Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुरुङ्गा: झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उनले फूलखेती गरेरै आफ्नो परिचय फेरेकी छिन । परिचयसँगै उनको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उनलाई ‘फूलमाया’ भन्छन् । फूलखेती गरेकै कारण लक्ष्मीमाया एकाएक फूलमाया भईन । जन्मदेखि मृत्युसम्म र मन्दिरदेखि घाटसम्म नै अति आवश्यक मानिने फूल केही समयअघिसम्म चाडपर्व (दशैँ, तिहार)लाई लक्षित गर्दै सोखका रूपमा घर वरिपरि आँगनको डिलमा वा करेसाबारीमा थोरै मात्रामा रोप्ने गरिन्थ्यो । तर, अहिले घर सजावटका लागि मात्रै रोपिने त्यही फूलको झापामा व्यावसायिक खेती हुने गरेको छ । फूल रोपेरै अधिकारीले…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले चालु वर्षमा ‘मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम’ कार्यान्वयन गर्न लागेको छ । चालु वर्षमा नमूनाका रुपमा यो कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयमार्फत कार्यान्वयन गर्न लागिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई परिपत्र गरेर कार्यक्रम सञ्चालनको प्रक्रियामा गएको मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख डा चेतराज जोशीले बताए । स्वास्थ्य संस्थासम्म पुगेर आफ्नो स्वास्थ्योपचार गर्न नसक्ने ज्येष्ठ नगारिक र अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी यो कार्यक्रम कार्यान्वयन हुन लागेको हो । “ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई उनीहरुकै घरदैलोमा पुगेर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन यो कार्यक्रम सञ्चालन गर्न लागिएको…
काठमाडौँ: बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक वर्ष (साउनदेखि कात्तिकसम्म) मा विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनअनुसार २२ जिल्लामा ८० बालविवाहका घटनामा ११६ बालबालिकाको विवाह भएको देखिन्छ । पहँुच र सचेतना अभावका कारण प्रकाशमा नआएका बालविवाहका घटना यसभन्दा बढी हुनसक्ने अनुमान गर्न सकिन्छ । बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै ७२ जना (३६ विवाह)ले उमेर नपुग्दै विवाह गरेका छन् भने तीन बालिकाको विवाह अनमेल तथा अस्वाभाविक उमेर अन्तर भएकासँग भएको देखिएको परिषद्का प्रवक्ता रामबहादुर चन्दले…
कास्की: माछापुुच्छ«े गाउँपालिका दूध उत्पादनका हिसाबले जिल्लामा नमूना बन्दै गएको छ । व्यावसायिक पशुपालन फस्टाउँदै गएपछि यहाँका कृषकले दूध बेचेर मनग्यै आम्दानी गर्दै आएका छन् । गाउँपालिकाको वडा नं ३ घाचोक र वडा नं ४ लाहाचोकमा सबैभन्दा बढी दूध उत्पादन हुने गर्दछ । लाहाचोकबाटमात्रै दैनिक पाँच हजार लिटर दूध बिक्रीका लागि बजारमा आउने गरेको छ । लाहाचोकका कृषकले दूध बिक्रीबाट दैनिक रु तीन लाख ५० हजार तथा मासिक एक करोड पाँच लाख आम्दानी गर्दै आएको गाउँपालिका पशु सेवा शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । दूध बिक्रीबाट आयआर्जन हुन थालेपछि कृषकहरु क्रमशः व्यावसायिक पशुपालनमा आकर्षित हुने क्रम बढेको छ…
ललितपुर: ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेर उक्त कामको शुभारम्भ गरे । ग्वार्काेबाट महानगरपालिकाको पछाडि उत्तरी गेटसम्म मापन गरिएको १८७३ नम्बरप्लेटको दूरी हो । यसैगरी २९१ नम्बरप्लेट झम्सीखेल चोकबाट वडा नं ३ को वडा कार्यालयसम्म र ३५ नम्बरप्लेट भनीमण्डल चोकदेखि सेन्टमेरिज विद्यालयको गेटसम्मको दूरी रहेको महर्जनले जानकारी दिए । उनले भने, “महानरपालिकाका घरघरमा नम्बरप्लेट राखेपछि एक स्थानबाट अर्काे स्थानमा…
काठमाडौँ: पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो । पहिले नै ट्र्याक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । स्थानीय निकायले अहिले नै गल्छीदेखि मलेखुसम्म ट्र्याक खोलेर सञ्चालनमा ल्याएको छ । त्यसलाई दुई लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको छ । उनले भने, “मलेखुबाट विशालटारसम्म पनि ट्र्याक खोल्न समस्या छैन ।” नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे…
सप्तरी: सप्तरीमा विद्युत् चोरी गरेको आरोपमा २४ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको संयुक्त टोलीले विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । टोलीले जिल्लाको बोदेबरसाइन क्षेत्रबाट १६ र राजगढ गाउँपालिकाबाट आठ गरी २४ जनालाई विद्युत् चोरीको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । पक्राउ परेका २४ जनालाई विद्युत् चुहावट नियन्त्रण विनियमावली, २०५९ अनुसार हानी नोक्सानी एवं क्षतिपूर्ति दाखिला गराई छाडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।
ताप्लेजुङ: कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिमेकी मुलुकमा समेत फैलन सक्ने भन्दै नाकामा आवतजावत बन्द गराएको हो । यही माघ १६ गते चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन जानकारी भएको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले जानकारी दिनुभयो । सडक निर्माणका लागि आएका चिनियाँ कामदारको टोली फर्किएलगत्तै रिउ प्रशासनबाट आवतजावतमा रोक लगाउन अनुरोध भएको उहाँले बताउनुभयो । “आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको र आवतजावतका कारण अन्यत्रसमेत फैलनसक्ने भन्दै यसबाट बच्न केही समयसम्मका लागि आवतजावतमा रोक लगाइदिन भनेर रिउ प्रशासनबाट अनुरोध…
काठमाडौं : आईसीसी विश्व क्रिकेट लिग– २ अन्तर्गत पहिलो नेपाल, ओमन र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज बुधबारदेखि हुने भएको छ। त्रिवि मैदान कीर्तिपुरमा हुने सिरिजको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ। नेपाली टोलीले अभ्यासलाई पनि तीव्र बनाएको छ। नेपाली टोलीले पुस २५ देखि पोखरा रंगशालामा अभ्यास गरेको थियो। अभ्यासका क्रममा नेपालले मलेसियासँग अभ्यास खेल पनि खेलेको थियो। सिरिज खेल्न अमेरिका र ओमन नेपाल आइसकेका छन्। अमेरिकी टोली दुई साता भारतमा तयार गरेर नेपाल आएको हो। माघ २९ गतेसम्म चल्न सिरिजमा २३…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उहाँले नेकपाले नै सङ्घर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गर्नुभयो । उहाँले पार्टीका महिला नेताकार्यकर्तालाई आफ्नो सङ्गठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिँदै भन्नुभयो, “परिवर्तन र कम्युनिष्टविरोधी महिला संस्था वा अन्तर्राष्ट्रिय संस्थाहसँग सहकार्य गरेर महिला अधिकार स्थापित हुन्छ भन्ने पूर्ण सत्य होइन । यो काम हाम्रो सङ्गठनले मात्रै गर्न…
