Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: राष्ट्र बैंकले असोजमध्यमा गएको बाढी–पहिरोबाट प्रभावित उद्योगी व्यवसायीलाई कर्जाको भाका सार्न सक्ने सुविधा दिने भएको छ। हालैको बाढी–पहिरोबाट प्रभावित इलामलगायत प्राकृतिक विपत्तिका कारण असर पुगेका अन्य जिल्लाका उद्यम/व्यवसायका लागि प्रवाहित कर्जाको न्यूनतम १० प्रतिशत ब्याज असुल गरेर एकपटकको लागि कर्जाको भाका सार्न सकिने सुविधा दिएको हो। त्यस्तै, अब बैंक तथा वित्तीय संस्थाले महानगरपालिकामा रहेका शाखा राष्ट्र बैंकसँग अनुमति नलिएरै पनि समायोजन तथा एकीकरण गर्न सक्ने भएका छन्।

Read More

काठमाडौं: नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । मौद्रिक नीति समीक्षा गर्दै बैंकले नीतिगत दर घटाएको छ । यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरिएको छ । त्यस्तै करिडोरको माथिल्लो सीमाको रुपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रुपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत राखिएको छ । राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकहरुलाई ब्याजदर थप घटाउन दबाब पुग्नेछ ।

Read More

काठमाडौँ: नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । निगमका अनुसार मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । यसैगरी निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रियतर्फ)को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको…

Read More

काठमाडौं: भारतमा सम्पन्न साउथ एसिया (बिआईएन) पावर समिट, २०२५ मा ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक रहेको विज्ञहरुले बताएका छन् । भारतीय उद्योग परिसंघ (CII) ले नयाँ दिल्लीमा आयोजना गरेको समिटमा भुटान, भारत र नेपाल (BIN) को ऊर्जा क्षेत्रमा लामो समयदेखि सक्रिय ऊर्जा उद्यमीहरु र सरकारी अधिकारीहरुको सहभागीता रहेको थियो । नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा ५ सदस्यीय टोलीले सम्मेलनमा भाग लिएको थियो । सरकारी अधिकारीहरुका तर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव एवं विद्युत विकास विभागका उपमहानिर्देशक नुतन कुमार शर्मा नेतृत्वको टोली सहभागी भएको थियो ।…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । लागतलाई हाल प्रचलित विनियमन दर प्रति अमेरिकी डलर १४१ रुपैयाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको व्याज बाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेकोछ । आयोजनाको निर्माण अवधिको व्याजसहित २…

Read More

काठमाडौं: सुनको भाउ फेरि साढे २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँ तोकेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार २ सय रुपैयाँ बढी हो । अघिल्लो दिन सुन तोलामा २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । विगत एक सातामा सुनको भाउ करिब ९ हजार बढेको छ । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ४१ हजार ७ सय रुपैयाँ थियो । सुनको भाउ यसअघि असोज ३१ गते प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ । चाँदीको…

Read More

काठमाडौं: काठमाडौंका सडक खाल्डाखुल्डी तत्काल मर्मत गर्न सडक एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । सडक मर्मत एम्बुलेन्स नेपालमै पहिलोपटक प्रयोगमा ल्याइएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार सडक डिभिजन कार्यालय, काठमाडौंले प्रयोगमा ल्याएको सडक मर्मत एम्बुलेन्स प्रयोगको सुभारम्भ गर्नुभयो । सडक डिभिजन कार्यालय, काठमाडौंको कार्यक्षेत्रमा पर्ने काठमाडौं जिल्लाभित्रका सामरिक महत्वका सडक तत्काल मर्मत गर्नका लागि एम्बुलेन्स प्रयोगमा ल्याइनेछ । त्यस्तै, सडकमा देखिएका खाल्डाखुल्डीको तत्काल जानकारी दिइ मर्मत अगाडि बढाउन मोवाइल एप्स् पनि सञ्चालनमा ल्याइएको छ । जसमा खाल्डोको अवस्थाको तत्काल फोटो खिची अपलोड गर्न सकिने व्यवस्था र मर्मतपछि त्यसको अद्यावधिक विवरण…

Read More

काठमाडौं: नेपालबाट बंगलादेशले थप २० मेगावाट विद्युत् लैजाने भएको छ। हाल ४० मेगावाट जलविद्युत् आयात गरिरहेको बंगलादेशले आगामी बर्खादेखि कुल ६० मेगावाट बिजुली नेपालबाट लिन सहमति जनाएको हो । नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को सातौँ बैठक मंसिर ११ गते ढाकामा बसेपछि दुई देशबीच यस्तो सहमति बनेको हो । बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयकी सचिव फर्जाना ममताज सहअध्यक्ष थिए । यसअघि मंसिर १० गते बसेको संयुक्त कार्यदल (जेडब्ल्यूजी) को बैठकमा भएका सिफारिस र छलफललाई आधार बनाएर सचिवस्तरीय बैठकले विद्युत् व्यापारदेखि ऊर्जा सहकार्यका विभिन्न विषयमा टुंगो गरेको…

Read More

काठमाडौँ: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्यको औपचारिक थालनी गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा आयोजित एक विशेष समारोहबिच अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट लगायतको सहभागितामा निर्माण थालनी गरिएको हो । एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण हुन लागेका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबिच ऊर्जा व्यापारका लागि अन्तरसम्बन्ध स्थापना गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा मन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार,…

Read More

काठमाडौं: नेकपा (एमाले)को महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा हुने भएको छ । बुधबार बिहान बसेको महाधिवेशन आयोजक समितिको बैठकले काठमाडौंको भृकुटीमण्डपमा स्थान साघुँरो हुने भएकाले उद्घाटन सत्र भक्तपुरस्थित सल्लाघारीको चौरमा गर्ने निर्णय गरेको हो । “बन्दसत्रका लागि भृकुटीमण्डपमा बुकिङ गरिएको छ । उद्घाटनसत्रका लागि साघुँरो हुने भयो । त्यसैले सल्लाघारीको चौरमा गर्ने कुरा भएको छ,” एमाले कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिए । एमालेले टुडिखेलस्थित खुल्लामञ्चमा गर्ने गरी छलफल पनि गरेको थियो । काठमाडौं महानगरपालिकाले काम सम्पन्न भइनसकेको भन्दै स्थान उपलब्ध नगर्ने भएपछि एमालेले महाधिवेशनको बन्दसत्र सल्लाघारीमा गर्ने भएको हो ।एमालेको महाधिवेशन यही मंसिर २७–२९ मा हुँदै छ ।

Read More