Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
- भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह
- पोखराको फेवातालमा कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु
- उद्धार गरिएका साह भन्छन्: पावर हाउस भित्र ४०/४५ जना थियौं, सबैको ज्यान बचाउन लाग्दा म आफैभित्र परे
- त्रिशूली–३ ‘ए’ को परियोजनाभित्र फसेका दुईजनाको जीवितै उद्धार
- भोटेकोशी बाढीका मृतक परिवारलाई १० लाख राहत
- भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक, भदौ २२ मा झण्डा आधा झुकाइने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो । पहिरोमा अरु बसहरु पनि पुरिएको आशंकामा प्रहरीले खोजी गरिरहेको छ ।
काठमाडौँ:काठमाडौँको नागार्जुन नगरपालिकामा अविरल वर्षा संगै झरेको पहिरोले ५ वटा घरमा क्षती पुर्याउंदा ५ जनाको मृत्यु भएको भने २ जना घाइते भएका छन् । नागार्जुन नगरपालिका प्रवक्ता एबम वारदा नम्बर ५ का वार्ड अध्यक्ष महेश रिमालका अनुसार इचङ्गु नारायण मन्दिरको पछाडी पर्ने नागार्जुन वडा नं. ६ को सिमानामा पहिरोले ५ वटा घर पुरिनुका साथै पुरिएर ५ जनाको निधन हो । घटनाबारे खबर हुने बितिकै मेयर मोहन बहादुर बस्नेत, उपमेयर सुशिला अधिकार र जनाप्रतिनिधरु घटना स्थलमा पुगेको प्रबक्ता रिमालले जानकारी दिए । घटनाबारे दुःख व्यक्त गर्दै मेयर बस्नेतले उपचाररत २ जना विरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने उद्धार तथा…
काठमाडौँ: अविरल वर्षाका कारण देशभर २२ ठाउँका सड्क अवरुद्ध भएको छ । पहिरोका कारण पृथ्वी राजमार्ग, मध्यम पहाडी लोकमार्थ, वीपी राजमार्ग र सिद्धार्थ राजगमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) विश्व अधिकारीले बताए । काठमाडौँ उपत्यका जोड्ने सिस्नेरी, लेले र बल्खु–फर्पिङ सड्क खण्ड अवरुद्ध भएको छ । कोशी प्रदेश स्थित राँके–भेडेटार, मध्य पहाडी लोकमार्ग र दिक्तेल–गाईघाट सडक अवरुद्ध छ । बागमती प्रदेश स्थित कान्ति लोकपथ, पासाङल्हामु राजमार्ग, बिपी राजमार्ग, भिमफेदी–कुलेखानी सड्क, मध्य पहाडी लोकमार्ग र त्रिभुवन राजपथ बन्द छन् । कुलेखानी–मार्खु सड्क र मदन भण्डारी राजमार्ग पनि बन्छ छ । गण्डकी प्रदेश स्थित म्याग्दीको बेनी–दर्बाङ…
काठमाडौँ : बिहीबारदेखिको लगातारको अविरल वर्षाबाट काठमाडौँ उपत्यकामा मात्रै २१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौँमा ९ जना, ललितपुरमा ९ जना र भक्तपुरमा ३ जनाको मृत्यु भएको हो । उनीहरूको बाढी, पहिरो र घर भत्किँदा निधन भएको हो । काठमाडौँमा ४ जना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी हराइरहेकाहरूको खोजी भइरहेको काठमाडौँ प्रहरीले जनाएको छ । यता भक्तपुरमा तीन जनाको मृत्यु भएको छ भने ललितपुरमा ९ जनाको मृत्यु भएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् । धनकुटामा २ जनाको मृत्यु र २ जना बेपत्ता भएका छन् । पाँचथरमा…
काठमाण्डौं, १२ असोजः गृहमन्त्री रमेश लेखक निरन्तरको बर्षाका कारण आएको बाढी, पहिरो लगायतका प्राकृतिक विपद्को जोखिममा परेका नागरिकहरुको उद्दार, राहत तथा घाइतेहरुको स्वास्थ्य उपचारमा सरकार गम्भीर भएर लागिपरेको बताउनुभएको छ । शनिबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट’को बैठकपछि सञ्चारकर्मीहरुसित बोल्दै गृहमन्त्री लेखकले बर्षा, बाढी, पहिरो र डुबानबाट काठमाण्डौ उपत्यकामा मात्रै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उद्दार टोलीले साढे सात सय भन्दा बढी नागरिकको सकुशल उद्दार गरेको जानकारी दिनुभयो । “ दुई जनाको नेपाली सेनाको हेलिकप्टरबाट समेत उद्दार गरी सुरक्षित स्थानमा सारिएको छ ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ मुलुकमा ठुलो विपद्को स्थिती आएको…
ललितपुर । नख्खु खोलामा यति बेला बाढी आइरहेको छ । बाढीका कारण कयौँ मानिसहरू फसेका छन् । सुरक्षा निकायका उद्धारकर्मीहरू फसेकाहरूको उद्धारका लागि खटिएका छन् । यसैबिच खोलका कारण फेसेका दुई जनाको हेलिकप्टरको मद्दतले उद्धार गरिएको छ ।
काठमाडौँ । अविरल वर्षासँगै बाढीले राजधानीमा एउटा ग्यास बुलेट बगाएको छ । ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीमा बग्दै गरेको देखिएको हो । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा ग्यास निस्केर माथितिर गइरहेको देखिन्छ । प्रत्यक्षदर्शीले ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको बताएका छन् । ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको छ । प्रहरीले घटनाबारे जानकारी आएपछि थप विवरण आउन बाँकी रहेको जनाएको छ ।
काठमाडौँ । शुक्रबारदेखि भइरहेको अविरल वर्षाका कारण विभिन्न १३ स्थानमा नदीहरूले खतराको तहको पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार केही नदीहरूमा अझै पानीको बहाव बढ्दो अवस्थामा रहेको छ । चितवनको देवघाटमा नारायणी नदीको जलसतह खतराको तह पार गरेको छ । यहाँ पानीको बहाव अझै बढ्दो क्रममा छ । त्यस्तै, काठमाडौँको बलकुमारमा मनोहरा, भक्तपुरको जागती र कौशलटारमामा हनुमन्ते खोला तथा ललितपुरको झरुवासीमा खोड्कु खोला र खोकनामा बागमतीको जलसतह खतराको तह पार गरेको छ । यसैगरी, रौतहट, बारा, धनकुटा, सिन्धुली, भोजपुर, धनकुटा र सुनसरीमा पनि विभिन्न नदी तथा खोलाको जलसतहले खतराको तह पार गरिसकेको छ ।
हेटौँडा । कुलेखानी जलाशय भरिएसँगै शनिबार २ वटा ढोका खुला गरिएको छ । जलाशयमा जोखिम नरहने गरी ड्यामका २ वटा ढोकाबाट पानी पठाइएको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनले आवश्यकता अनुसार जलाशयका ढोका खोल्ने दर बढाउने समेत जानकारी दिए ।
काठमाडौँ:त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिपर बगाएको छ। केही दिनदेखि परेको अविरल वर्षाका कारण नदीमा आएको भीषण बाढीले शुक्रबार राति करिब १०ः१० बजे आयोजनाको तीनवटा टिपर र दुईवटा एक्साभेटर बगाएको सशस्त्र प्रहरी बलका केन्द्रीय सह–प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। बाढीले नदीको बीच भागमा रहेको मेसिन तथा टिप्पर बगाएको आयोजनाका कर्मचारी सङ्गम मग्रातीले जानकारी दिए। “साँझतिर एउटा एक्साभेटर र एउटा टिपर बगाएको थियो,” उनले भने, “सोही ठाउँमा रहेका थप एउटा एक्साभेटर र दुईवटा टिपर पनि राति करिब १० बजे त्रिशूली नदीमा…