Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरेकी छिन्। विदेशी पाहुनाहरू भेट्नका लागि तयार पारिएको हैदरावाद हाउसमा सोमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब आधाघण्टा छलफल भएको थियो। भारतीय टोलीमा विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री लगायतका अधिकारी थिए। त्यस्तै नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना, कार्यवहाक राजदूत डा. सुरेन्द्र थापा, काउन्सुलर दुर्पदा सापकोटा पनि उपस्थित थिइन्। भेटका क्रममा परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा पत्र हस्तान्तरण गरेकी थिइन्। नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीमार्फत पनि…

Read More

काठमाडौं: नेपालले द्धिपक्षीय सम्झौतमा बमोजिम भारतका बिहार र हरियाण राज्यलाई थप २५१ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले हरियाण राज्यलाई थप १२५.८९ मेगावाट र बिहारलाई १२५ मेगावाट मध्यकालीन सम्झौता बमोजिम निर्यात गर्न नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हो ।१० जलविद्युत आयोजनाहरुबाट उत्पादित १२५ मेगावाट विद्युत बिहारलाई र २ जलविद्युत आयोजनाहरुबाट उत्पादित थप १२५.८९ मेगावाट विद्युत हरियाणा राज्यका वितरण कम्पनीहरुलाई बिक्री गरिने छ । प्राधिकरणले हरियाण राज्यलाई हाल १०९ मेगावाट विद्युत् बिक्री गरिरहेको छ ।नेपालमा खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुन देखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गरिने छ । योसँगै…

Read More

काठमाडौँ । बाढी, पहिरो लगायतका विपद्‍का घटनामा परी जेठ २८ गतेयता हालसम्म १ सय ९० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३६ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १ सय ९० जना रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सोही अवधिमा काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४५ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्‍चिम…

Read More

काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका- ७ तिपेनीमा सुख्खा पहिरो खसेको छ । पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ । जिल्ला प्रशासन कार्यालयले पहिरो खसेपछि खोलामा बाढी आउन सक्ने भएकाले उच्च सतर्कता अपनाउन सचेत गरेको छ । प्रशासनले सूचनामा भनेको छ, ‘पाँचपोखरी थाङपाल गाउँपालिका ७, ८, मेलम्ची नगरपालिका ७, ९, ११, १२, १३, इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बस्ने स्थानीय वासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’ जोखिममा रहेको अस्पतालको सामग्री सार्ने तयारी भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ:बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ। आइतबार राति १ बजेतिर बुङ्गल नगरपालिका–१० को टुमेडामा पहिरो खस्दा ४ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। सञ्चार शाखाका अनुसार मध्यरातमा सुतिरहेका बेला बुङ्गल नगरपालिका–१० को टुमेडाका स्थानीय वीरबहादुर धामीको घरमाथि पहिरो खसेको हो। मृत्यु हुनेमा धामीकी श्रीमती ५५ वर्षीया काले धामी, बुहारी २५ वर्षीया गोल्के धामी, नातिनी ६ वर्षीया आकृति र ३ वर्षीया लक्ष्मी धामी छन्। स्थानीय र प्रहरीले सोमबार बिहान उनीहरूको शव निकालेका छन्।

Read More

काठमाडौं । सोलुखुम्बुको थामेमा बाढी आउँदा बेपत्ता भएका भनिएका व्यक्ति आफ्नै घरमा सकुशल फेला परेको जानकारी स्थानीयले प्रहरीलाई गराएका छन् । गत शुक्रबार हिमपोखरी फुटेर बाढी आउँदा थामे गाउँका ५५ वर्षीय निमानुरु शेर्पा सम्पर्कविहीन भएका थिए । तर उनी थामे भन्दा माथिल्लो क्षेत्रमा रहेको उनको आफ्नै घरमा रहेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका घिमिरेले भने, ‘हराएको भनिएको व्यक्ति भेटिनु भएको छ भनेर गाउँलेले हाम्रो स्थानीय प्रहरीलाई जानकारी दिएका छन् ।’ ‘थामेभन्दा माथि पनि उहाँको आफ्नो घर रहेछ, उहाँ त्यही घरमा सकुशल हुनुहुन्छ रे,’ डिएसपी घिमिरेले भने, ‘उहाँको घर रहेको स्थानमा प्रहरी भने पुग्न…

Read More

सीएनएनरुस । रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । सिभेलुच नामक गरेको उक्त ज्वालामुखी पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा २ सय ८० माइल टाढा रहेको छ । सो सहरमा करिब १ लाख ८० हजार जनसङ्ख्या बसोबास गर्छन् । रुसी सञ्चारमाध्यम टासका अनुसार ज्वालामुखी विस्फोटपछि खरानी ८ किलोमिटरमाथि आकाशसम्म पुगेको थियो । ज्वालामुखी विस्फोटपछि लाभा पनि निस्किएको समाचारमा उल्लेख छ । हालसम्म कोही पनि घाइते भएको खबर प्राप्त भएको छैन । भूकम्पको केन्द्रविन्दु पेट्रोपाभ्लोभ्सक–कामचाट्स्कीभन्दा ५५ माइल टाढा रहेको यूएस जियोलोजिकल सर्भेले जनाएको छ । केन्द्रविन्दु जमनको सतहभन्दा…

Read More

काठमाडौँ । ज्योतिषशास्त्रका विद्वानहरुले जनैपूर्णिमामा भद्राको दोष नलाग्ने तर्क पेस गरेका छन् । भद्रामा रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला यस्तो तर्क पेस भएको हो । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आज बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए । ‘कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुँदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ’, उनले बताए । बैठकमा प्रा डा माधवप्रसाद…

Read More

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतीय समकक्षी एस जयशंकर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएकी छिन् । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो । देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका छन् ।

Read More

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ। मनसुनको न्यूनचापीय रेखा भने सोमबार पनि सरदर स्थान आसपास नै रहेको महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएको छ। सोमबार बिहान सबै प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। सबै प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। सोमबार…

Read More