Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
मान्म: फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया शुरु भएको छ । जग्गा अधिग्रहण गर्न नेपाल सरकारले स्वीकृति प्रदान गरेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीको जग्गा अधिग्रहणको प्रक्रिया शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय कालीकोटले जलविद्युत् आयोजना निर्माण क्षेत्रमा पर्ने प्रभावितको जग्गा अधिग्रहणका लागि बुधबार सार्वजनिक सूचना प्रकाशन गरेको छ । बाँध निर्माणबाट डुबानमा पर्ने कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका र पचालझरना गाउँपालिकाको साविक रकु, स्युँना, मेहलमुढी, फुकोट, बदालकोट, नानीकोट र राम्नाकोट गाविसमा रहेका प्रभावितको जग्गा अधिग्रहणको प्रक्रिया थालनी गरिएको जिप्रका कालीकोटका सहायक प्रजिअ बमबहादुर नेपालीले बताए । “प्रशासनले आयोजनाको बाँध डुबान क्षेत्रमा पर्ने…
काठमाडौं: नेपाल प्रहरीबाट स्वेच्छिक अवकाश लिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार खिउजुविरुद्ध जबरजस्ती करणी कसूरमा किटानी जाहेरी परेको छ । ललितपुर महांकालकी २१ वर्षीया युवतीले खिउजुविरुद्ध ललितपुर प्रहरी परिसर, जावलाखेलमा किटानी जाहेरी दिएकी हुन् । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरसँग कुरा गर्दै किटानी जाहेरी आएको पुष्टि गरे । उनले भने, ‘जाहेरी आएको छ यद्यपि, दर्ता भइसकेको छैन । तयारी गरिरहेका छौं ।’ स्रोतका अनुसार बुधबार साँझ ५ बजे पीडित युवती ललितपुर प्रहरीमा पुगेकी थिइन् । उनले किटानी जोहरी दिएलगत्तै प्रहरीले पाटन अस्पताल लगेर स्वास्थ्य परीक्षण गराएको छ । एसएसपी राईका अनुसार पीडितले पत्रकार राजु…
बलेवा: बागलुङको ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम स्थापानाका लागि गण्डकी प्रदेश सरकारसँग सम्झौता भएको छ । गाउँपालिका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका बीचमा कार्यक्रम कार्यान्वयनलाई सम्झौता भएको हो । स्थानीय तहबाटै सम्पूर्ण काम गर्ने गरी पहिलो चरणमा छनोट भएका स्थानीय तहलाई औद्योगिक ग्रामका लागि अनुदान रकम उपलब्ध गराउन मन्त्रालयले सम्झौता गरेको हो । गण्डकी प्रदेशमा ११ स्थानीय तह औद्योगिक ग्रामका लागि छनोट भएका छन् । जसमध्ये पाँच वटा स्थानीय तहसँग मात्रै पहिलो चरणमा सम्झौता भएको हो । बागलुङमा औद्योगिक ग्रामका लागि छनोट भएको बागलुङ नगरपालिका सँग भने दोस्रो चरणमा सम्झौता हुने मन्त्रालयले जनाएको छ । उद्योग, पर्यटन,…
बनियानी: “तरकारीमा विषादी नहाल्दा उत्पादन कम हुन्छ, तर विषादीरहित तरकारी फलाएर खुवाउन पाउँदा आत्मसन्तुष्टि र गर्व लागेको छ”, झापा विर्तामोड–७ का कृषक होमप्रसाद अधिकारी भन्छन । बजारमा पाइने विषादीयुक्त तरकारीबाट क्यान्सरजन्य रोग लाग्ने थाहा पाएपछि उनी विषादीरहित तरकारी खेती लागेको हो । आफूले लगाएको गोलभेँडाको बोट देखाउँदै उनले भने, “हेर्नुस् त, बोट कस्तो छ ?” विषादीरहित तरकारी विषादी हालिएको तुलनामा कम चम्किलो र आकर्षक देखिन्छ । पाँचथरको सुभाङबाट झापा झर्नुभएका अधिकारीले पाँच कठ्ठामा गोलभेँडा, धनियाँ, रायो साग, कोभी, बन्दालगायतका तरकारीखेती गरिरहेको छ । उनले दैनिक १०० मुठा धनियाँ बिक्री गर्नुहुन्छ । “रु सात÷आठ प्रतिमुठा धनियाँ बेच्ने गरेको छु”,…
भद्रपुर: नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पु¥याउने काम वर्षाँैंदेखि चलिआएको छ । यस्ता काममा सीमावर्ती भारतीय एजेण्टहरू अहोरात्र खटिएका हुन्छन् र तिनका नेपाली एजेण्टले उत्तम आर्थिक अवसर नपाएका नेपालीका विवशतालाई विभिन्न सपना देखाएर सीमा कटाउने काम गरिरहेका छन् । नेटवर्किङका नाममा यस्तै ठूलो मानव तस्करीको जालो अहिले मेची वारिपारि सक्रिय रहेको फेला परेको छ । दोलखाका सुदीपबाबु पोखरेलले गाउँमा रहेका १७ र २१ वर्षका फेसबुकका दुई केटी साथीलाई जागिर लगाइदिने प्रलोभनमा पारेर झापा ल्याए । यही…
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निर्धारित समयमा नहुने लगभग पक्का भएको छ । त्रिभुवन विश्वविद्यालयको स्ववियु नियमावलीमा चुनाव हुनुभन्दा एक महिना अगाडि नै कार्यतालिका सार्वजनिक हुनुपर्ने व्यवस्था छ । तर, त्रिविले चुनावको तालिका सार्वजनिक गरेको छैन । त्यतिमात्र होइन, स्ववियु निर्वाचन समितिको अध्यक्ष रेक्टर हुने व्यवस्था छ, तर रेक्टर पद हाल रिक्त छ । त्यसैले स्ववियु निर्वाचन फागुन १४ गते नहुने भएको हो । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख गंगाबहादुर थापाले भने नेपाल विद्यार्थी संघ (नेविसंघ)ले समय मागेकाले स्ववियु चुनावको कार्यतालिका ननिकालिएको बताए । ‘नेविसंघका नेताहरुले हामीलाई…
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक जारी छ । जसमा काँग्रेस निकट कानुन व्यवसायीको पनि सहभागिता रहेको छ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछ काँग्रेस नेताहरु र कानुुन व्यवसायी छलफलमा जुटेका हुन् । बैठकमा पदाधिकारीका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, मिनेन्द्र रिजाललगायतको सहभागिता रहेको छ । बैठकमा उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित भएको काँग्रेस नेताले बताए । भानुले भने, ‘अहिले पार्टी कार्यालयमा उपसभापतिविरुद्ध दायर मुद्दाका विषयमा…
काठमाडौं: सामाजिक सञ्जालमा हुने विज्ञापनबाट वाषिर्क ५ अर्ब रुपैयाँ हाराहारीमा रकम विदेशीने नेपाल राष्ट्र बैंकले बताएको छ । बुधबार मौदि्रक नीतिको समीक्षाका लागि सुझाव लिन आयोजना गरिएको कार्यक्रममा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले ५ अर्ब रुपैयाँ विदेशीने गरेको अनौपचारिक तथ्यांकले देखाएको बताएका हुन् । उनले ठूलो परिमाणमा अवैधानिक च्यानलबाट रकम भित्रने गरेको भन्दै त्यसलाई नियमन गर्न लागिएको बताए । केहि दिनअघि सार्वजनिक सूचना जारी गरेर राष्ट्र बैंकले फेसवुक, ट्वीटर, यूटुब जस्ता सामाजिक सञ्जालमा गरिएको विज्ञापनको भुक्तानी वैधानिक च्यानलबाट नभए मुद्रा अपचलनको मुद्दा चलाउने बताएको थियो । मिश्रले गैर कानूनी तरिकाले सामाजिक सञ्जालमा हुने…
मुस्ताङ: मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनी गाउँमा सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा ‘अनलाइन बुकिङ’को व्यवस्था शुरुआत गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्था शुरु गरिएको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिए । ग्राहकले घरवासमा बुक गर्दा शुल्क तिर्नु नपर्ने उनले जानकारी दिए । सदरमुकाम जोमसोमदेखि दुई किमि दक्षिणमा रहेको उक्त गाउँको आसपासमा थकाली सङ्ग्रहालय, ढुम्बा ताल, हिउँचितुवा गुफा, वर्षौं पुरानो कुछपतेरेङ्गा गुम्बा, यारु झो भिउपोइट, इको ग्रो स्याउ बगान, घरपझोङ किल्ला, संसारकै अग्लो तिलिचो ताल पुग्ने छोटो पदमार्ग, कैशाङ क्याम्प तथा दर्जनौँ पर्यटकीयस्थल रहेका छन् । स्थानीय १२ घरमा…
कास्की: कास्कीको माछापुच्छ«े गाउँपालिकाले दलित र महिलाका लागि लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । निजामती सेवामा दलित तथा महिलाको पहुँच अभिवृद्धि तथा निजामती प्रशासनप्रति अभिरुचि जगाउने उद्देश्यले तयारी कक्षा सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । नौवटै वडाबाट सहभागी छनोट गरेर पोखरास्थित एक इन्स्टिच्युटमा राजपत्र अनङ्कित प्रथम श्रेणी(नायब सुब्बा) तथा राजपत्र अनङ्कित द्धितीय श्रेणी(खरिदार) को पाठ्यक्रममा आधारित कक्षा सञ्चाल गर्न लागिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए । महिलातर्फ ११ तथा दलित पुरुष दुई र दलित महिला १४ गरी २७ सहभागी रहेका छन् । गाउँपालिकाबाट पहिलोपटक लोकसेवा तयारीमा सहयोग गरिएको बताइन्छ । “लक्षित वर्गका लागि विनियोजित…
