Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

चौतारा: बाढीपहिराबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको सिन्धुपाल्चोकको चाकुखोला साना जलविद्युत् आयोजनामा मङ्गलबारदेखि पुनः उत्पादन शुरु भएको छ । हेडवक्र्स तयार हुन करिब चार महिना समय लाग्ने भएकाले अस्थायीरूपमा पानी ‘डाइभर्ट’ गरी उत्पादित विद्युत्लाई लामोसाधु सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको आयोजनाका मेनेजर शोभाकान्त हमालले बताए । निजी क्षेत्रको लाफिङ बुद्ध प्रालिद्वारा भोटेकोशी गाउँपालिका वडा नं ४ र ५ को बिचमापर्ने चाकुखोलामा निर्मित तीन आयोजना गत असार २१ गते राति आएको बाढी र पहिराले क्षतिग्रस्त भई बन्द भएका थिए । त्यति बेलासँगै रहेको शिवश्री हाइड्रोपावरको निर्माणाधीन आयोजनालाईसमेत क्षति पुगेको र दुई कामदारलाई बगाउनुका साथै दुई घाइते भएका थिए…

Read More

सुर्खेत: साविक कर्णालीका पाँच जिल्ला सञ्चारविहीन भएका छन् । तीन दिनदेखि कालीकोट, हुम्ला, डोल्पा, मुगु र जुम्ला सञ्चारविहीन भएका हुन् । कालीकोटको भर्तास्थित रहेको स्तम्भमा खराबी आएपछि साबिकको कर्णालीमा सञ्चार सेवा बन्द भएको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए । “मौसममा आएको खराबीका साथै हिमपातका कारण सोलारले काम नगर्दा सेवा अवरुद्ध भएको हो”, प्रमुख खतिवडाले भने, “त्यसको लागि मङ्गलबार नै प्राविधिक टोली कालीकोट पठाइसकेका छौँ ।” उनका अनुसार आजभोलि नै प्राविधिक टोलीले सञ्चार सेवा पुनःसञ्चालन गर्नेछ । सञ्चार सेवा बन्द भएका कारण त्यहाँका स्थानीय सरकार, प्रहरी प्रशासनलगायत स्थानीय नागरिकको दैनिक तथा नियमित काम प्रभावित भएको जनाइएको…

Read More

भक्तपुर: नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । प्रहरीले मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा चन्द समूहको सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ ।

Read More

जाजरकोट: दशवर्षे जनयुद्धमा जातीय भेदभाव र छुवाछूत अन्त्यका लागि लडाइँ लडेकी भेरी नगरपालिका– ११ जगतीपुरकी शारदा खड्कालाई अहिले यो मुद्दाले झन पिरोल्ने गरेको छ । युद्धकालभन्दा अहिले जातीय भेदभाव र छुवाछूत झनै झाँगिएपछि खड्कालाई दैनिक मन दुख्ने गर्दछ । उनि भन्छन,“युद्धको बेला कुरीति, कुसंस्कारका विरुद्ध लड्नका लागि सजिलो थियो, सबैले भनेको एकै पटक मान्थे । अहिले कसैले पनि आग्रह, अनुरोध मान्ने होइनन् ।” लोकतन्त्रको नाममा अराजकता फैलिएको र विधिको शासनभन्दा पनि कसरी आलोचना गर्न सकिन्छ भन्नेमा मात्र मान्छेका चेतना विकास भएको देख्दा उनलाई उदेक लागेर आउने गरेको छ । युद्धमा सबैलाई समान व्यवहारका साथै भेदभावमुक्त भएको समय सम्झँदै…

Read More

वीरगञ्ज: नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा विगत दुई महिनादेखि रासायनिक मल पोटासको अभाव देखिएपछि यहाँका किसानले लगाएको गँहुखेती प्रभावित हुने भएको छ । सो कार्यालयले पर्सालाई लक्षित गरी ७०० मेट्रिकटन पोटास बेच्नुपर्नेमा हालसम्म ५३ दशमलव नौ मेट्रिकटन मात्र पोटास आएकाले विगत दुई महिनादेखि यसको अभाव हुँदा आलु तथा गँहुखेती प्रभावित भएको हो । कार्यालयले समयमा रासायनिक मल पोटास उपलब्ध नगराउँदा यसपाली गँहुखेती तथा आलुखेती सोचे जस्तो गर्न नसकिएको गुनासो गर्दै वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका किसान विजय पण्डितले भने, “भारतबाट मगाउँदा कमसल हुने भएकाले सोचे जस्तो उत्पादन हुन नसकेकाले यसपाली खेती प्रभावित हुने देखिन्छ ।” …

Read More

पाल्पा: जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । चार सय ५८ प्रहरी हुनुपर्नेमा अहिले तीन सय १३ प्रहरी मात्र कार्यरत छन् । करिब १४५ प्रहरीको अझै अभाव देखिएको हो । प्रहरीको दरबन्दी अनुसार जनशक्ति अभावले प्रहरीलाई छिटोछरितो रुपमा सेवा प्रवाह गर्न समस्या देखिएको हो । करिब एक महिनादेखि प्रहरी नायब उपरीक्षकको अभाव देखिएको छ । जिल्ला प्रहरी कार्यालयमा कायरत डिएपी कृष्णराज सापकोटाले अवकाश प्राप्त गरेपछि सो पद खाली हुँदै आएको हो । त्यसैगरी प्रहरी निरीक्षकमा तीन दरबन्दीमा दुई मात्र कार्यरत छन् । प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जिल्लामा दरबन्दी अनुसार प्रहरी नहुँदा जिल्ला प्रहरी कार्यालय…

Read More

वीरगञ्ज: बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ स्थानीय तह रहेको पर्सामा २८ मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सचेत भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्रह गरे । जिल्ला निर्वाचन कार्यालयका जिल्ला निर्वाचन अधिकृत रञ्जीता झाले विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाले निर्वाचन निष्पक्ष, स्वच्छ हुनुपर्नेमा जोड दिएको छ । प्रदेश नं– २ का आठ जिल्लामा १०७ प्रदेश सभासदस्य र २७२ स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख गरी ३७९ मतदाता रहेका छन् । प्रदेश नं– २ मा जम्मा मतभार १० हजार ३२ रहेका छ । प्रदेशसभा सदस्यको मतभार पाँच हजार १३६ र स्थानीय तहका अध्यक्ष,…

Read More

गौशाला: नीतिगत व्यवस्था व्यवहारमा लागू नभएसम्म संविधान र कानूनमा जवाफदेही शासन पद्धतिको जस्तोसूकै व्यवस्था गरे पनि त्यसको अर्थ रहन्न भन्ने उदाहरण प्रस्तुत गरेको छ, महोत्तरीको रामगोपालपुर नगरपालिका । नगरपालिकामा सुशासनको अवस्था कमजोर रहेको जनगुनासो आउन थालेको छ । सुशासन अभिवृद्धि गर्नका लागी कुनै पनि पहल नभएपछि सुशासनको अवस्थामा कमी आएको स्थानीयवासीको गुनासो छ । जनप्रतिनिधि आएपछि स्थानीय तहमा सुशासन अभिवृद्धि गर्न गरिएको व्यवस्थासमेत प्रभावकारी रुपमा कार्यान्वयन नभएपछि नागरिकको सूचनाको हकसमेत कुण्ठित भएको देखिएको छ । स्थानीय तहको वार्षिक योजना तथा बजेट दिग्दर्शन २०७४ को दफा ५ मा सुशासन तथा संस्थागत व्यवस्थावारेमा स्पष्टरुपमा उल्लेख भए पनि सुशासन प्रवद्र्धनका लागि…

Read More

भक्तपुर: वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवालाई नियुक्त गरेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिए । त्यसैगरी भक्तपुर समितिको सदस्यमा शैलेन्द्र श्रेष्ठ, सरोज थापा, आयुष्का थापामगर र केसरी प्रजापतिलाई नियुक्त गरेको उनले बताए । सदस्य सचिव भण्डारीले काठमाडौँमा अरुण बस्नेत, ललितपुरमा भरतप्रसाद पराजुली, काभ्रेमा मानवीर लामा, चितवनमा प्रह्लाद प्रधान, सिन्धुलीमा खड्ग रजन मगर, मकवानपुरमा सानु लामा, धादिङमा प्रताप सिङ तामाङ, रसुवामा दावा तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का…

Read More

खस्यौली: रुपन्देहीमा लोपोन्मुख थारु समुदायका तीन नाचको संरक्षण गर्न थालिएको छ । थारु समुदायका अगुवाले थारु संस्कृति लोप हुने स्थितिमा पुगेको भन्दै विभिन्न महोत्सव र मेला गरेर झुमडा, झर्रा तथा बड्का नाच प्रदर्शन गरेर संरक्षण गर्न लागिएको बताएको छ । “परम्परागत यी नाच हाम्रा पूर्खाले सिर्जना गरेका हुन त्यसैले यसको संरक्षण आवश्यक छ”, सैनामैना नगरपालिका–८ स्थित भड्छाका बुद्धिराम थारुले भने । उक्त वडास्थित भडछामा यही माघ ९, १० र ११ गते तीन दिनसम्म भडछा महोत्सव तथा आंैसी मेलाको आयोजना हुन लागेको छ । दिनभर काममा थाकेर बेलुका मनोरञ्जन गर्न थारु समुदायले आफ्नो संस्कृतिका रुपमा माघी औंसीको समयमा यस्तो मेला…

Read More