Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
- तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि
- राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं
- सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
- विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चिप्लेढुङ्गा: सवारी दुर्घटना बढ्दै गएपछि जिल्ला ट्राफिक कार्यालयले ट्राफिक कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको पछिल्लो छ महिनाको तथ्याङ्कमा सवारी दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या गत वर्षको भन्दा दोब्बर बढी देखिएको छ । आर्थिक वर्ष २०७६÷७७ को को पछिल्लो छ महिनामा ६५ सवारी दुर्घटनाबाट २७ ले ज्यान गुमाइसकेका छन् । पचास जना गम्भीर र २७ सामान्य घाइते भएका छन् । आव २०७५÷७६ को साउनदेखि पुससम्मको तथ्याङ्कमा ४२ सवारी दुर्घटनामा ११ ले ज्यान गुमाएका थिए भने ३५ गम्भीर र १२ साधारण घाइते भएको तथ्याङ्क छ । राजश्व सङ्कलनमा भने आव २०७५÷७६ को भन्दा २०७६ ÷७७…
नेपालगञ्ज: बाँके जिल्लामा लागुऔषध सेवन र कारोवारको घटना १३ प्रतिशतले घटेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाइ, प्रहरी सक्रियता र ब्यूरो कार्यालयको स्थापनाका कारण यसवर्ष ती घटनामा कमी आएको हो । जिल्ला खुला सिमाना भएकाले भारत र नेपाल दुबै तर्पmबाट लागुऔषध प्रयोगकर्ता र कारोवारी बढ्दै जान थालेपछि यसको रोकथामका लागि प्रहरीले संरचनागत व्यवस्थासहित आफ्नो सक्रियता बढाएको हो । खुला सिमानाका कारण भारतबाट ब्राउनसुगर, कोरेक्स, नाइट्रोजेपाम ट्याब्लेटलगायतका लागुऔषध नेपालमा भित्रिने र नेपालबाट गाँजा र चरेस लगायतको लागुऔषध भारतमा जाने गरेको जनाइएको छ । विशेषतः सीमा…
काठमाडौँ: धितोपत्र बजारमा नेप्से परिसूचक झिनो अङ्कले वृद्धि भएको छ । सोमबार २६ अङ्कले घटेको बजारमा आज सामान्य सुधार देखिँदै नेप्से ३.३६ विन्दुले बढेर एक हजार ३२०.४७ मा समेटिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९० ले बढेर २८४.४३ मा पुगेको छ । झिनो अङ्कले नेप्से उकालो लागे पनि कारोवार रकम भने करीब डेढ अर्ब नाघेको छ । स्टकका अनुसार कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार ५४५ कित्ता शेयर रु एक अर्ब ५१ करोड ९९ लाख ७६ हजार ७६० मा कारोवार भयो । कारोबार भएका कूल १२ मध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ४.६७, व्यापार…
गाईघाट: आन्तरिक लेखापरीक्षणलाई थप व्यवस्थित गर्ने उद्देश्यले प्रदेश नम्बर १ सरकारले उदयपुरमा प्रदेश लेखा एकाइ कार्यालय स्थापना गरेको छ । जिल्ला सदरमुकाम गाइघाटस्थित बोक्सेमा स्थापित कार्यालयको प्रदेशका सभासद अम्बिका थापा, विमल कार्की र हिमाल कार्कीले संयुक्त रुपमा शुभारम्भ गरे । कार्यालय स्थापनासँगै जिल्लामा प्रदेशअन्तर्गत तथा माताहातमा रहेका सबै सरकारी कार्यालयको लेखा सञ्चालन हुने छ । शाखा अधिकृत जीवनराज भण्डारीको नेतृत्वमा छ जना कर्मचारी कार्यालयमा कार्यरत रहेका लेखा अधिकृत गुरुप्रसाद दाहालले जानकारी दिए ।
डोटी: प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए । नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा अनुगमनसमेत गरिरहेको…
काठमाडौँ: तपाईंले कहिल्यै बालमनोविज्ञानको बारेमा सोच्नुभएको छ ? उनीहरुको आनीबानी व्यवहारको विषयमा ध्यान दिनुभएको छ ? उनीहरुले गरेका गतिविधिबारे गहिरिएर सोच्नुभएको छ ? यदि छैन भने उनीहरुका क्रियाकलापबारे आजैदेखि ख्याल गर्ने बानी बसाल्नुहोस् । मनोविद्का अनुसार पाँच वर्षसम्म बालबालिकालाई आमाबुबाको न्यानो माया र साथ चाहिन्छ । तीन वर्षका बालबालिका जुनसुकै काम गर्न पनि अघि सर्छन् । चार वर्ष पुगेपछि आफ्नो सामानका लागि झगडा गर्न थाल्छन्् । पाँच वर्षको पुग्दा अरुलाई हेप्न र हेपिन थाल्छन् । उसको होडबाजी शुरु हुन्छ । साधारणतया गलत र सही के हो भन्नेबारेमा विचार गर्न थाल्छन् । यो बेलामा अरुको नक्कल गर्ने र ठूला…
काठमाडौँ: धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन ) निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिगँ्रदा अथवा राकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्ने ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो । एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दूरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिए । उनका अनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रुपमा खुर्काेट–नेपालथोक रहेको छ । उनले भने, “चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा बढी आवश्यक देखिएको छ ।” साँघुरो सडकमा…
मेलम्ची: मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण शुरु भएको हो । सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक कालोपत्र गरेको थियो । अहिले मेलम्ची बजारबाट याङ्ग्री खोला र ‘हेडबक्स’ सम्मको सडक निर्माण गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । सो स्थानमा सडक र पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । सडक निर्माणका लागि जग्गा अधिग्रहणको समस्या रहेको उनले बताए । अहिले सडकको ट्र्याक खोल्ने काम सकिएको छ । उनले भने ,“मालबाहक सवारीसाधन…
बागलुङ: बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको आकर्षण उल्लेख्य रुपमा बढ्दै गएको हो । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम क्रमशः लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरेर मनै लोभ्याउने गरी सङ्ग्रहालय निर्माण गरिएको हो । यसको रोचक र ऐतिहासिक पक्ष के छ भने अझ पनि धेरैलाई थाहा नभएको र जानकारी हुनुपर्ने अर्थात् गराउनुपर्ने विषय सङ्ग्रहालयमा करीब १० मिनेट समय निकालेर घुम्दा पवित्र धार्मिकस्थलको यात्रा अनुभूतिसमेत हुन्छ । …
काठमाडौं : कर्जा बिस्तारलाई ब्रेक लगाउन केन्द्रीय बैंकले ल्याएको निर्देशनका सम्बन्धमा अध्ययन गर्न नेपाल बैंकर्स संघद्धारा समिति गठन भएको छ । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्ययको संयोजकत्वमा गठन भएको उक्त समितिले बैंकको नाफा २५ प्रतिशत घटने गरी ल्याइएको निर्देशनका सम्बन्धमा अध्ययन अनुसन्धान गर्नेछ । समितिले अध्ययनपछि प्रतिवेदन तयार गरी पेस गर्ने जिम्मेवारी पाएको छ । उक्त प्रतिवेदनका आधारमा बैंकर्स संघले केन्द्रीय बैंकलाई राय सुझाव दिने भएको छ । यसअघि पनि बैंकर्स संघले लिखित रुपमा राष्ट्र बैंकलाई उक्त प्रवधानले बैंकहरुको नाफामा असर पर्ने भएको भन्दै पछाडि हटन दबाब दिएको थियो । चालु आर्थिक वर्षको मौद्रिक…