Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: विभिन्न किसिममा अलौकिक वस्तुहरु आफूसँग रहेको बताउँदै त्यसलाई देखाउने र बेच्ने बहानामा खरिदकर्तालाई एकान्तमा लगेर लुट्ने गिरोहका ६ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी सार्वजनिक गरेको छ । महाशाखाका एसपी मुकेशकुमार सिंहका अनुसार उनीहरुले आफ्नो साथमा बल्ने ढुंगा, वनझाँक्रीको हड्डी, गौलोचन, एकमुखे रुद्राक्ष, दाहिने शंख लगायतका वस्तुहरु आफूसँग छ भनि खरिदकर्तालाई एकान्तमा लगेर लुट्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । सो समूहले काठमाडौं भगवान पाउ बस्ने ६३ वर्षका बच्चुराम गुरुङलाई आफूसँग बल्ने ढुंगा रहेको भनेर काभ्रेस्थली लगेर आँखामा खुर्सानीको धुलो छर्केर ५० लाख लुटेर फरार भएका थिए । सोही लुटपाटको अनुसन्धानको क्रममा प्रहरीले काठमाडौंका विभिन्न…

Read More

काठमाडौँ: प्रतिनिधि सभाको सभामुख निर्वाचित हुने प्रक्रियामा रहेका सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटका लागि आइतबार तोकिएको पेशी हेर्न नमिल्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारका रुपमा आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकबाट सभामुख चयन हुने प्रक्रियामा रहेका सापकोटालाई सभामुख चयन नगर्ने गरी आदेश जारी गर्न माग गर्दै शुक्रबार दायर भएको रिटको सुनुवाईका लागि आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयालको (६ नम्बर) इजलाशमा पेशी तोकिएको थियो । फुयाल अधिवक्ताको रुपमा रहँदा सापकोटा विरुद्ध नै परेको मुद्दाको पक्ष (सापकोटाको विपक्ष)मा बहस गरेका कारण उनले उक्त मुद्दा हेर्न नमिल्ने भएको…

Read More

गलकोट: यहाँको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ । गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम सञ्चालन गरेर छोरीलाई हुने विभेदको अन्त्य गर्न थालेको हो । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले छोरा र छोरी बीचमा हुने विभेद, सुरक्षित प्रसूति र उज्ज्वल भविष्य निर्माणका लागि नयाँ कार्यक्रमको ल्याएको छ । गाउँपालिकाले छोरी जन्मेमा हरेक महिना एक सय रुपैयाँका दरले २० वर्षसम्म बालिकाको खातामा रकम जम्मा गरिदिने योजना बनाएको बरेङ गाउँपालिकाले जनाएको छ । छोरा जन्मेमा भने एकपटक मात्र बालकको खातामा एक हजार जम्मा गरिदिनेछ । यसका लागि गाउँपालिकाको केही सर्त…

Read More

काठमाडौँ: सुनको मूल्य बढेको छ। सुनचाँदी व्यावसायीमहासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय कायम गरिएको छ। शुक्रबार ७५ हजार २ सयमा कारोबार भएको सुन आइतबार ३ सयले बढेको हो। यस्तै तेजावी सुनको ७५ हजार २ सय कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आतबार ८ सय ९५ रुपैयाँमा प्रतितोला चाँदीको कारोबार गरिएको छ।

Read More

काठमाडौँ: हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो। उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ। पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका९ का मोहम्मद खलिद, डुमरिया-४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्। उनीहरूले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ।  एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६…

Read More

काठमाडौं: गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ । सभामुखका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुँदैछन् । संघीय संसद् सचिवालयका अनुसार, सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो ३ बजे बैठक आह्वान गरिएको छ । ज्येष्ठ सदस्यको हैसियतमा महन्थ ठाकुरले बैठक सञ्चालन गर्दै सापकोटाका प्रस्तावक र बोल्न समय दिनेछन् । प्रस्तावक र समर्थकले आफ्ना भनाइ राखेपछि ठाकुरले एकल उम्मेदवारी परेकाले सापकोटा सभामुखमा निर्वाचित भएको घोषणा गर्नेछन् । सभामुख निर्वाचन प्रक्रिया सकिएलगत्तै आजै अर्को बैठक पनि बस्नेछ । दोस्रो बैठक नवनिर्वाचित सभामुखले सञ्चालन गर्ने संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन…

Read More

भक्तपुर: पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याउनुभएको छ । भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिबार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०आँै वार्षिकोत्सवको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईको चुरेदेखि पहाडको डाँडासमेत नासिदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “अन्नको भण्डारको रुपमा लिइने तराई र काठमाडौँ उपत्यकामा अन्न रित्तिसक्यो, ढुङ्गेधारादेखि पानीको स्रोत सबै सुकिसक्यो, तराईदेखि पहाडसम्मका प्राकृतिक स्रोत, सम्पदा र साधनको विनाशले कस्तो अवस्था अवस्था आउला, त्यही सम्झेर चिन्ता लाग्छ ।” कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले सम्पदाको संरक्षण गरी रवीन्द्र पुरीले देशलाई योगदान पु¥याएको चर्चा गर्दै प्राचीनकालदेखिको सम्पदालाई जोगाउनुपर्नेमा विशेष जोड दिनुभयो…

Read More

कञ्चनपुर: राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक मुक्त ‘हलियाको एकीकृत तथ्याङ्क पुस्तिका २०७६’ लाई प्रकाशनमा ल्याएको छ । विभिन्न स्थानीय तहले सङ्कलन गरी पठाएका तथ्याङ्कलाई दस्तावेजका रूपमा राख्न र ती तहलाई मार्गदर्शनका रूपमा रहने गरी पुस्तिका प्रकाशन गरिएको सम्पादक हरिसिंह बोहराले जानकारी दिनुभयो । “पुस्तिकामा स्थानीय तहले सङ्कलन गरी पठाएका विवरणलाई जस्ताको त्यस्तै अभिलेखीकरण गरेका छौँ”, उहाँले भन्नुभयो, “पुस्तिकामा मुक्त हलिया लगतमा छुट्नुको कारणसमेत उल्लेख गरिएको छ ।” पुस्तिकामा बैतडी, डोटी र डडेल्धुराका छुट हलियाको तथ्याङ्क राखिएको छ । बैतडीको दशरथचन्द नगरपालिकामा ५०२, पाटन नगरपालिकामा ८२३, शिवनाथ गाउँपालिकामा ५७८, सुर्नया गाउँपालिकामा ४१७,…

Read More

सिन्धुली: यहाँको घ्याङलेख गाउँपालिकाका एक जना इञ्जिनीयर पक्राउ परेका छन् । गाउँपालिकामा कार्यरत इञ्जिनीयर दिलीपकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो । गाउँपालिकाको विद्युत् विस्तार गर्ने क्रममा उपभोक्तासँग पैसा मागेपछि शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासले जनाएको छ । शुक्रबार बेलुका सिन्धुलीमाढीमा शाहले मागेको रकम लिने क्रममा स्टलबजार नजिक बिपी राजमार्गबाट शाहलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासका मधुकुमार थापाले जानकारी दिनुभयो । शाहले विद्युत् विस्तार गर्ने उपभोक्ता समितिसँग रु दुई लाख २६ हजार मागेकामा उपभोक्ता समितिबाट चेक र नगद लिँदै गर्दा पक्राउ परेका हुन् । उहाँको साथबाट कृषि विकास बैंकको…

Read More

काभ्रेपलाञ्चोक :पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ । उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि करीब ३०० मिटरको दूरीमा साथीसँग खेल्ने क्रममा नजिकै रहेको उद्योगको पोखरीमा लडेर डुब्दा कृष्टिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो करीब पौने चार बजे पोखरीमा डुबेकी कृष्टिनालाई उनकी आमाले उपचारार्थ बनेपास्थित शिर मेमोरियल अस्पतालमा पु¥याएलगत्तै मृत घोषणा गरिएको हो । यसैगरी पाँचखालबाट धुलिखेल आउँदै गरेको बा८५प ६०२६ नंको मोटरसाइकलमा सवार…

Read More