Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । दशैँ तिहारलाई लक्षित गरेर प्रहरीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शुक्रवार पत्रकार सम्मेलन गर्दै दसैँमा खसी बजारदेखि टिकट काउन्टरसम्म सुरक्षा गर्नका लागि उपत्यकाका १६ वटा स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा प्रत्येक टोलीमा १० जना रहने गरी सुरक्षाकर्मी परिचालनको योजना सार्वजनिक गरेको हो । यस्तै सूचना सङ्कलन टोली सादा पोसाकमा ३८, सिल, सर्च र कार्डोन तथा २२ सँगै एमबुसिङ र निगरानी २२ टोली परिचालन गरिने भएको छ । साथै स्ट्रिकिङ ३ काठमाडौं उपत्यका भित्रिने नाकामा कुकुर सहितको चेकजाँच प्रत्इेक दिन गरिने छ । यस्तै कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क,…

Read More

काठमाडौँ । काठमाडौँ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । दसैँ, तिहार र छठ पर्वमा कम्तीमा २० प्रकारका सुरक्षा चुनौती हुनसक्ने प्रहरीको आकलन छ । लुटपाट, चोरी तथा स्न्याचिङ, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, आगजनी तथा विस्फोट र महँगो भाडा असुली जस्ता अपराध हुनसक्ने प्रहरीको आकलन छ । बन्द पसल तथा खाली घरमा चोरी हुनसक्ने र धार्मिक तथा किनमेल स्थलमा पाकेटमारी र स्न्याचिङ हुनसक्ने सुरक्षा चुनौती देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए । उनले भने, ‘सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना लागू गरिएको छ…

Read More

काठमाडौँ:जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले लगातार वर्षाका कारण देशभरजसो बाढीले क्षति गर्ने जोखिम देखिएकाले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ। आज शुक्रबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गरी महाशाखाले आज तराईका सबै जिल्लासहित देशका २० जिल्लामा अति उच्च सतर्कता अपनाउन सुझाव दिएको हो। बाढी महाशाखाले भनेको छ- आज मधेस प्रदेशका सबै जिल्ला, उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, रुपन्देही, कपिलवस्तु, तनहुँ, स्याङ्जा, पर्वत र आसपासका जिल्ला भई वहने अधिकांश ससाना नदीको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिमको पूर्वानुमान रहेकाले अति उच्च सतर्कता अपनाइराखाैँ। साथै आज पाँचथर, धनकुटा,…

Read More

काठमाडौँ:नौबिसे–मुग्लिन सडकखण्डमा पर्ने चिरौँदी खोलानजिक पहिरोले एउटा कार बगाएको छ। बिहीबार राति सडकमाथिबाट आएको पहिरोले कार बगाएको धादिङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पहिरोले कारलाई बगाएर सडकभन्दा केही तल खसालेको छ। धादिङको गजुरीबाट काठमाडौँ जाँदै गरेको बा २ च ७८८५ नम्बरको कारलाई पहिरोले बगाएको हो। उक्त पहिरोमा परेर ४ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइते हुनेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका- १२ बस्ने ६५ वर्षका धर्म महर्जन, सोही स्थानका ४५ वर्षका देवकृष्ण श्रेष्ठ, ५८ वर्षका करण प्रकाश शाही र कार चालक कास्कीको पोखरा महानगरपालिकाका ४० वर्षका विष्णु श्रेष्ठ रहेका छन्। सामान्य घाइते उनीहरु उपचार पश्चात् डिस्चार्ज भइसकेका प्रहरीले…

Read More

काठमाडौँ । पछिल्लो समय दैनिक उपभोग्य सामग्रीहरूको बजार मूल्य घटेको छ । नीतिगत रूपमा बजार हस्तक्षेप, नियमित अनुगमन तथा सुपथ मूल्यका पसलहरू सञ्चालन गरेपछि बजार मूल्य घट्नुका साथै कालोबजारी नियन्त्रणमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । अहिले बजारमा चिनीमा प्रतिकेजी १५ रुपैयाँ र खाने तेलमा प्रतिलिटर १० रुपैयाँ घटेको पाइएको छ । यसका साथै नुन, दाल, पिठो, मैदाको पनि मूल्य घटेको छ । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडद्वारा सञ्चालित सुपथ मूल्यका पसलहरूबाट सस्तोमा गुणस्तरीय उपभोग्य बस्तुहरू उपलब्ध भइरहेका छन् । चाडपर्वको समयमा उपभोग्य बस्तुहरूको मूल्य घटेपछि उपभोक्तालाई सहज…

Read More

काठमाडौँ:सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको छ। दुई डीआईजीसहित १२ जना अधिकारीले दिएको रिट बिहीबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो। ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकास हुन लागेका डीआईजी अभिकुमार खत्रीसहित १२ जनाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्दै आफूहरुलाई सेवामा निरन्तरता दिन माग गरेका थिए। सो रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले रिट खारेज गरिदिएको हो। रिट दायर गर्नेमा डीआईजी दुर्गा प्रसाद भट्टराई, एसएसपी विश्वकुमार भट्टराई, एसपीहरु पूर्णबहादुर साउद, त्रिभुवन बिष्ट, अम्मरबहादुर ऐर, धनबहादुर सिंह, उद्धवबहादुर रावल, अशोक कुमार शाक्य, प्रेमबहादुर रावल, गोपाल…

Read More

काठमाडौँ: बिहीबार बेलुका काेशी ब्यारेजबाट एउटा बस सप्तकाेशी नदीमा खसेकाे छ । विराटनगरबाट सप्तरीतर्फ जादै गरेकाे बस साझ करिब ६:०५ मा काेशी ब्यारेजकाे पुलबाट तल नदीमा खसेकाे हाे । बस खसेकाे जानकारी आएपछि प्रहरी टाेली खटिएकाे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । ‘बस खसेकाे प्रारम्भिक जानकारी आएकाे छ, थप विवरण खुलेकाे छैन,’ उनले भने,’ हामी घटनास्थल तर्फ जादैछाैं ।’

Read More

काठमाडौं । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि (११ र १२ गते) रात्रिकालीन बस नचलाउने निर्णय मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले गरेको छ । साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्क्याउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह गरेको छ ।

Read More

काठमाडौँ:नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका प्रहरीले आफ्नो निवेदन फिर्ता लिएका छन् । ३० वर्षे सेवा अवधिकै कारण अवकाश हुन लागेपछि एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरीले जागिर लम्ब्याउन सर्वोच्च पुगेका थिए। सुरुमा उनीहरूकै पक्षमा अन्तरिम आदेश आएपछि सर्वोच्चको संयुक्त इजलासबाट ३० वर्षे हटाउने अन्तरिम आदेश खारेज भएको थियो। आफ्नो माग बमोजिम आदेश नभएपछि उनीहरू भदौ १६ गते नै अवकाश गइसकेका छन्। अवकाशमा गइसकेपछि अब अन्तिम सुनुवाइमा पनि आफ्नो पक्षमा फैसला हुने सम्भावना नदेखेपछि उनीहरूले निवेदन फिर्ता गरेका हुन्। रिट फिर्ताका लागि प्रहरीहरूले निवेदन दिएपछि सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद…

Read More

काठमाडौँ:स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्न पाइने भएको छ। निर्वाचन आयोगले बुधवार सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई आजदेखि दर्ताका लागि भनेको हो। आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम आजदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो।

Read More