Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बाढीपहिरोमा परेर घाइते भएकाहरूलाई भेटेका छन्। काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर घाइते भएकाहरूसँगको भेटमा स्वास्थ्य मन्त्री पौडेलले निको नहुँदासम्म राज्यले नि:शुल्क उपचार गर्ने बताएका हुन्। ‘बाढीपहिरो प्रभावित काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको नि:शुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता मन्त्री पौडेलको छ,’ मन्त्रालयले भनेको छ। साथै विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गरिने पनि मन्त्री पौडेलले बताएका छन्। मन्त्री पौडेलले बेथानचोक, धुलिखेल र पनौतिको प्रभावित क्षेत्र अवलोकन पनि गरेका छन्। संक्रामक रोग फैलन नदिन शुद्धीकरण…
काठमाडौँ:गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् प्रभावितहरुको पहिचान गरी सरकारलाई तत्काल नाम उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिएका छन्। शनिबार मन्त्रालयलमा ३० दिनदेखि अनसनरत दीपक सिलवालको अनसन तोडाउने कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले स्थानीय तहले विपद् प्रभावितहरुको नाम पहिचान गरेर पठाएको तीन दिनभित्रै अस्थायी आवास बनाउनका लागि रकम उपलब्ध गराउने समेत दाबी गरे। ‘हामीले मृतकका परिवारलाई दुई लाख रुपैयाँ राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लाहरुमा पैसा पठाइसकेका छौँ,’ उनले भने, ‘चाँडो भन्दा चाँडो घरमै गएर पीडित परिवारलाई राहत दिने निर्णय भएको छ। तदनुरुप राहत दिने काम भइरहेको छ। घाइतेको स्वास्थ्यलाभको लागि अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेका छौं। ज्यादा नोक्शानी भएका ठाउँहरुमा…
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ। मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे मान्त्रालयमा कुनै जानकारी नआएको बताए। उनले भने, ‘हामीले पखालालगायत हैजाजस्ता कीटजन्य तथा पानीजन्य रोगहरू एकै ठाउँमा धेरै जनालाई सङ्क्रमण भएको देखिए जानकारी गराउन भनेका छौँ। हालसम्म त्यस्तो खबर आएको छैन।’ अघिल्लो साता देशका अधिकांश स्थानमा परेको अविरल वर्षाका कारण बाढीपहिरो, डुबानलगायत विपद्का कारण जनधनको क्षति भएको छ। विपद्ले पानीका स्रोतहरू प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने र यस्तो अवस्थामा सबैले सतर्कता अपनाउन जरुरी रहेको प्रवक्ता डा बुढाथोकीको भनाइ छ। शुक्रराज ट्रपिकल तथा सरुवारोग…
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले काठमाडौं उपत्यकामा दशैंका लागि खसीबोका भित्र्याएको छ । कम्पनीले शनिबार थापाथलीमा खसीकोबा झारेको हो । हरेक वर्षजस्तै आइतबारदेखि सहुलियत मूल्यमा बिक्री सुरु गर्ने तयारी कम्पनीको छ । यस वर्षका जिउँदो खसीबोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ भने च्याङ्ग्राको १२३० तोकिएको छ । यो मूल्यमा १० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ । शनिबार खसीबोका थापाथलीमा झारिए पनि च्याङ्गा भने ल्याइएको छैन । यो वर्ष एक हजारदेखि बढीमा १५ सय वटा खसीबोका र ३०० कालो च्याङ्ग्रा ल्याउने तयारी कम्पनीको छ ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबका निर्वाचनमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने बताएका छन् । दोलखा-काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान नै कमजोर हुन पुगेको उनको भनाइ छ । अध्यक्ष दाहालले अब देशब्यापीरुपमा एकल प्रतिष्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने बताए । आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएकाले जनतामा माओवादीप्रति नयाँ आशा र…
काठमाडौँ । सरकारले बाढी पहिरोका कारण क्षतिग्रस्त देशभरका सडक खुलाउने सम्बन्धमा कार्ययोजना प्रस्तुत गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै देशभरका राजमार्गमा भएका अवरोध एवं त्यसलाई खुलाएर यातायात सञ्चालनलाई सुचारु बनाउनेबारे कार्ययोजना प्रस्तुत गरेको हो । मन्त्रालयका अनुसार शुक्रबारदेखिको अविरल वर्षाको कारणले देशभर ३४ वटा राजमार्गहरूका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएका थिए । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सञ्चालनमा ल्याइएको छ । बाँकी पाँच राजमार्ग भने सञ्चालनमा आउन बाँकी रहको मन्त्रालयले जनाएको छ । यसरी पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी राजमार्गहरूमा बिपी राजमार्ग, अरनिको राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग,…
काठमाडौँ:हाल देशभर मनसुनी वायुको प्रभाव छ। देशको पूर्वी र मध्य भागमा भने दक्षिण पश्चिम बंगलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। यतिबेला (शुक्रबार बिहान) कोसी र बागमती प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोसी र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका बाँकी भूमागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान विभागको छ। दिउँसो कोसी, बागमती र गण्डकी…
काठमाडौँ:भारतले नेपालमा थप २ वटा पेट्रोलियम पाइपलाइन र भण्डारण बनाउन अनुदान दिने भएको छ। भारतीय आयल कर्पोरेसन र नेपाल आयल निगमबीच यससम्बन्धी दोस्रो सम्झौता भएको हो। भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आइरहेको छ। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा अमलेखगन्जको पाइपलाइन चितवनसम्म र पूर्वमा भारतको सिलिगुरीको पाइपलाइन झापाको चारआलीसम्म ल्याउने सम्झौता भएको थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अमलेखगन्जदेखि चितवन र सिलिगुरीबाट झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन बनाउने विषयमा हस्ताक्षर भएको बताएका हुन्। ‘नेपालमा थप २ वटा पाइपलाइन र चितवन र झापामा भण्डारण पनि भारतीय सहयोगमा बन्दै छन्’, श्रीवास्तवले भने, ‘आजै नेपाल आयल कर्पोरेसन र भारत…
काठमाडौँ: नेपालमा उत्पादित बिजुली बंगलादेशमा बिक्री गर्न बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतासँगै भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश पुर्याउने बाटो खुलेको हो । नेपालबाट विद्युत् भारतको बाटो भएर बंगलादेश पुर्याउनुपर्ने भएकाले त्रिपक्षीय सम्झौता गरिएको हो । नेपालमा उत्पादित विद्युत् यसअघि भारतमा मात्र बिक्री हुँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) रेनु नारङ र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) का अध्यक्ष मोहमद रिजाउल करिमले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । विद्युत् निर्यात सुरु हुन भने समय लाग्नेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, राज्यमन्त्री पूर्णबहादुर तामाङ र बंगलादेशको…
काठमाडौँ: नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए । आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ । असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत…