छ । चार वर्षअघि व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाबाट च्याउ खेतीबारे तालीम प्राप्त गरेपछि आफ्नै खेतबाट साना तीनवटा टनेलमा च्याउ खेती शुरु गरेका यहाँका सातजना महिलाको आम्दानीबाट प्रभावित भएर गाउँका अन्य महिलाले…

Read More

भक्तपुर: विश्व सम्पदा सूचीमा सूचीकृत विश्व प्रसिद्ध ङातापोल्हँ अर्थात् पाँचतले मन्दिर जीर्णोद्धारका क्रममा मौलिक शैलीलाई मास्न नहुने विज्ञहरुले सुझाव दिएका छन् । भक्तपुर नगरपालिकाले उक्त मन्दिरको जीर्णोद्धार गरिरहेको छ । राजा भूपतिन्द्र मल्लले १७०२ सालमा निर्माण गरेको ङातापोल्हँ अर्थात् पाँचतले मन्दिर जीर्णोद्धारका क्रममा मन्दिरको सम्पूर्ण भागको राम्रोसँग प्राविधिक अध्ययन गरेर मौलिक रूप दिनुपर्ने सुझाव विज्ञहरूले दिएको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । नेपाल मजदूर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नेपाल भूकम्पीय जोखिमको हिसाबले ११औँ स्थानमा रहेको हुनाले ङातापोल्हँ मन्दिरका लागि मौलिक प्रविधिका साथै स्थानीय गुणस्तरीय सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले सम्पदा पुनःनिर्माण…

Read More

खाँदबारी: सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका बन्द भएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथाङ्का नाका बन्द गरेको हो । नाका बन्द भएपछि कामको खोजीमा चाँगा बजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए । सीमापारि रहेकामा १२ जना सङ्खुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताए । उनीहरूलाई नेपाल फर्काउन आज जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उनले बताए । उनका अनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोना भाइरस नेपाल भित्रिन सक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ । “चीनमा कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि हामीले…

Read More

धनगढी: अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडा अध्यक्ष पदमबहादुर धामीको मृत्यु्को अनुसन्धान गर्न सङ्घीय प्रहरी इकाई कार्यालय धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली पठाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी उपरीक्षक दीपक भारतीले तालिमप्राप्त कुकुरसहितको टोली आइपुगेपछि थप अनुसन्धान हुने बताए । ‘हामी घटनास्थलमा पुगिसकेका छौं’ उनले भने, ‘धनगढीबाट तालिमप्राप्त कुकुरसहितको टोली पनि पुग्दै छ । त्यसपछि तथ्य बाहिर आउने छ ।’ वडा अध्यक्ष धामीको शव मंगलबार विहान विनायक बजारबाट ३० मिनेटको दुरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको थियो । उनको अनुहारमा चोट देखिएको प्रहरीले जनाएको छ । संघीय प्रहरी इकाई कार्यालयका धनगढीका प्रमुख तथा सुदूरपश्चिम प्रदेशका…

Read More

काठमाडौँ: युनिसेफ जर्मनीका संरक्षक एल्के बुडेनबेन्डरले नेपाल भ्रमणका क्रममा यहाँका बालबालिकाको स्थिति र त्यसको दिगो समाधानका लागि युनिसेफले चालेको कदमका बारे जानकारी लिएका छन् । यही माघ २० देखि २४ गतेसम्म नेपाल भ्रमण गर्दै रहेका उनले ललितपुरका विद्यालय, युवा क्लब र समुदायका बालबालिकालाई भेटी तिनको दैनिक जीवनमा आउने चुनौतीको सामना गर्ने तरिकाबारेमा जानकारी लिएको युनिसफ नेपालका सञ्चार विशेषज्ञ शर्मिना मानन्धरले जानकारी दिए । उनले प्राकृतिक प्रकोपको प्रभाव कम गर्न समुदायहरूले आफूलाई सुदृढ बनाउन गरेका प्रयासका बारे पनि जानकारी लिनेछन् । सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्य्रान्क वाल्टर स्टेइनमेयरकी श्रीमती एल्के बुडेनबेन्डरले स्वास्थ्य सेवा र शिक्षाको पहुँच, उच्च गरीबी र…

Read More

बनेपा: जिल्ला कारागार काभ्रेपलाञ्चोकमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सोमबार गरिएको अनुगमन÷निरीक्षणका क्रममा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको पाएपछि तत्काल ठाउँको व्यवस्थापन गरी कारागारलाई व्यवस्थापन गर्न कारागार शाखालाई निर्देशन दिएको छ । पचहत्तर जनाको क्षमता रहेको कारागारमा अहिले २४२ जना कैदीबन्दी रहेका छन् । उनीहरुलाई सुत्ने व्यवस्थापन गर्न तल र माथि सुत्न मिल्ने गरी खाटको व्यवस्थापन गरी अटाएको कारागार व्यवस्थापन शाखाले जनाएको छ । कारागार शाखाको निरीक्षणपछि महान्यायाधिवक्ता खरेलले बस्ने ठाउँ साँघुरो भएकाले छिट्टै नगरपालिकासँग समन्वय गरेर कारागार व्यवस्थित गर्न लाग्नुपर्ने निर्देशन दिएको हो । “अरू ठाउँको अवस्था हेरेर सफासुग्घर नै पाइयो तर…

Read More

ढाका: भौगोलिक सीमाका हिसाबले नेपाल र बङ्गलादेशको दूरी २७ किलोमिटरको छ । असल र सुमधुर सम्बन्ध भएको बङ्गलादेश र नेपालको खानपान, सांस्कृतिक वातावरण, भौगोलिक अवस्था र भाषिक शब्द धेरै मिल्दोजुल्दो छ । हरेक दृष्टिले निकट यी दुई देशबीचको जनस्तरको सम्बन्ध, आपसी सहयोग, व्यापार–व्यवसायको आदानप्रदान र पर्यटन प्रवद्र्धनलगायत विषयमा बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रसँग उनकै कार्यकक्षमा गरेको कुराकानी(माघ १२)को सम्पादित अंशः नेपाल र बङ्गलादेशको सम्बन्ध कस्तो पाउनुभएको छ ? डा मिश्रः बङ्गलादेश स्वतन्त्र देशको रुपमा अस्तित्वमा आएदेखि नै हार्दिक, सुमधुर र घनिष्ठ सम्बन्ध रहिआएको छ । हामी बङ्गलादेशलाई मान्यता दिने सातौँ राष्ट्र हौँ । सन् १९७१ डिसेम्बर १६ मा…

Read More