Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य घटाएको हो । निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मूल्य घटाएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

Read More

काठमाडौं: नेपाली कांग्रेसको महासमिति बैठक बस्ने मिति फेरि सरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक डाक्ने निर्णय गरेको हो । यसअघि काग्रेसको महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म बस्ने तय थियो ।

Read More

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन् । अदालतमा उनले धरौटी रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएपनि तत्काल उनी छुट्ने छैनन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागार स्रोतले बताएको छ । नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको थियो । भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न…

Read More

काठमाडौँ:नगरकोटमा नेपालकै लामो जिपलाइन सञ्चालनमा आएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नगरकोट जिपलाइनको उद्घाटन गरे। मन्त्री किराँतीले नेपालको पर्यटन स्थानीय स्वामित्वसहितको हुनुपर्ने बताउँदै जिपलाइन खुलेकोमा खुसी व्यक्त गरे। ‘मैले जहिले पनि नेपालको पर्यटन स्थानीय बासिन्दाको स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै आएको छु। नेपालको पर्यटन कल्चर, नेचर र एडभान्चर हो। यसरी विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण क्षेत्रमा जिपलाइन खुल्नु निकै राम्रो कुरा हो।’ नेपालको पर्यटनले गति लिइरहेको समेत उनले बताए। ‘नेपालको पर्यटनले आङ्ग तन्काएको छ। जुन निकै राम्रो कुरा हो। यो जिपलाइनले पनि पर्यटन विकासमा टेवा पुर्याउनेछ।’ २.२५० किलोमिटर लामो जिपलाइन भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाको ६ र ७ वडामा…

Read More

काठमाडौँ: सुन प्रतितोला ३ सय रुपैयाँ महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख १९ हजार १ सय र तेजाबी सुन १ लाख १८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको हो। अघिल्लो दिन दुवै सुन क्रमशः १ लाख १८ हजार ८ सय र १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

Read More

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन्। २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र संघीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे। उनले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताए। मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे। उनले भने, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन्। काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन्। तिमध्ये तीन वटा…

Read More

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालमाथि रकम उठाएको आरोप लगाइरहेका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले राजीनामा दिए प्रमाण सार्वजनिक गर्ने बताएका छन्। प्रमाणको सुरक्षा मुख्य कुरा भएकाले आफू अहिले प्रमाणको सुरक्षा गर्नतिर लागेको पनि जिकिर गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘मसँग चारजना बढीको प्रमाण छ। अदालतको प्रक्रिया हेर्दै छु। प्रमाणहरू सुरक्षित भएपछि पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्छु।’ उनले प्रमाणको सुरक्षाका लागि पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने तर्क गरेका छन्। उनले लेखेका छन्, ‘म सार्वजनिक गर्छु, प्रधानमन्त्रीले के राजीनामा दिनुहुन्छ? प्रधानमन्त्रीले राजीनामा दिएर आए म पनि प्रमाणहरू सार्वजनिक गर्छु। प्रमाणहरू नरहने र राजीनामा पनि…

Read More

काठमाडौँ:उच्च अदालतको आदेशमा ३० लाख धरौटी बुझाएर रिहा हुन लागेका पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाणलाई शुक्रबार सम्पत्ति शुद्धीकरण विभाग लगिने भएको छ। उच्च अदालतले बिहीबार खाणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश कृष्णराम कोइरालाको आदेशसँगै शुक्रबार जिल्ला अदालत काठमाडौंमा खाणले ३० लाख धरौटी जम्मा गरेर रिहा हुने तयारी छ। तर उनलाई यो मुद्दामा रिहा हुने भएपनि केन्द्रीय कारागार सुन्धाराले सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाउने भएको हो। नक्कली शरणार्थी प्रकरणमा अभियुक्त बनाइएका सबै प्रतिवादीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मु्द्दा चलिरहेको छ। यसअघि मंसिर १५ गते उच्च अदालतले रिहा गर्न आदेश दिएका र त्यसअघि जिल्ला अदालत काठमाडौंले…

Read More

धनकुटा: मध्यपहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा एक जनाले हातपातको प्रयास गरेका छन् । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका ५ लेगुवामा ओलीमाथि हातपातको प्रयास भएको हो । उनीमाथि लेगुवाकै महेश राईले हातपातको प्रयास गरेका हुन् । ओलीको स्वागतमा लाइनमा बसेकाहरुकोबीचबाट अघि बढेका राईले ओली नजिक्कै पुगेर हात हाल्ने प्रयास गरेका हुन् । राईलाई सुरक्षाकर्मी र यात्रामा रहेकाहरुले उनलाई समातेका थिए । राईलाई प्रहरीले पक्राउ गरेको छ । उनले हातपातको प्रयास गर्नुको कारण खुलेको छैन । तर कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बाँस्तोलाले राईले मादक पदार्थ सेवन गरेको पाइएको बताए । उनले पूर्वप्रधानमन्त्री…

Read More

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको अध्यक्षमा पुनः चन्द्रप्रसाद ढकाल चयन भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औं वार्षिक साधारणसभाबाट निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत हुन् । साधारणसभाबाट संस्थापक सेयरधनीहरुमध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनीतर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्षले नेपाल राष्ट्र बैंकको गभर्नरबाट पद तथा गोपनियताको शपथ लिएपछि नवनिर्वाचित सञ्चालकहरुलाई शपथ गराउने छन् । यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९/८० को कुल मुनाफाबाट बैंकले आफ्ना सेयर धनीहरुलाई प्रस्ताव गरेको ८…

Read More