Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। ठगी तथा बैंकिङ कसुरको उजुरी परेपछि उनलाई पक्राउ गरिएको कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए। उनी पोखराको गैर्हापाटनबाटै पक्राउ परेका हुन् । उनीविरुद्द पैसा नदिएको भन्दै ३ वटा उजुरी परेको छ । सांसद राजीव गुरुङ ९दीपक मनाङे० बाट गुरुङ शुक्रबार कुटिएका थिए। गुरुङको उजुरीपछि बिहीबार मनाङे पक्राउ परेका थिए।
ललितपुर : गोदावरी नगरपालिकाले पहिलो पटक नमूना कृषि परियोजना सञ्चालन गर्ने भएको छ । यहाँको वडा– १ गोदामचौरमा नगरपालिकाले सो परियोजना सञ्चालन गर्न लागेको हो । सो परियोजना सञ्चालन गर्न नगरपालिकाले गैरआवासीय नेपालीसँग जग्गाको माग गरिरहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए । उनले भने “यस चालु आर्थिक वर्षको अन्त्यसम्म हामीले सो परियोजनाका लागि जग्गा पाउने भएका छाँै । आगामी आर्थिक वर्षको शुरुआती चरणमा यस परियोजनाअन्तर्गतको काम अघि बढाउने भएका छाँै ।”गोदावरीभित्रको उत्पादन बढाउन सो परियोजनाले ठूलो सहयोग गर्ने महर्जनले बताए । यसैगरी नगरपालिकाले देवीचौर क्षेत्रका समूहलाई लप्सी उत्पादनका लागि प्रविधिसहितको रुकम सहयोग गरेको र यहाँका डाँडामा लप्सी लगाउने…
काठमाडौं : सरकारले मुलुकका प्रमुख १० विमानस्थलको सरसफाइको सम्परीक्षण (अडिट) गर्ने भएको छ । विदेशी पर्यटकको पहिलो नजर पर्ने र देशको अवस्थालाई झल्को दिने देशको ऐनाका रुपमा रहेको विमानस्थलको सरसफाइलाई प्रभावकारी बनाउन सरोकारवाला संस्थासँगको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको मौजुदा सरसफाइको अडिट गर्न लागेको हो । उक्त प्रयोजनका निम्ति पर्यटनमन्त्रीको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिसँग छलफलपछिको निर्देशनबमोजिम यही माघ ८ गते विमानस्थलको सफाइ अडिट गर्ने सम्झौता भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । सम्झौताअनुरुप पर्यटन मन्त्रालय र गैरआवासीय नेपाली सङ्घबीच स्वयंसेवीका रुपमा १० विमानस्थलको स्थलगत भ्रमण गरी ती स्थानमा हालको सरसफाइको अवस्थाको अडिट गरी र तोकिएको समयभित्र…
चितवन ः पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको दाबी गरेका छन । आज यहाँ पत्रकारहरुसँग उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।” सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको भन्दै उनले थपे, “सापकोटाको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।” दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँुदै त्यहाँ गएका…
भद्रपुर : पूर्वीनाका काँकडभिट्टामा भित्रिएका पर्यटकलाई आफ्ना होटल, बस र आँखा अस्पतालमा लैजाने बहानामा तानातान गर्नेलाई कारवाही गरिने भएको छ । काँकडभिट्टाबाट काठमाडौँ, लुम्बिनी, पोखरालगायतका स्थानमा जाने रात्रि तथा दिवाकालीन बस सेवा सञ्चालित छन् । ती बस सेवाका लागि यात्रु र उनीहरुका झोला बसपार्कमा तानातान गरिँदै आइएको छ । स्थानीय आँखा अस्पताल र होटल लजका लागि ग्राहक बनाउनसमेत नाकामा पर्यटकलाई जबर्जस्ती गर्ने गलत प्रवृत्ति छ । अब कसैले पर्यटकलाई तानेर हैरानी दिएको फेला परेमा कानूनबमोजिम कारवाही गर्न सर्वपक्षीय सहमति जुटाइएको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले जानकारी दिए । उनका अनुसार होटल व्यवसायी, यातायात व्यवसायी, प्रहरी प्रशासन,…
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का केही बुँदा परिमार्जन गरेर कार्यान्वयन गर्नुपर्ने बताएका छन्। आज शुक्रबार नवलपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसीका केही बुँदाहरु सम्भव हुनेसम्म परिमार्जन गरेर अगाडि बढ्नुपर्ने बताएका छन । उनले भने, ‘स्थायी समितिको बैठकमा पर्याप्त छलफल गर्यौँ, एमसीसीको मुद्दा राष्ट्रियहित अनुकूल हुनेगरी, जरुरी पर्दा अमेरिकासँग पुनः संवाद गरेर, सम्भव हुनेसम्म परिमार्जन गरेर कार्यान्वयन गर्नु उचित हुन्छ भन्ने स्प्रिटमा निर्णय गरेका छौँ’। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राष्ट्रहितलाई केन्द्रमा राखेर मात्रै सम्झौतालाई अगाडि बढाउने बताए। एमसीसी कार्यक्रम धेरै पहिलेदेखि अगाडि बढ्ने गरेको र…
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले आफ्नो राजीनामा पत्रमा राष्ट्रपति संस्थाको विज्ञ सल्लाहकारको रुपमा औपचारिक परिधिभन्दा बाहिर रहेर काम गर्नुपर्ने आवश्यकता महसुस गर्दै राजीनामा दिएको उल्लेख गरेका छन् । तर, राष्ट्रपति भवन शीतल निबास स्रोतले भने अग्नि सापकोटालाई सभामुख बनाउन लागिएकोप्रति असन्तुष्टि जनाएर प्याकुरेलले पदबाट राजीनामा दिएको बताएको छ । प्याकुरेलले सापकोटालाई सभामुख चयन गर्ने विषयमा आपत्ति जनाउँदै आएका थिए । प्याकुरेल संस्थापक रहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सापकोटालाई सभामुख बनाउने निर्णयको औपचारिक रुपमा नै विरोध जनाएको थियो । मानव अधिकार आयोगको पूर्व आयुक्त रहिसकेका प्याकुरेलले द्वन्द्वकालीन घटनासँग सम्बन्धित…
काठमाडौँ : सरकारले ठूला क्षमताका जलविद्युत् र सिँचाइ आयोजना एकैसाथ अगाडि बढाउने भएको छ । विशेषगरी सङ्घीय राजधानी काठमाडौँ नजिक काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीलाई केन्द्रमा राखेर ठूला आयोजना निर्माणको तयारी थालिएको हो । यही माघ ६ गतेको मन्त्रिपरिषद् बैठकले सुनकोशी–मरिन नदी पथान्तरण (डाइभर्सन) आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत गरेर स्रोतको समेत सुनिश्चित गरेको छ । दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गरी आन्तरिक तथा बाह्यरूपमा समेत आफूलाई सशक्तरूपमा स्थापित गर्ने लक्ष्यसहित अगाडि बढेको सरकारले बहुउद्देश्यीय प्रकृतिका आयोजनामा ध्यान दिएको हो । रामेछाप र काभ्रेको सिमानामा पर्ने जलाशययुक्त सुनकोशी–२ र सुनकोशी–३ आयोजनास्थलको स्थलगत अनुगमन गरी ऊर्जा,…
गलकोट :सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई आकर्षित गर्न यहाँका पर्यटन व्यवसायीले पर्यटनमैत्री वातावरणका लागि अभियान सञ्चालन गरेका छन् । अभियानअन्तर्गत पर्यटनमैत्री होटल तथा व्यवसाय बनाई भ्रमण वर्षमा पर्यटन गतिविधि बढाउन पर्यटनमा पोखरा र बागलुङमा सहकार्य थालिएको छ । बागलुङ पर्यटन विकास समित, बागलुङ उद्योग वाणिज्य सङ्घको पर्यटन समिति, होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ बागलुङको पहलमा पोखराका पर्यटन व्यवसायीसँग सहकार्य गर्न थालिएको छ । पर्यटन क्षेत्रमा सहकार्य गर्नका लागि बागलुङका पर्यटन व्यवसायी तीनदिने भ्रमणमा पोखरा पुगेका छन् । भ्रमणका क्रममा पृथ्वी होटल व्यवसायी सङ्घ, सिटी रेवन, टान, भिटोफ, नाट्टा, भ्रमण वर्ष २०२० का प्रतिनिधि, बागलुङ…
काठमाडौँ : शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र ल्याउन सफल भएकामा वक्ताहरुले जोड दिएका छन । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमअन्तर्गत पहिलो दिन आज शहीद शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको स्थान टेकु पचलीमा श्रद्धाञ्जलिसभाका सहभागीले उक्त धारणा राखेका हुन । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले दलको कुरा गर्न नपाइने समयमा ज्यानको ख्याल नगरी प्रजातन्त्रका पक्षमा ज्यान आहुति दिने शहीदहरुको योगदान सबैका लागि मार्गदर्शक रहेको बताए । प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका चार शहीदको पूर्णकदको शालिक स्थापना गर्ने क्रममा यस वर्ष महानगरले धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको शालिक प्रतिस्थापन गर्दैछ ।…