Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: गोदावरी नगरपालिकास्थित आनन्दवन अस्पतालमा गत वर्ष बहिरङ्ग विभागमा छ हजार १८५ बिरामीले उपचार सेवा लिएका छन् । कुष्ठरोगसम्बन्धी सबै उपचार र कुष्ठ प्रभावितका लागि पुनःस्थापना कार्यक्रमसमेत गर्दै आएको सो अस्पतालमा उक्त अवधिमा ८६५ बिरामी भर्ना भएर उपचार गराएका थिए । अस्पतालमा सबै उमेर र क्षेत्रका मानिस उपचारका लागि आउने गरेको चिकित्सक डा महेश साहले बताए । देशभित्र मात्रै नभएर कतिपय विदेशीसमेत आइरहेका छन् । उनले भने, “विदेशीमा बढी भारतीय छन् र अरू दक्षिण एशियाली देशबाट छन् ।” अस्पतालले गम्भीर किसिमका घाउ भएका बिरामीको पुनःस्थापना शल्यक्रिया (रिकन्सट्रक्टिभ सर्जरी) गर्दै आएको अस्पतालमा कार्यरत चिकित्सक डा साहले बताए । अस्पतालले गत वर्ष…

Read More

भैरहवा: जिल्ला प्रशासन कार्यालय रुपन्देहीले चीनबाट फैलिँदै गएको कोरोना भाइरसको जोखिम मध्यनजर गर्दै नेपाल भारत सीमा क्षेत्रमा सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ । भारतसँगको खुला सीमा भएकाले भारतबाट आउने पर्यटकलाई नेपालका स्वास्थ्यकर्मीले निगरानी बढाउन निर्देशन दिएपछि सो क्षेत्रमा स्वास्थ्य जाँचमा कडाइ गरिएको हो । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकामा प्रशासनको निर्देशनपछि कोरोनाबारे जाँच तथा यसको सचेतना सहायता कक्ष स्थापना गरिएको रुपन्देहीका सहायक प्रजिअ भरत शर्माले जानकारी दिए । सहायता कक्षमा भारतबाट आउने पर्यटकलाई परामर्श दिने र शङ्का लागेमा नजीकको अस्पतालमा पठाउने गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । सहायता कक्ष बिहान ७ देखि साँझ ८ बजेसम्म…

Read More

कास्की: प्याराग्लाइडिङ वल्र्ड कप एशियन टुर तथा नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिपको १९ आँै सस्करण अगामी फागुन ११ देखि १७ गतेसम्म पोखरामा हुने भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजनामा नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ र नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको सहयोगमा सो प्रतियोगितामा हुने छ । नेपालसहित, चीन, जापान, भारत, कोरिया, अमेरिका, बेलायत, स्वीटजरल्याण्ड, फ्रान्स, जर्मनी, अष्ट्रेलिया, रसिया, इरान, भियतनाम, चाइनिज ताइपेइ, इन्डोनेसियालगायतका ३० देशका १२५ चालक सहभागी बन्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । खेलाडी दर्ता गर्ने अन्तिम मितिसम्म ३० देशका १२५ पाइलट सहभागी हुने निश्चित भएको र आवश्यक तयारीलाई तीव्र बनाइएको प्रतियोगिता संयोजक एवं नेपाल हवाई खेलकूद…

Read More

काठमाडौँ: कोटेश्वर–जडीबुटी सडक खण्डमा दैनिक हुने जामको अन्त्य गर्न सरकारले विकल्प खोजी गरेको छ । सो सडक खण्डको दायाँ बायाँ दुवैतर्फ विस्तारको तयारी गरी जाम हटाउन लागिएको जनाइएको छ । जामको दीर्घकालीन समाधान गर्न सरकारले ‘अण्डरपास’ वा ‘फ्लाइओभर’ निर्माणमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गरिरहँदा तत्काल समाधानसमेत खोजिएको हो । मुख्य जाम हुने क्षेत्र लक्षित गर्दै सो खण्डमा तीनदेखि चार लेन थप्न सडकको चौडाइ विस्तार गर्न लागिएको हो । हाल सो सडक खण्डको उत्तरतर्फ एक लेन थपिने र दक्षिणतर्फ दुईतीन लेनसम्म थप्ने गरी योजना बनाइएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । उत्तरतर्फ एक लेनसम्म थप्न…

Read More

चितवन: अर्थ मन्त्रालयले रु एक अर्ब ५९ करोड ६७ लाखको स्रोत सुनिश्चित गरिदिएपछि सभागृह (सिटिहल) को काम अघि बढेको छ । भरतपुर महानगरपालिका–१० मा जिल्ला समन्वय समितिले उपलब्ध गराएको चार बिघा दुई कट्ठा जग्गामा निर्माण हुँदैछ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यही महिनाभित्रमा सभागृह निर्माणका लागि बोलपत्र आह्वान गरिने र आगामी बैशाख महिनाभित्रमा शिलान्यास गरिने जानकारी दिनुभयो । सघन शहरी तथा भवन निर्माण आयोजनाले सभागृहको निर्माणको काम अघि बढाउने छ । रु एक अर्बभन्दा माथिको बोलपत्र हुने भएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने जनाइएको छ । यसका लागि कम्तीमा ४५ दिनको समय राखेर सूचना जारी गर्नुपर्ने हुन्छ । अर्थ मन्त्रालयले…

Read More

चितवन: चामल बोकेको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दुई नम्बर पुलबाट खोल्सामा खस्दा चालक शेरबहादुर गुरुङ घाइते भएका छन् । भैरहवाबाट चामल लिएर पोखरातर्फ जाँदै गरेको लु १ ख ६३४८ नम्बरको सो ट्रक इच्छाकामना गाउँपालिका– ५ मा आज बिहान दुर्घटना परेको थियो । दुर्घटना परी गम्भीर घाइते भएका चालक गुरुङको पुरानो मेडिकल कलेजमा भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Read More

भक्तपुर: आफ्नै मामाको छोराले आज स्कुलबाटै ६ वर्षीया बालिका अपहरण गरी १६ लाख फिरौती माग्ने नासा कलेज तिनकुनेमा स्नातक तहमा अध्ययनरत अपहरणकारी युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–५ स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ बस्ने २० वर्षीय आशिष थापा रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो । आज दिउँसो सवा १२ बजे मध्यपुरथिमिको ग्लोरि इङ्लिस स्कुल पुगेर युकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) लाई अभिभावक हुँ भन्दै आशिषले मोटरसाइकलमा हालेर लगेको ४ घण्टापछि बालिकाको सकुशल उद्धार गरिएको छ भने अपहरणकारी पक्राउ परेको उहाँले जानकारी दिनुभयो…

Read More

काठमाडौं : सत्तारूढ नेकपाले पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्ने भएको छ। त्यसका लागि केन्द्रीय अनुशासन आयोगलाई अधिकार दिने निर्णय गरेको छ। यसअघि पनि पटक-पटक आन्तरिक रूपमा सम्पत्ति छानबिनका निर्णय नभएका होइनन्। तर, न कसैलाई कारबाही गरिन्थ्यो, न प्रतिवेदन नै सार्वजनिक गरिन्थ्यो। त्यस्तै नेकपाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी विवाद टुंगो लगाउन शक्तिशाली अध्ययन कार्यदल गठन गरेको छ। कार्यदलले यस सम्बन्धमा अध्ययन गरी सचिवालयलाई १५ दिनभित्र प्रतिवेदन दिनेछ। कार्यदलको सिफारिसका आधारमा निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वको कार्यदलमा भीम रावल र परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली सदस्य छन्। कार्यदललाई सुझावसहितको प्रतिवेदन केन्द्रीय…

Read More

महोत्तरी: मुलुकका विभिन्न भेगमा चिनी उद्योगले उखुको भुक्तानीमा अटेर गरेको गुनासो आइरहँदा महोत्तरीमा भने किसानकै ढिलासुस्तीले पुरानो भुक्तानी हुन नसकेको पाइएको छ । किसानले बैंक खाता उपलब्ध गराउन नसक्दा आंशिक रकम भुक्तानी बाँकी रहेको जिल्लाको रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग) ले जनाएको छ । “हामीले बैंक खाता उपलब्ध गराउनुभएका सबै किसानको पुरानो बक्यौता खातामा पठाइ सकेका छौँ”, उद्योगका महाप्रबन्धक कृष्णचन्द्र दासले भन्नुभयो, “केही किसानको बैंक खाता प्राप्त हुन बाँकी रहेकाले भुक्तानीमा समस्या भएको हो ।” बैंक खाता उपलब्ध हुनेबित्तिकै उद्योग भुक्तानीका लागि तयार रहेको दासको भनाइ छ । पुरानो भुक्तानीका लागि बैंक खाता खोल्ने र…

Read More

लुम्बिनी: बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ठेकेदार पक्षलाई निर्माण कार्य पूरा गर्न तीन महिनाको समयावधि थप गरिएको छ । विमानस्थल निर्माणको ठेक्का पाएको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले जनवरी ७, २०२० अर्थात २०७६ पुस २२ गतेभित्र काम सम्पन्न गर्नेगरी थप समयसहित ठेक्का पाएको थियो । ठेकेदार पक्षले तोकिएको समयमा ८६ प्रतिशत मात्रै भौतिक काम सम्पन्न गरेको देखिएको छ । ठेकेदार पक्षले अझै तीन महिना म्याद थपको माग गरेअनुसार एशियाली विकास बैंक (एडिबी) को सहमतिमा प्राधिकरण सञ्चालक समितिले समय थप गरेको राष्ट्रिय गौरवको आयोजना निर्देशक प्रदीप अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मार्च ३१, २०२० अर्थात आगामी…

Read More