Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालमा उत्पादित बिजुली बंगलादेशमा बिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतासँगै भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश पुर्‍याउने बाटो खुलेको हो । नेपालबाट विद्युत् भारतको बाटो भएर बंगलादेश पुर्‍याउनुपर्ने भएकाले त्रिपक्षीय सम्झौता गरिएको हो । नेपालमा उत्पादित विद्युत् यसअघि भारतमा मात्र बिक्री हुँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । विद्युत् निर्यात सुरु हुन भने समय लाग्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशको…

Read More

काठमाडौँ: नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ । असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत…

Read More

काठमाडौं, असोज १७ गते । भगवान पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले २०६० मा श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएको हो ।पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्ध गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिका अनुसार दायर…

Read More

काठमाडौँ । । धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७ जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।…

Read More

काठमाडौँ । गत शुक्रबार र शनिबार लगातारको वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् । विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । । गत २४ घण्टामा विभिन्न नाकाहरू हुँदै १० हजार ३ सय ७० ओटा सवारी साधनमा ५२ हजार २ सय ५४ जना यात्रुहरू काठमाडौँ उपत्यका…

Read More

आज (बिहीबार) काठमाडौँसहित देशका २४ जिल्लाका खोला-नदीमा बाढी आउने र त्यसले क्षति पुर्‍याउन सक्ने सम्भावना रहेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। बाढी महाशाखाले आज बिहान सूचना जारी गरी काठमाडौँसहित १२ जिल्लामा बाढीको मध्यम जोखिम रहेको र उच्च सतर्कता अपनाउन सुझाव दिएको हो। महाशाखाले भनेको छ- आज पाँचथर, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्ला भई बहने केही नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको मध्यम जोखिमको पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाईराखौँ। यस्तै आज उदयपुरसहित पूर्वका १२ जिल्लाका खाेला-नदीमा पनि बाढी आउने र प्रभावित क्षेत्रमा क्षति पुर्‍याउन…

Read More

काठमाडौँ: बडादसैँ पर्व आज (असोज १७ गते) सुरु भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाइन्छ। बडादसैँको पहिलो दिन आज घटस्थापना- घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरिन्छ। पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा सुरु गरिन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिएको छ। यसलाई जमरा राख्ने भनिन्छ। यसैबीच काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा पनि जमरा राखिएको छ। घटस्थापनाको उत्तम साइत आज बिहान ९ः१६ बजे दरबारको दसैँघरमा…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुईदिनभित्र गरिसकिने जनाएका छन्। प्रधानमन्त्री ओलीले घाइतेहरुको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसक्ने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताए। क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि बताए। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले प्रस्तुत गरेको प्रेस विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकारले जानीजानी उद्धारमा ढिलो नगरेको बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा यस प्रकारको विपत्ति आउला भन्ने अनुमान नभएको भन्दै सरकारले गरेको पूर्व तयारी भएपनि यति ठुलो होला भन्ने अनुमान नगरेको बताए । साथै उनले यो बेला सरकार जनताले भोगिरहेको पीडामा उद्धार, राहत, सहयोग र पुनर्निर्माणका काम गर्नेमा लाग्ने बताए । ‘यस्ता कुरामा हामी नेपाली एक हुनुपर्छ र साझा विपत्तिको सामना गर्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘विपत्तिले राजनीतिक रङ, पेसा व्यवसाय छुट्टाएर मर्का पारेको हुँदैन । कमीकमजोरी कहीँ छन् देखाउन सकिन्छ तर केही राम्रा कामपनि सरकारले गरेको होला ।’ उनले सरकारको…

Read More

काठमाडौँ । असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानबाट हालसम्म २२४ जनाको मृत्यु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा २१ जिल्ला प्रभावित भएको जानकारी दिँदै मुख्यसचिव अर्यालले अझै २४ जना बेपत्ता र १५८ घाइते रहेको जानकारी दिए । त्यस्तै ४ हजार ३३१ जनाको उद्धार गरिएको सरकारले जनाएको छ । पत्रकार सम्मेलनमा भौतिक क्षतितर्फ खानेपानी ३ अर्ब ५५ करोड, सडकतर्फ २ अर्ब ५२ करोड, ऊर्जातर्फ ४ अर्ब, र सिँचाइतर्फ १ अर्बको क्षति भएको प्रारम्भिक अनुमान रहेको सरकारले जनाएको छ…

Read More