Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » १० वर्षमा १० हजार मेगावाट बिजुली लैजान भारतसँग भयो दीर्घकालीन विद्युत व्यापार सम्झौता

    १० वर्षमा १० हजार मेगावाट बिजुली लैजान भारतसँग भयो दीर्घकालीन विद्युत व्यापार सम्झौता

    पहिलोक्लिकपहिलोक्लिकJanuary 4, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता (पीटीए) भएको छ। बिहीबार सिंहदरबारस्थित ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा विद्युत् व्यापार सम्झौता भएको हो।

    सम्झौतामा नेपालतर्फबाट ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारततर्फबाट ऊर्जा सचिव पंकज अग्रवाले हस्ताक्षर गरेका छन्। ‘मन्त्रालयमा दीर्घकालीन विद्युत व्यापारको सम्झौता भएको छ। उहाँहरु सम्झौता गरेर निस्किसक्नु भयो। सम्झौता होटल याक एण्ड यतिबाट एकैपटक सार्वजनिक गर्ने कार्यक्रम छ,’ मन्त्रालयका एक अधिकारीले भने।

    ऊर्जा सचिव सिग्देलले विद्युत व्यापारमा ‘ब्रेक थ्रु’ भएको बताए। उनका अनुसार अब नेपाली बिजुलीले भारतीय मार्केट सहजै पाउनेछ। नेपाल र भारतका प्रधानमन्त्रीले घोषणा गरेको ७ महिनापछि सम्झौतामा हस्ताक्षर भएको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’को जेठ तेस्रो साता भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा गर्ने सहमति भएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १० वर्षमा १० हजार मेगावाट बिजुली लैजाने घोषणा गरेका थिए। प्रारम्भिक सहमति कार्यान्वयनका लागि द्धिपक्षीय सम्झौतामा हस्ताक्षर गरिएको हो।

    अहिले नेपालले भारतको प्रतिस्पर्धी बजारको डे-अहेड मार्केटमा करिब ६०० मेगावाटसम्म निर्यातका लागि अनुमति पाएको छ भने ११० मेगावाट विद्युत् ५ वर्षका लागि किनिदिनेगरि मध्यकालीनमा पीपीएमा सहमति भएको छ। बर्खामा हरियाणामा बिक्री गर्नेगरि मध्यकालीन पीपीएमा पहिलोपटक भारत सहमत भएको हो।

    दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए) भए प्राधिकरणले प्रतिस्पर्धा गरेर डे-अहेड मार्केटमा बेचिरहनुपर्दैन। २५ वर्षसम्मको लागि एकैपटक सम्झौता हुनेछ।

    १० वर्षमा १० हजार मेगावाट निर्यात गर्ने योजनामा दुईवटा भारतीय आयोजना समावेश छ। सबै भारतका लगानीका आयोजना भनिए पनि ९०० मेगावाटको अपर कर्णाली र ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना समावेश छन्। अरुण तेस्रो जलविद्युत आयोजना भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको छ भने अप्पर कर्णाली भारतीय कम्पनी सतलज र जीएमआरले निर्माण गर्न लागेका छन्।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.