Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सामान्यतः जनताको निकटमा रहेर दिनरात नभनी जनताकै काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधिनै भ्रष्टाचारमा संलग्न होलान् भनेर कल्पनासम्म गर्न सकिँदैन । कतिपय जनप्रतिनिधि आफूले प्राप्त गर्ने तलबभत्ता समेत जनचाहना पूरा गर्न सुम्पेको यथार्थ समेत पाइन्छ । तर, जाजरकोटको एक स्थानीय तहका अध्यक्ष भने स्थानीयको विकास निर्माणको आकाङ्क्षा लत्याउँदै सेवाग्राहीसँग घुस लिएको अवस्थामा पक्राउ परेका छन् । आफ्नो गाउँपालिका क्षेत्रभित्र विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा जाजरकोटको जुनीचाँदे गाउँपालिककाका अध्यक्ष कृष्णबहादुर केसी अख्तियारको फन्दामा परेका छन् । सोही गाउँपालिकाको वडा नं ५ मा निर्माण गरिएको सडकको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै…
विराटनगर: नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली काँग्रेस सच्चिनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राख्नुभयो । नेत्री कोइरालाले मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक रहेको चर्चा गर्दै सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उहाँले नेताहरुले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिनुभयो । पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका हामी तीनजना एक ठाउँमा उभिएको…
काठमाडौँ: धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कूल १८७ कम्पनीका शेयर कारोबार भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से उतारचढावपूर्ण अवस्थामा रहे पनि दुई करोड ५१ लाख दुई हजार १५९ कित्ता शेयर रु आठ अर्ब ५४ करोड ६८ लाख ३३ हजार ४४६ मूल्यमा खरिदबिक्री भए । बजारले लय समातेर अगाडि बढे पनि क्रमशःनेप्से घटेर साताको अन्तिम दिनसम्म आइपुग्दा एक हजार २०० को बिन्दुमा झरेको छ । मौसमीरुपमा नाफा कमाउने लगानीकर्ता हावी…
पाल्पा: यहाँका अति विपन्न माझी तथा दलित बस्तीमा सोलारबत्ती जडानले टुकीकै भरमा रात बिताउनुपर्ने बाध्यता हटेको छ । तानसेन नगरपालिको आर्थिक सहयोगमा यहाँका दलित तथा माझी समुदायमा निःशुल्क सोलार जडानपछि खुशी ल्याएको हो । नगरपालिका–१३ छेर्लुङका ४७ घरपरिवारमा सोलार जडान गरिएको हो । कालीगण्डकी नदी नजिकैको बस्तीमा वर्षांैदेखि विद्युत्को पहुँच बाहिर रहेका बस्ती अँध्यारोमा नै रात बिताउनुपर्ने बाध्यतामा थिए । यहाँका २२ बोटेमाझी, चार दलित र अन्य जातिका घरमा सोलार जडान गरी उज्यालो बनाउने काम सम्पन्न भएकोे तानसेन नगरकार्यपालिका सदस्य कमला भण्डारीले बताउनुभयो ।सोलार जडानपछि रातमा घरभित्र र बाहिर उज्यालोसँगै मोबाइल चार्ज, रेडियो, टिभीलगायतका आमसञ्चारमा यहाँका स्थानीयवासीको पहुँच विस्तार भएको…
माघ: डोल्पामा एकै पटक ४५० घर बन्ने भएका छन् । कर्णाली जनताआवास कार्यक्रममार्फत ४५० दलित परिवारका घर बन्ने भएका हुन् । प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १५० घरधुरी र ‘ख’ मा ३०० घरधुरी गरी ४५० घर बन्ने भएका हुन् । त्रिपुरासुन्दरी नगरपालिकामा ८५, जगदुल्ला गाउँपालिकामा ८५, मुड्केचुला गाउँपालिकामा १०० घर बन्ने छन् । त्यसैगरी ठूलीभेरी नगरपालिकामा १००, काइके गाउँपालिकामा ५० र शे फोक्सुण्डो गाउँपालिकामा ३० घर बन्ने छन् । दलित घर परिवार भएका छवटा स्थानीयतहमा मात्र घर निर्माण गरिने बताउँदै दलित बस्ती नभएका डोल्पो बुद्ध र छार्काताङ्सोङ गाउँपालिकामा घर नबनाइने भौतिक पूर्वाधार कार्यालय डोल्पाले जनाएको छ । जनता आवास कार्यक्रम…
काठमाडौँ: वि.सं.२०७६ साल माघ ११ गते । शनिबार । ईश्वी सन् २०२० जनवरी २५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– प्रतिपदा,५१ घडी ११ पला,रातको ०३ बजेर २४ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण,५२ घडी ३४ पला,रातको ०३ बजेर ५८ मिनेट उप्रान्त धनिष्ठा । योग– सिद्धि,४७ घडी ४९ पला,रातको ०२ बजेर ०३ मिनेट उप्रान्त व्यातिपात । करण– किंस्तुध्न,दिउसो ०२ बजेर ५२ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ३४ मिनेट उप्रान्त बालव । आनन्दादिमा– स्थिर योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर…
काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी इमरान खान काठमार्डौंमा आमने सामने हुने सम्भावना देखिएको छ । काठमाडौं आयोजना हुन लागेको सगरमाथा संवाद फोरममा ती दुई देशका प्रधानमन्त्री एकैपटक सहभागी हुने अवसर जुट्ने सम्भावना देखिएको हो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सो कार्यक्रमबारे अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिलाई विस्तृत जानकारी उपलब्ध गराउने आयोजित कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता पठाइसकिएको बताएका छन् । यद्यपि, नयाँदिल्लीले त्यसको जवाफ फर्काइनसकेको बताए । यस कार्यक्रममा पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई पनि आमन्त्रित गरिएको छ। सरकारले सो फोरममा भाग लिन छिमेकी, दक्षिण एशियाली राष्ट्रहरु, बिमिस्टेक, ठूला तथा जलवायु परिवर्तनले असर पारेका पर्वतीय…
काठमाडौँ: नेपाल आयल निगमले विभिन्न २२ पदमा कर्मचारी माग गरेको छ । निगमले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
काठमाडौँ: तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती…
काठमाडौँ: अर्थमन्त्री डा युवराज खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको साधारण शेयरको प्राथमिक निष्काशन हुनसक्ने बताए । उनले साधारण शेयर बिक्री हुन सक्नेतर्फ सङ्केत गरे पनि त्यससम्बन्धी प्रक्रियाका बारेमा हाल छलफल मात्रै भइरहेको उल्लेख गरे । राष्ट्रिय वाणिज्य बैंकको ५५ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्रीले भने, “पूँजीका हिसाबले साधारण शेयर बिक्री गर्नुपर्ने अवस्था भने छैन तर कम्पनी ऐनअनुसार सबैलाई समान व्यवहार गर्नुपर्ने भएकाले वाणिज्य बैंक पनि त्यसमा आउनै पर्छ ।” उनले अन्य बैंक तथा वित्तीय संस्थालाई झै राष्ट्रिय वाणिज्य बैंकलाई पनि कम्पनी कानून र बैंक तथा वित्तीय संस्था ऐनमा भएको व्यवस्था लाग्ने स्पष्ट पारे । उनले भने,…
