Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नेपाललाई भारतले दिने भनेको २० करोड रुपैयाँसम्मको परियोजना आफूखुसी खर्च गर्न नपाउने बताएका छन्। शुक्रबार बिहान बसेको संघीय संसद् अन्तर्गतको राज्यव्यवस्था समितिको बैठकमा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारतसँग हिजो भएको सम्झौता अनुसार उताबाट प्राप्त हुने सहयोग भारतले आफूखुसी खर्च गर्न नपाउने बताएका हुन्। बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा भारतले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै खर्च गर्न पाउने सम्झौता भएको थियो। जुन सम्झौताको कतिपयले बिरोध गरेका छन्। बैठकमा एमाले सांसद रघु जी पन्तले २० करोड रुपैयाँ भारतले आफूखुसी खर्च गर्न पाउनेगरी भएको सम्झौता राष्ट्रिय स्वतन्त्रतालाई कमजोर पार्ने खालको भएको भन्दै…

Read More

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले खुला प्रतिष्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आव्हान गरेको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले खुला प्रतिष्पर्धाका लागि आवेदन माग गरेको हो। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिको अन्त्य गर्दै मेरिटका आधारमा उपकुलपति छनौट गर्ने घोषणा गरेका थिए। त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री प्रचण्डको घोषणा कार्यान्वयन गर्दै सिफारिस समितिले योग्यता र अनुभवका आधारमा विश्वभरी रहेका नेपाली नागरिकबाट उपकुलपति चयन गर्ने प्रक्रिया आरम्भ गरेको हो। आज प्रकाशित सूचना अनुसार, त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता भई विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष…

Read More

काठमाडौँ: रिपब्लिक अफ आइसल्याण्ड सरकारले विदुषी राणालाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ । उनलाई परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दिलीपकुमार पौडेलले बिहिबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। दुई देशबीचको कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धतालाई जोड दिंदै रिपब्लिक अफ आइसल्याण्ड सरकारले उनलाई नेपालका लागि रिपब्लिक अफ आइसल्याण्डको अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो । अवैतनिक वाणिज्यदूतको हैसियतमा विदुषी राणाले नेपाल र रिपब्लिक अफ आइसल्याण्डबीचको पर्यटन, सांस्कृतिक आदानप्रदान, व्यापार र लगानीलाई सहज बनाउन प्रयास गर्दै दुवै राष्ट्रको पारस्परिक हितका लागि समझदारी र सहयोगलाई बढावा दिने प्रयास गर्नेछन्। विदुषी राणा किरण सुज (गोल्डस्टार शूज)का कार्यकारी निर्देशक हुन्। उनले आगामी…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताएका छन्। यो दिन विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास उनले व्यक्त गरे। रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको बिहीबार दिउँसो उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास गरे। ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार विद्युत भारतलाई बिक्री गर्ने सम्झौता भएको थियो। भारतका विदेशमन्त्रीको नेपाल भ्रमणले अब नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता भएको छ’, उनले भने, ‘यो…

Read More

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरूमा शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ। आज महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहितको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ। समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि छन्। समितिलाई पेट्रोल पम्पहरूको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र…

Read More

काठमाडौं: नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (पीटीए) भएको छ। बिहीबार सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा विद्युत् व्यापार सम्झौता भएको हो। सम्झौतामा नेपालतर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारततर्फबाट ऊर्जा सचिव पंकज अग्रवाले हस्ताक्षर गरेका छन्। ‘मन्त्रालयमा दीर्घकालीन विद्युत व्यापारको सम्झौता भएको छ। उहाँहरु सम्झौता गरेर निस्किसक्नु भयो। सम्झौता होटल याक एण्ड यतिबाट एकैपटक सार्वजनिक गर्ने कार्यक्रम छ,’ मन्त्रालयका एक अधिकारीले भने। ऊर्जा सचिव सिग्देलले विद्युत व्यापारमा ‘ब्रेक थ्रु’ भएको बताए। उनका अनुसार अब नेपाली बिजुलीले भारतीय मार्केट सहजै पाउनेछ। नेपाल र भारतका प्रधानमन्त्रीले घोषणा गरेको ७ महिनापछि सम्झौतामा हस्ताक्षर भएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को जेठ तेस्रो साता भारत…

Read More

तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस बिहीबार बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए। शत्र जनाको अवस्था मध्यम र १४ जनाको अवस्था सामान्य रहेको उनले बताए। घाइते हुनेमा बस चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–६ लुम्लेका ३४ वर्षीय अन्तिम सुनार, सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठसहित अन्य यात्रु रहेका छन्।

Read More

काठमाडौँ: सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १०ः १७ बजे ४.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । यसअघि गत आइतबार राति १० बजेर २१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको थियो । सिन्धुपाल्चोक आसपासका जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो

Read More

काठमाडौँ: भारतीय विदेश मन्त्री एस.जयशंकर काठमाडौँ आइपुगेका छन् । नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आइ पुगेका हुन् । भारतीय वायुसेनाको विशेष आइएफसी ३१ विमान बाट बिहान ९ः३० मा नेपाल आइ पुगेका हुन् । उनलाई एयरपोर्टमा स्वागत गर्न परराष्ट्र मन्त्री एनपी साउद आफै पुगेका थिए । उनी ११ बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जानेछन् । त्यहाँबाट फर्केपछि मध्यान्ह १२ बजे प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेटघाट गर्ने छन् । त्यसलगत्तै १ बजे परराष्ट्र मन्त्री साउदसँग होटेल याक एण्ड यतिमा भेटघाट गरेपछि उनी सवा एक बजेदेखि संयुक्त आयोगको बैठकमा सहभागी हुनेछन् । पौने २ बजे दुई देशबिच १०…

Read More

काठमाडौँ: भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल आउँदै छन् । उनी भारतीय वायु सेनाको विशेष विमानबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन उनी नेपाल आउन लागेका हुन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो । टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारी रहने छन् । परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालय स्रोतको भनाइ छ । विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १०…

Read More