काठमाडौँ:
काठमाडौँको नागार्जुन नगरपालिकामा अविरल वर्षा संगै झरेको पहिरोले ५ वटा घरमा क्षती पुर्याउंदा ५ जनाको मृत्यु भएको भने २ जना घाइते भएका छन् ।
नागार्जुन नगरपालिका प्रवक्ता एबम वारदा नम्बर ५ का वार्ड अध्यक्ष महेश रिमालका अनुसार इचङ्गु नारायण मन्दिरको पछाडी पर्ने नागार्जुन वडा नं. ६ को सिमानामा पहिरोले ५ वटा घर पुरिनुका साथै पुरिएर ५ जनाको निधन हो ।
घटनाबारे खबर हुने बितिकै मेयर मोहन बहादुर बस्नेत, उपमेयर सुशिला अधिकार र जनाप्रतिनिधरु घटना स्थलमा पुगेको प्रबक्ता रिमालले जानकारी दिए ।
घटनाबारे दुःख व्यक्त गर्दै मेयर बस्नेतले उपचाररत २ जना विरामीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने उद्धार तथा राहतका लागि आवश्यक निर्देशन दिएका छन् ।
नगर प्रमुख बस्नेत शनिबार बिहानैदेखि अविरल वर्षाले क्षति पुर्याएका नगरपालिकाका विभिन्न वडाहरुको समेत अवलोकन भ्रमणमा गरेको रिमाले जानकारी दिए ।
त्यसैगरी, मेयर बस्नेतले सबै वडाहरुमा अलर्ट जारी गरी बिदाको दिन भए ता पनि वडाका जन प्रतिनिधिहरु, वडाका सचिवहरु, कर्मचारीहरुलाई आ–आफ्नो कार्यस्थलमा उपस्थित भई राहत तथा उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुका साथै सक्रियताका साथ उद्धार तथा राहतमा खट्न सबैलाई निर्देशन दिएका छन् ।
उनले वडा नं. ३, ५, ६, ७, ८, १० का विभिन्न स्थानहरुमा गएको पहिरो तथा अवरुद्ध भएको सडकको अवलोकन गरेका थिए । अवलोकन सँगै सम्बन्धित वडाका वडाध्यक्षहरुलाई उद्धार तथा राहतका लागि आवश्यक निर्देशन दिएका छन् ।
साथमा उप–प्रमुख श्री सुशिला अधिकारी, प्रमुख प्रशासकीय अभिकृत श्री शिव प्रसाद रिजाल, वरिष्ठ इन्जिनियरहरु तथा कर्मचारीहरु सहभागी थिए । यससँगै नगर प्रमुख बस्नेतले सबै नगरबासीहरूलाइ सतर्कमा रहन अनुरोध गरेका छन् ।
जारी वर्षाका कारण विपदमा परेका नगरबासीहरुको उद्धार, राहत तथा सहयोगका लागि आइतबार बिहान ८ः०० बजे नागार्जुन नगरपालिकाको विपद समितिको आकस्मिक बैठक बस्ने जनाइएको छ ।
