Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

हेटौँडा: भ्रमण वर्षको प्रचारप्रसार गर्न भन्दै सात हजार ५०० जनालाई दौडाउने गरी वाग्मती प्रदेश सरकारले ‘हेटौँडा रन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा तथा पर्वतीय खेलकुद महासङ्घको संयोजनमा ‘हेटौँडा रन’ कार्यक्रम गरिने भएको मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हेटौँडा रनअन्तर्गत यही माघ २५ गते हुने प्रतियोगितामा हजारौँ व्यावसायिक तथा अव्यावसायिक धावकलाई दौडाउने कार्यक्रम रहेको मन्त्रालयका सचिव शिवकुमार वाग्लेले जानकारी दिए । हेटौँडा रनमा पुरुष र महिलाको छुट्टाछुट्टै दौड प्रतियोगिता हुने र मनोरञ्जनात्मक दौडको अलग्गै कार्यक्रम छ । हेटौँडा…

Read More

काठमाडौं: बलात्कार आरोपमा आत्मसमर्पण गरेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रमुख यज्ञविनोद पोखरेलले भने, ‘जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ५ दिन समय प्राप्त भएको छ ।’ राणाले घटनामा सत्यता नभएको बताउँदै आएका छन् । पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको भन्दै शुक्रबार प्रहरीमा किटानी जोहरी दिएकी थिइन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण भइसकेको छ भने विस्तृत…

Read More

काठमाडौँ: साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अङ्कले बढेर एक हजार ३४९.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१६ अङ्कले बढेर २८७.९१ मा पुगेर रोकिएको छ । परिसूचकमा सामान्य वृद्धि हुँदा कारोवार रकम भने डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १७७ कम्पनीका ४७ लाख ४८ हजार ८२९ कित्ता शेयर रु एक अर्ब ६१ करोड १७ लाख १९ हजार २०३ मा खरिद–बिक्री भए । कारोवार भएका १२ मध्ये पाँच उपसमूहको शेयर मात्र बढेको छ । आज सबैभन्दा बढी निर्जीवन बीमा उपसमूहको शेयर…

Read More

भक्तपुर: सरकारले भक्तपुरका दुई ठाउँमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौँभित्र बनाइने चारमध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौँ उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको छ । सरकारले काठमाडौँ उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो । उपत्यकाबाट ‘इशान’ कोणको रुपमा लिइएको यसलाई भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिने सांसद महेश बस्नेतले जानकारी दिए । यस कोणको उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म विस्तार हुने यो शहर भक्तपुरको पुरानो थिमिको…

Read More

काठमाडौँ : चीनमा कोरोना भाइसरको महामारी फैलिरहेका बेला त्यहाँबाट आउने तरकारीको भाउ पनि आकाशिन थालेको छ भने आयात नगन्य हुन थालेको छ । चीनमै खाद्यान्नको अभाव हुने अवस्था सिर्जना भइरहेका बेला त्यहाँबाट अन्य देशमा खाद्य सामग्री निर्यात बन्द प्रायः छ । चीनमा आयात हुँदै आएको सुकेको लसुन, सुकेको प्याज, स्याउ र नासपातीको आयात केही दिनयता ठप्प प्राय छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका उपनिर्देशक तथा प्रवक्ता विनय श्रेष्ठका अनुसार बजारमा केही समयअघि आयात भइ स्टकमा रहेका चाइनिज तरकारीको मूल्य बढेको हो । चीनमा आएको सुकेको लसुन यतिबेला प्रति केजी ५५० रुपैयाँमा किनवेच भइरहेको छ…

Read More

चितवन: भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गाैलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि सेवा विस्तार गरिएको हो । सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले पालो कुर्ने बिरामीको सङ्ख्या बढेपछि आजदेखि रात्रिकालीन सेवा शुरु गरिएको बताए । सो अवसरमा उहाँले हाल ६९ जनाले नियमित डायलेसिस गरिरहेको बताए । तीमध्ये ३० पुरुष र ३९ महिला रहेका छन् । अरू थप ५० जना बिरामीले पालो कुरिरहेकाले रात्रिकालीन सेवा शुरु गरिएको उनले बताए । सो अवसरमा अस्पतालको मेडिसिन विभाग प्रमुख डा प्रकाश खतिवडा, डायलेसिस विभाग प्रमुख सुनिता आचार्य लगायतले…

Read More

काठमाडौँ: लोकगायक बद्री पङ्गेनीलाई पितृ शोक परेको छ । उहाँको पिता बोधराज पङ्गेनीको ७० वर्षको उमेरमा निधन भएको हो । काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको बाटोमै निधन भएको परिवारले जनाएको छ । उहाँ दमसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । उहाँको पाल्पाको रामपुरमा दाहसंस्कार गरिने भएको छ । उहाँका दुई छोरा र एक छोरी छन् । श्रीमतीको यसअघि नै निधन भइसकेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश विजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् ।

Read More

गलकोट: बागलुङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१ रामरेखामा घरको छतबाट खसेर एक वालिकाको मृत्यु भएको छ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी घर भई रामरेखा आफन्त सीता विकको घरमा आएकी विमला विककी छोरी १५ महिनाकी दीपसिना विकको आइतबार दिउँसो घरको छतमाथि खेलिरहेका बेला अचानक भुईँमा खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । छतबाट खसेर घाइते बालिकाको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचारपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइए पनि अस्पतालले गए राति मृत घोषाण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए । यसैबीच बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८ भडकुवामा एक शिक्षक…

Read More

चीन (एजेन्सी) : कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला चीन सरकारले आमनागरिक आतंकित बनाउने काम अमेरिकाले गरेको आरोप लगाएको छ । अमेरिकाले शुक्रबार मात्रै जनस्वास्थ्य आपतकाल घोषणा गर्दै चीन घुमेर दुई हप्ता अगाड फर्किने सबै मुलुकका नागरिकलाई अमेरिकामा प्रवेश निषेध गरेको थियो । यो घोषणाका कारण पनि मानिसमा डर सिर्जना गरेको चिन्ता फैलाएको आरोप चीनका विदेश मन्त्रालयका प्रवक्ता हुवा चिनिंगले लगाए । उनले अमेरिकाले सहायता प्रस्ताव गर्नुको सट्टा भ्रम र डर फैलाउने काम गरेको बताइन । चीन भ्रमण गर्ने नागरिकलाई यात्रा निषेध गर्ने यो पहिलो देश हो, उनले भनिन । अमेरिकाले चीनबाट फर्किने नागरिकलाई प्रवेशमा रोक लगाए…

Read More

काठमाडौं : एमसीसीबारे अध्ययन गर्न बनेको नेकपाको कार्यदलको आज सोमबार पहिलो बैठक बसेको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा नेकपा केन्द्रिय कमिटिले गठन गरेको कार्यदलको आज बसेको पहिलो बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतासम्बन्धी कुन कुन बुँदामा कसरी अध्ययन गर्ने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक नेताले बताएका छन । आजको बैठकले एमसीसीमा उल्लेख भएअनुसार सडक र विद्युतमा सहयोगका मुल बुँदाहरु र आमनागरिकमा एमसीसीको बुझाइबारे अध्ययन गर्नुपर्ने आवश्यकता लगायतका मुद्दा उठेको ती नेताले बताए । खनालको नेतृत्वमा बनेको कार्यदलले १० दिनभित्र एमसीसीबारे अध्ययन गरी प्रतिवेदन बुझाउनु पर्ने छ । प्रतिवेदन पेश भइ कार्यदलले दिएको सुझावका…

Read More