Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बेपत्ता भन्सार कर्मचारीका परिवारलाई अर्थमन्त्रीको सहयोगको आश्वासन
- नेपाल महिला चेम्बरको ‘चेम्बर बजार’ असोज १७ गतेदेखि सञ्चालनमा आउने
- सरकारले निजी क्षेत्रलाई विद्युत प्रसारण लाइन प्रयोग गर्न खुला गर्यो, ईआरसीद्वारा `ह्वीलिङ चार्ज´ सार्वजनिक
- भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले महत्वका साथ अगाडि बढाएको काठमाडौं–तराई–मधेस दु्रतमार्ग (फास्ट ट्र्याक) को लागत ६३ अर्ब रुपैयाँले बढ्ने भएको छ । भारतीय कम्पनी आइएल एन्ड एफएसले यो आयोजनाका लागि दुई वर्षअघि तयार पारेको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) मा लागत एक खर्ब १२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । अहिले कोरियन कम्पनी सुसुङ इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको डिपिआरमा लागत बढाएर एक खर्ब ७५ अर्ब रुपैयाँ पर्याइएको छ । यो दुई वर्षअघिको डिपिआरको तुलनामा ५६ प्रतिशतभन्दा बढी हो । आयोजना बनाउने जिम्मा पाएको नेपाली सेनाले भारतीय कम्पनीले पहिले तयार गरेको डिपिआर स्वीकार गरेको छैन । भारतीय कम्पनीले डिपिआरको लागत…
काठमाडौँ: आफ्नो देशबाट आउने तरकारी र फलफूल नेपाली सीमामा चेक जाँच हुन थालेपछि भारतले आपत्ति जनाएको छ। काठमाडौंस्थित भारतीय राजदूतावासले सरकारका उच्च अधिकारीलाई चिठी पठाएर भारतीय तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका कर्मचारीले बताए । सरकारले असार पहिलो सातादेखि भारतीय फलफूल तथा तरकारीमा विषादी परीक्षण गर्ने निर्णय गरेको थियो। गुणस्तरहीन वस्तुको आयात रोक्ने उद्देश्यले सरकारले गरेको यो नीतिगत व्यवस्थाको कार्यान्वयनमा भने चुनौति देखिएको…
काठमाडौं: निर्यातभन्दा आयात उच्च भई भुक्तानी सन्तुलन खलबलिन थालेपछि राष्ट्र बैंकले ४५ लाख रुपैयाँभन्दा माथिका महँगा तथा विलासी गाडी आयातमा कडाइ गर्ने भएको छ। प्रतीतपत्र (एलसी) खोलेर अल्पकालीन व्यापारिक ऋणमार्फत गरिने आयात (ट्रस्ट रिसिट लोन—टीआर) अन्तर्गत कर्जा प्रवाहमा राष्ट्र बैंकले कडाइ गर्न लागेको हो। व्यापार घाटा उच्च विन्दुमा पुगेका कारण शोधनान्तर घाटा कम गर्न राष्ट्र बैंकले सार्वजनिक गर्न लागेको मौद्रिक नीतिमार्पmत यस्तो रणनीति अपनाउन लागेको छ। शोधनान्तर घाटा बढ्दै गएपछि ४५ लाख रुपैयाँभन्दा माथिका निजी सवारीसाधन आयातमा ‘ट्रस्ट रिसिट लोन’ रोक्ने तयारीमा राष्ट्र बैंक जुटेको उच्च स्रोतले बतायो। केही समयअघि अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकका सञ्चालक र व्यवस्थापकसँगको…
काठमाडौं: सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले वार्तामा नआए विप्लव समूहले नै क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् । विप्लव समूहले लुटपाटको धन्दा चलाएको र यो क्रमशः संगठित आतंकवादतर्फ उन्मुख रहेको भन्दै सरकारले जंगली राजलाई छुट दिन नसक्ने बताए । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटा विप्लव समूहप्रति आक्रामक रुपमा प्रस्तुत भए । विप्लव समूह वार्ताबाट भागेको भन्दै उनले भने, ‘किन भाग्नुभयो भने वार्तामा आउँदा त केही छैन माग्ने कुरा ।’ कार्यकर्ता छाड् भन्ने तर, हिंसा गरिरहने कार्य स्वीकार्य नभएको उनले बताए । मन्त्री बास्कोटाले भने, ‘लुटपाटको धन्दा जारी राख्नु हुन्छ भने क्षति व्यहोर्ने उहाँहरुले नै…
काठमाडौँ: त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीदेखि कर्मचारीसम्मले आयोगको भर्ना परीक्षामा फेल भएका आफन्तलाई नम्बर थपेर पास गराई जागिर दिलाउने गरेको खुलेको छ । पास भएका अन्य परीक्षार्थीको भने नम्बर घटाएर फेल गराएको पनि भेटिएको छ । भर्ना प्रक्रियामा अनियमितता गरेको र आफन्तलाई भर्ना गर्न खोजेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्यप्रसाद शर्मासहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका सदस्य चिन्तामणि पोखरेल, प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिविका प्राध्यापकहरू टेकनाथ ढकाल र गोविन्द ढकाल, सहप्राध्यापकहरू राजेश्वर न्यौपाने र ताराप्रकाश पौडेल तथा पूर्वकर्मचारी…
काठमाडौँ: भुटानी र तिब्बती शरणार्थी समस्या किनारा लाग्न नपाउँदै नेपालमा अन्य मुलुकका शरणार्थीको संख्या बढिरहेको छ । भुटान र तिब्बतीबाहेक विभिन्न नौ मुलुकका शरणार्थी नेपालमा आश्रय लिइरहेका छन् । म्यानमार, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, इराक, इरानसहित अफ्रिकी मुलुक सोमालिया र कंगोका नागरिकसमेत शरणार्थीका रुपमा नेपाल भित्रिएका छन् । सरकारले भुटान र तिब्बतीबाहेक अन्य मुलुकका नागरिकलाई शरणार्थीको हैसियत दिएको छैन । सरकारले यस्ता नागरिकलाई गैरकानुनी रुपमा बसोबास गरिरहेका व्यक्तिको सूचीमा राखेको छ । भुटान र तिब्बतीबाहेक विभिन्न नौ मुलुकका करिब सात सय शरणार्थी नेपालमा रहेको गृह मन्त्रालयले जनाएको छ । म्यानमारका तीन सयभन्दा बढी रोहिंग्या, दुई…
काठमाडौँ: भारत जाने, त्यहि पढ्ने अनि केही कमाएर पठाउने । यहि आसमा माल परिवारले ६ वर्षअघि छोरालाई विदाई गरेको थियो । जसै छोरा फर्किए, अहिले परिवारको होसवास उडेको छ । गाउँले अचम्भित छन् । कृष्णपुर नगरपालीका–१, दोमिल्लाका सुरेन्द्र माल पहिले जस्तो रहेनन् । नाम फेरीएको छ– प्रियंका । हाउभाउ, चालचलन र पहिरन दुरुस्तै छोरी मान्छेको । लिंगसमेत काटिएको छ । भारत पस्दा १८ वर्षका थिए । त्यहि दुई वर्षअघि जबर्जस्ती उनको लिंग काटिएको हो । तेस्रोलिंगीहरुको समुहले लिंग काटिदिएको सुरेन्द्रले बताए । त्यसपछि उनलाई केटीको पहिरनमा विभिन्न नाचगान र शुभकार्यमा ताली बजाउन, नाच्न लगाइयो । …
काठमाडौँ: युद्ध ग्रस्त लिबियाको त्रिपोलीमा बुधबार अपरान्ह एक नेपालीको गोलि लागि मृत्यु भएको समाचार आएको छ। मृत्यु हुनेमा सन्तोष श्रेष्ठ रहेको इजिप्टको कायरोस्थित चार्ज डी एफियर्स सुजन बिदारीले जानकारी दिएका छन् । लिबियामा रहेको आप्रबासी संगठन (आइओएम) सो घटनाको पुष्टी गरेको हो। घटना पूर्वी लिबियाको राजधानी त्रिपोलीको ताजौरा बन्दि गृह केन्द्रमा भएको हो। घटना अन्य थुप्रै आप्रबासीहरुको मृत्यु भएको समाचार छ। यस्तै, कायरोको नेपाल कार्यालय बुधबार नै अन्य ८ नेपाली नागरिकलाई टर्की हुँदै नेपाल ५ बजे पठाइएको जनाएको छ। दुई दिन अघिमात्रै लिबियाको आइओएमले मृतक श्रेष्ठको ट्राभल डकुमेन्ट मागेको थियो। दुई महिना अघि मात्रै…
काठमाडौँ: आयोजक इंग्ल्याण्ड जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा १९९२ पछि पुग्न सफल भएको छ। घरेलु मैदान चेस्टर-लि स्ट्रिटमा भएको ४१ औं खेलमा आयोजक इंग्ल्याण्डले किवी नामले चिनिने न्यूजिल्याण्डलाई ११९ रनले पराजित गरेको हो। ४५ ओभरमा १८६ रन बनाउंदै सबै खेलाडी गुमाएको किवीले इंग्ल्याण्डको कसिलो बलिङ्गसामु टिक्न नसक्दा हारको बाटो समात्नु पर्यो। इंग्ल्याण्डका जेमी ब्रेस्टो म्यान अफ दी म्याच बने। उनले १०६ रनको योगदान गरे। न्यूजिल्याण्डको सेमिफाइनल खेल खेल्ने सम्भावन भने अझै सकिएको छैन किनभने शुक्रबार हुने पाकिस्तान र बंगलादेशबीचको खेलले उसको भाग्यको फैसला गर्नेछ। न्यूजिल्याण्ड सेमिफाइनल नपुग्न पाकिस्तानेल बंगलादेशलाई ३१६ रन अन्तरले हराउनु पर्ने हुन्छ…
काठमाडौँ: ‘आइफा अवार्डबारे विवाद चलिरहँदा मंगलबार एकाएक एउटा सम्झौताको पत्र भाहिरियो जसले आज बुधबार सरकारलाई अवार्ड नहुने तर्फा पक्का पक्कि बनायो। अवार्डको मुख्य विवाद यसमा सरकारले पैसा हाल्ने हो कि होइन? यो विषयमा के भएको हो?’ भन्दा सरकारका प्रबक्ताले समेत यसमा नेपाल सरकारको एक सुका खर्च नहुने जानकरी गएको क्याबिनेट बैठक जिकिर गरेका थिए। यस्तै प्रधानमन्त्रीले पनि मंगलबारको नेकपाको बैठकमा भनेका थिए, ‘आइफाका लागि सरकारले एक रुपैयाँ पनि खर्च गर्ने छैन। त्यसमा निजी क्षेत्रले लगानी गर्ने हो। त्यो आयोजना गर्ने रकम विज्ञापनबाट उठ्छ।’ प्रधानमन्त्री ओली मात्र होइन सरकारका बरिष्ठ मन्त्रीहरुले समेत आइफाका लागि सरकारले पैसा…