Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 23
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा हस्तक्षेप गर्नुपर्छः मन्त्री भण्डारी

    साल्ट ट्रेडिङ कर्पोरेशनले बजारमा हस्तक्षेप गर्नुपर्छः मन्त्री भण्डारी

    पहिलोक्लिकपहिलोक्लिकSeptember 12, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बजारलाई हस्तक्षेप गर्नुपर्ने बताएका छन् ।

    साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ वर्ष पूरा गरी ६२ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले बजारको मूल्यमा साल्ट ट्रेडिङ कर्पोरेशन हस्तक्षेप गर्नुपर्ने बताएका हुन् ।

    मन्त्री भण्डारीले भने, ‘असहज परिस्थितिमा पनि साल्ट ट्रेडिङ कर्पोरेशन बस्तुको उपलब्धता गराएको छ । जुन रूपमा यो संस्था अगाडि जानु पर्ने हो त्यसरी जान सकेन । युरिया मलको विक्री वितरणमा त्यति सहज छैन । साल्ट ट्रेडिङ कर्पोरेशनसँग सरकारको अलि धेरै अपेक्षा राखेको छ । विभिन्न बस्तुमा हुने मूल्यको काट्लीङ र मूल्य वृद्धि रोक्नका लागि साल्ट ट्रेडिङ कर्पोरेशन बजार विस्तार व्यापक गर्नु पर्छ । यो संस्थाले अत्यावश्यक र गुणस्तरीय बस्तुको बजार लिनु पर्छ । केही बस्तुको अभाव हुँदा लिमिटेड छ भन्ने अवस्था आएन । चिनीको कृतिमा अभाव हुन् थालेको छ । त्यसलाई चिर्नुपर्छ ।’

    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ व्यावसायीक कारोबारका साथै सामाजिक सेवामा निरन्तर सक्रिय रहेको बताइन् ।

    कर्पोरेशनले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एव सर्वसुलभतालाई मूल मन्त्रको रुपमा लिँदै त्यही मूल्य मान्यता अनुसार आम उपभोक्ताको लागि सेवा प्रवाह गर्दै जानकारी दिइन् ।

    श्रेष्ठले भनिन्, ‘कर्पोरेशनले आमजनता तथा समस्त उपभोक्ताको लागि अति आवश्यक वस्तु नुन लगायत दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने लक्ष्य लिई सेवाको ६ दशकभन्दा बढी समय पुरा गरेको छ । उपभोक्ताको घर दैलोमा सेवा पुरÞ्याउने यात्रालाई निरन्तरता दिएको छ । कर्पोरेशनले आम जनताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्यास समेत सामान्य अवस्थामा आफ्नै आउट लेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुरÞ्याएर भए पनि सेवा दरिरहेको छ । विगतमा आएको ठूलो भूकम्प र कोभिङ–१९ को समयमा उपभोक्ताको घरदैलोसम्म पुगेर सेवा दिएका थियौँ । रासायनिक मल आयात गरी आवश्यक समयमा किसानहरुलाई उपलब्ध गराउँदै आएका छौँ ।’

    यस वर्षको लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कारको लागि मानव कल्याण समाज काभ्रेपलान्चोक छनौट गरिएको छ । उक्त संस्थालाई ताम्रपत्र सहित १ लाख नगद प्रदान गरिने छ । कर्पोरेशनको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएका अग्रजहरुको नाममा कर्पोरेशनले विभिन्न पुरस्कार र छात्रवृत्तिको व्यवस्था गर्दै आएको छ । संस्थाका आदर्श पुरुष हेमबहादुर मल्लको नाममा स्थापित सम्मान कार्यक्रम नेपाल जनप्रशासन संघसँगको सहकार्यमा केही समय अघि सम्पन्न भएको थियो ।

    एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने कर्पोरेशनका कर्मचारीहरुका छोराछोरीलाई साल्ट ट्रेडिङ अनङमान शेरचन छात्रवृत्ति प्रदेश कार्यालय भैरहवाका कर्मचारी सुनिता गौतमको छोरा जतिन गौतमलाई प्रदान गरिएको छ । भने, साल्ट ट्रेडिङ लोकनाथ जोशी छात्रवृत्ति प्रदेश कार्यालय काठमाडौका कर्मचारी राजन लामाको छोरी निमासङ लामालाई प्रदान गरिएको छ । छात्रवृत्तिको लागि प्रमाण पत्र सहित मासिक रुपमा ५ का दरले २ वर्ष सम्म उपलब्ध हुने छ ।

    यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी प्रबन्धक टुलेश्वरप्रसाद साह, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने प्रदेश कार्यालय बिराटनगरमा कार्यरत कर्मचारी प्रमुख सहायक बसन्तकुमार यादव तथा स्तरबिहिन तर्फ केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सवारी चालक तृतीय यामबहादुर मगरलाई हेम बहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरेको छ ।

    त्यसै गरी यस वर्ष कर्पोरेशनको अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी सहायक प्रमुख कार्यकारी अधिकृत संकेत भट्टराई, नन्अधिकृत स्तरमा रही उल्लेखनीय काम गर्ने डिपो कार्यालय डोल्पामा कार्यरत कर्मचारी प्रमुख सहायक प्रकाशबहादुर धामी तथा स्तरबिहिन तर्फ प्रदेश कार्यालय पोखरामा कार्यरत कर्मचारी कार्यालय सहयोगी द्धितिय धनबहादुर झाक्री मगरलाई ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

    ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित नगद ४० हजार र हेम बाहदुर मल्ल उत्कृष्ट सेवा पुरस्कारको लागि सम्मान पत्र सहित ३५ हजार राशिको छ ।

    कर्पोरेशनले नून जस्तो अत्यावश्यक वस्तु दूरदराजका उपभोक्ताहरु माझ सर्वसुलभ रुपमा उपलब्ध गराएको सेवा भावलाई कदर गर्दै ठूली भेरी नगरपालिका ३, डोल्पाका समाजसेवी डिलबहादुर मल्लले आफ्नो स्वामित्वको ३ कठ्ठा जग्गा कर्पोरेशनको भवन निर्माण गर्न निःशुल्क दिएका छन् ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?

    November 22, 2026

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.