काठमाडौँ: नेपाली बजारमा मंगलबार सुनको मूल्य घट्दा चाँदीमा बढोत्तरी आएको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा ८० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, मंगलबार चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३७.८९ अमेरिकी डलर र चाँदी ६६.७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
