Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजारलाई हस्तक्षेप गर्नुपर्ने बताएका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ वर्ष पूरा गरी ६२ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बजारको मूल्यमा साल्ट ट्रेडिङ कर्पोरेशन हस्तक्षेप गर्नुपर्ने बताएका हुन् । मन्त्री भण्डारीले भने, ‘असहज परिस्थितिमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन बस्तुको उपलब्धता गराएको छ । जुन रूपमा यो संस्था अगाडि जानु पर्ने हो त्यसरी जान सकेन । युरिया मलको विक्री वितरणमा त्यति सहज छैन । साल्ट ट्रेडिङ कर्पोरेशनसँग सरकारको अलि धेरै अपेक्षा राखेको छ । विभिन्न बस्तुमा हुने मूल्यको काट्लीङ र मूल्य वृद्धि रोक्नका लागि…

Read More

काठमाडौँ । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए । उपसभामुखलाई हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलबीच बढ्दो विवादका कारण उत्पन्न असहज स्थितिका कारण बैठक स्थगित भएको बताइएको छ । सत्ता पक्षले उपसभामुख इन्दिरा रानाबारे प्रश्न उठाउँदै उनलाई हटाउन खोजेको छ भने प्रतिपक्षी दलले यसको विरोध गर्दै आएको छ । यही विषयमा मंगलबार बुधबारको प्रतिनिधिसभा बैठकमा पक्ष विपक्षमा चर्को बहस भएको थियो । यस्तो पृष्ठभूमिमा प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बस्ने गरी बोलाएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । बैठकबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीश…

Read More

काठमाडौँ । सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए । ‘सामान्यतया १५ दिन अगाडि खुल्ने प्रचलन हो,’ हमालले भने, ‘कहिलेदेखि खुलाउने भन्ने विषयमा एक चरणको छलफल भइसकेको छ । असोजको पहिलो हप्तादेखि खुलाउने गरी तयारी भएको छ।’ यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले पनि घटस्थापनाको एक हप्ता अगाडिदेखि टिकट बुकिङ खुलाउनेबारे छलफल भइरहेको बताए । ‘अहिले सडक त्यति राम्रो छैन,’ रिजालले भने, ‘सडक मर्मतका लागि हामीले मातहतका निकायलाई घच्कच्याइरहेका छौँ । अहिले कतिपय ठाउँमा सडक मर्मत गर्ने कार्य…

Read More

काठमाडौँ: सेयरबजारले निरन्तर ओरालो यात्रा गर्दा लगानीकर्ता लगानीलाई लिएर त्रसित बन्न पुगेका छन्। पछिल्लो १४ दिनयता निरन्तर घटिरहेको सूचकले बुधबार पनि सपोर्ट नपाएपछि लगानीकर्ता ‘प्यानिक सेल’मा उत्रिएका हुन्। बुधबार लगानीकर्ताले सूचक घटेको मौका छोप्नुको साटो बजारबाट आत्तिएर बिक्री बढाउँदा सूचक दोहोरो अंकले घट्न पुग्यो। प्रि ओपन सेसनमा एकल अंकले सूचक बढ्दा लगानीकर्तामा आशा पलाए पनि दिनभर राताम्मे बन्दा लगानीकर्ता त्रसित बनेका हुन्। लगानीकर्ताले अन्तिम समयमा आएर बजारमा बिक्री चापलाई बढाएका थिए। यो दिन समग्रमा २२.७३ प्रतिशतले सूचक घटेर २६१० को अंकमा बजार बन्द भएको छ भने ६ अर्ब ८५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। बजार घट्दा पनि फाइनान्स, निर्जीवन…

Read More

काठमाडौँ– कलाकारको भिसामा मानव तस्करी गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हास्य कलाकार सुलेमान शंकर (इकु)लाई पक्राउ गरेको छ। उनलाई मंगलबार काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–३ हात्तीगौडाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए। उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको बोगटीले जानकारी दिए। “कलाकार भिसामा युरोप पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाउने काम गरेको खुल्न आएको छ,” उनले भने, “दुई जनाले जाहेरी नै दिएपछि हामीले पक्राउ गरेर अनुसन्धान अगाडि बढाएका हौँ।” बोगटीका अनुसार पीडित दुई जनाले युरोप पठाइदिने भन्दै इकुले जनही दुई लाख ५० हजार रुपैयाँ लिएको किटानी जाहेरी दिएका छन्। त्यस्तै…

Read More

काठमाडौँ:दशैंका लागि साना दरका नोट असोज १३ गतेदेखि साट्न सकिने भएको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै दशैंका लागि असोज १३ देखि २२ गतेसम्म साना दरका नोट साट्न सकिने जानकारी दिएको हो ।सर्वसाधारणहरूले राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी)बाट सुकिला नोट सटही गर्न सक्नेछन् । विगतका वर्षहरूमा जस्तो राष्ट्र बैंकले यस वर्ष नयाँ नोट नसाट्न भएको छ । त्यसैले यस वर्ष सफा र सुकिला नोट मात्रै दशैंका लागि साट्ने व्यवस्था गरिएको हो ।​

Read More

काठमाडौँ: सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला २०० रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक हजार रुपैयाँले बढेको हो । आज प्रतितोला एक हजार रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । भदौ २१ गते सुनको भाउ १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार चाँदी १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ हजार ७६५ मा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More

पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् । रास्वपा सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदैछन् । पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ । सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण सो क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । उनीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण, कसले गर्छ हाम्रो वचतको संरक्षण’, प्रहरी प्रशासनको दुरुपयोग बन्द गरजस्ता नारा लगाएका छन् । सहकारी पीडितको प्रदर्शनका कारण रवि लामिछानेलाई सुरक्षा दिएर कार्यक्रम हलमा पुर्‍याइएको छ । कार्यक्रमस्थलबाहिर सहकारी पीडितले…

Read More

काठमाडौँ । सत्तारुढ दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएको छ । सोमबार साँझ प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषय उठेको बैठकमा सहभागी एक नेताले पुष्टि गरे ।तर, हटाइहाल्ने कि कसरी अघि बढ्ने भन्नेबारे ठोस निर्णय भने नभएको ती नेताको भनाइ छ । ‘शीर्ष नेताको हिजोको बैठकमा उपसभामुखको कुरा सदनमा उठ्यो अनि सेलायो । के भएको भनेर एमालेका नेताहरुले जिज्ञासा राख्नुभएको हो’, कांग्रेसका ती नेताले भने, ‘हामीले यर्थाथ कुरा जानकारी गरायौँ । त्यसपश्चात् थप निर्णय भएन ।’सो विषय प्रधानमन्त्री केपी ओलीले नै उठाएका थिए । ओलीले यो विषय उठाएपछि एमालेबाटै…

Read More

काठमाडौं: नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन्। विभिन्न सञ्चार माध्यममा आफ्नाबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले विज्ञप्तिमाफृत् समाचारप्रति आपत्ति जनाएका हुन्। सोमबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै उपसभापति गुरुङले भनेका छन्, ‘अनर्गल, असत्य, भ्रामक, कपोलकल्पित समाचारका पछाडि नलाग्न सर्वप्रथम म आम नेपाली जनता, शुभचिन्तक तथा पार्टीका केन्द्रदेखि वडा तह र विदेशस्थित सम्पूर्ण साथीहरूमा हार्दिक अपिल गर्न चाहन्छु।’ उनले श्रीमतीले सहकारीमा काम गरेको र श्रीमतीसँग डिभोर्स भइसकेकाले यो विषयमा आफ्नो नाम जोडिनु गलत भएको दाबी गरेका हुन्। विज्ञप्तिमा गुरुङले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योती गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत…

Read More