Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कूल छ दशमलव छ मेगावाट क्षमताको सो आयोजनाको विद्युत्गृह लमजुङको क्वहोलाछार गाउँपालिका–५ सिन्दीमा छ । विन्दवासिनी हाइड्रोपावर कम्पनीले निर्माण गरेको आयोजनाबाट उत्पादित बिजुली स्थानीय मिजुरेडाँडा सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । कूल १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत् उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको पैसा तिर्नुपर्दैन । परीक्षण प्रसारणको अवधि सकिएपछि व्यावसायिक उत्पादन शुरु हुने विन्दवासिनी हाइड्रोपावरका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो । निर्माण…

Read More

काठमाडौँ: विगतको वर्षको तुलनामा यस वर्ष प्रणय दिवसका लागि रातो गुलाफ फूलको आयात कम हुने भएको छ । बजार माग कम भएकाले रातो गुलाफ फूलको आयात कम हुने भएको हो । गत वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिएकामा यो वर्ष भने रु एक करोड मूल्यको एक लाख २० हजार ‘स्टिम’ गुलाफ मात्र आयात गर्न लागिएको हो । बजारको माग कमी रहेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा कम परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एसोसिएशन नेपालले जनाएको छ । प्रणय दिवसमा खपत हुने एक लाख ५० हजार स्टिम गुलाफमध्ये…

Read More

चितवन: स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको आशङ्का भएका बिरामीलाई अस्पताल बाहिर छुट्टै उपचार केन्द्र स्थापना गर्ने विषयमा सरकारले सोच बनाएको बताउनुभएको छ । रासससँग कुराकानी गर्दै आज उहाँले दुईदेखि १४ दिनसम्म यो भाइरसले अर्कालाई सङ्क्रमण गराउन सक्ने भएकाले व्यारेकको जस्तो गरी उपचार केन्द्र स्थापना गर्ने सोच बनाइएको बताउनुभयो । अस्पतालमा राखेर उपचार गर्दा बिरामीको चाप बढ्न सक्ने भन्दै मन्त्री ढकालले भन्नुभयो, “१४÷१५ दिनसम्म कयौँ बिरामीलाई हामीले राख्यौँ, तर त्यो रोगी रहेनछ भने निगरानीमा राख्न पनि मिल्छ, अस्पतालमा बिरामीको चाप बढेर लामो समय राख्न कठिन हुन्छ ।” उहाँले नयाँ व्यवस्थापन गरेर ब्यारेक तरीकामा राख्न सक्ने भन्दै अहिले विभिन्न ठाउँमा…

Read More

एजेन्सी: बेलायत अर्थात् ब्रिटेन युरोपेली संघ (ईयू)बाट औपचारिक रुपमा अलग भएको छ । नेपाली समयअनुसार शनिबार बिहान करिब पौने पाँच बजे ब्रिटेनले ईयूसँगको ४७ वर्ष पुरानो सदस्यता अन्त्य गरेको हो । करिब तीन वर्ष अगाडि गरिएको जनमतसंग्रहमा ब्रिटेनका जनताले ब्रेक्जिटको पक्षमा मत दिएका थिए । ब्रिटेन ईयूबाट ‘एक्जिट’ हुने अर्थात् बाहिरिने प्रक्रियालाई ‘ब्रेक्जिट’ भनिएको हो । शनिबार बिहान ब्रिटेन र ईयूबीचको करिब आधा शताब्दी लामो सम्बन्ध औपचारिक रुपमा समाप्त भएपछि ब्रसेल्सबाट युरोपेली युनियनको झण्डा हटाइएको छ । यद्यपि ब्रेक्जिटको पक्ष र विपक्षमा र्‍यालीहरु निस्किएको बीबीसीले जनाएको छ । ११ महिनासम्म संक्रमणकाल रहने भएकाले परिवर्तन भने खासै देखिने छैन । ब्रिटेनले…

Read More

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा आज विभिन्न ११ समूहले आफ्नो प्रतिवेदन पेश गरिरहेका छन् । राष्ट्रियसभागृहमा जारी बैठकमा समूहगत छलफलपछि समूहले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि आफ्नो सुझाव प्रस्तुत गरिरहेका छन् । आज समूह–३ का नेता खिमलाल भट्टराई, समूह–४ का नेता जगन्नाथ खतिवडा, समूह–५ का नेता ठाकुर गैरे, समूह–७ का नेता पूर्णाकुमारी सुवेदी, समूह–१२ का नेता रेणु दाहालले समूहगत छलफल गरेर प्रतिवेदन पेश गरिसक्नुभएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । प्रतिवेदन पेश गर्दै नेताहरुले पार्टी, सरकार र नेतृत्वको…

Read More

अमरगढी: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ । शुक्रबार उहाँलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो । आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उहाँलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ । आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ । आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको…

Read More

म्याग्दी: अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज टे«ल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको हो । आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्गोजका नाममा तयार भएको यो पदमार्ग नयाँ हो । हिमाल आरोहण भएको ७० वर्षपछि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गले जोडेर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । “आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोड्नुका साथै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौँ,” उहाँले भन्नुभयो, “नारच्याङदेखि नीलगिरिखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्गमा पर्यटक र पूर्वाधारका लागि लगानी…

Read More

काठमाडौँ: चीनको वुहानमा रहेका नेपाली सुरक्षित रहेका छन् । वुहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ । चीनको विदेश मन्त्रालयले वुहानमा रहेका नेपाली विद्यार्थीको स्वास्थ्य, सुरक्षा प्रत्याभूत गरेको र प्रतिरक्षात्मक सबै उपाय अपनाएको आज एक विज्ञप्ति जारी गरेर जनाएको छ । यहाँस्थित चिनियाँ राजदूतावासले उपलब्ध गराएको वक्तव्यअनुसार घातक कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा नेपाल सरकारले अपनाएका सुरक्षात्मक उपायको सराहना गरिएको छ । साथै चीन सरकारले कुनै पनि किसिमको सहायता आवश्यक परेमा चिनियाँ दूतावास वा चीनको विदेश मन्त्रालयसँग नेपालीहरुले सम्पर्क गर्न सक्ने जनाएको छ…

Read More

काठमाडौँ: धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए । साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको ६ महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५१ अर्ब ९७ करोड पुगेको छ । जुन गत वर्षभन्दा २.२६ प्रतिशतले कमी हो । गत वर्ष समीक्षा अवधिमा नेपालको वैैदेशिक व्यापार ७ खर्ब ६९ अर्ब ३४ करोड हाराहारी थियो । पुस महिनाको अन्त्यसम्म ६ खर्ब ९४ अर्ब ६९ करोडको बस्तु आयत गर्दा ५७ अर्ब २७ करोड ९७ लाख बराबरको बस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । समिक्षा अवधिमा आयात ४.०४ प्रतिशतले घटेको र निर्यात २६ प्रतिशतले बढेको छ। गत वर्षको तुलनमा वैदेशिक व्यपार घाटामा ६.०६ प्रतिशतको सुधार आएको पनि विवरणमा उल्लेख छ । समीक्ष अवधिमा मुलुकको व्यापार…

Read More