Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 22
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल जुनियर एप’ संचालनमा

    ग्लोबल आईएमई बैंकद्वारा ‘ग्लोबल जुनियर एप’ संचालनमा

    पहिलोक्लिकपहिलोक्लिकSeptember 2, 2024No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    अर्न, लर्न, सेभ र इस्पेण्डको अवधारणामा आधारारित

    काठमाडौँ: ग्लोबल आईएमई बैंकले बच्चाको खर्चलाई डिजिटलाइज्ड गर्दै अभिभावकले नै खर्च निगरानी गर्नसक्ने फिचरसहितको एप सञ्चालनमा ल्याएको छ।

    बैंकले सोमबार ग्लोबल जुनियर एप लन्च गरेको हो।

    १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै ल्याइएको एपबाटै अभिभावकले खर्चको निगरानीसमेत गर्न सकिने बैंकले जनाएको छ।

    परिवारबाटै डिजिटल कारोबारको सुरुवात गर्नका लागि बैंकले बालबालिका र अभिभावककोबिचको सम्बन्धमा सेतुको रुपमा जुनियर एप सञ्चालनमा ल्याएको हो।

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले बालबालिकामा डिजिटल बैंकिङ सम्बन्धी ज्ञान हुनु अपरिहार्य भएको भन्दै एपले सानैबाट बालबालिकालाई वित्तीय रुपमा साक्षर बनाउने योजना रहेको बताए।

    उनले भने, ‘भोलिका कणर्धार भनेकै बालबालिका हुन्, त्यसैले डिजिटल युग सुरु हुँदैगर्दा उनिहरु डिजिटल बैकिङमा अभ्यस्त हुन जरुरी छ।’

    उनले एपले बच्चा र अभिभावकबीचको आर्थिक सम्बन्धमा सेतुको काम गर्ने धारणा राखे।

    ग्लोबल जुनियर एपमा अभिभावकले आफ्ना बच्चाको निक नेम (नामबाहेकको बोलीचालीका लागि राखिएको अर्को छुट्टै नाम) विद्यालयको आईडी कार्ड, जन्मदर्ता लगायतका कागजात अनलाइनबाटै राखेर खाता खोल्न सक्नेछन्।

    बालबालिकाको एपमा रहेको खाता अभिभावकको सोही एपको खातामा कनेक्ट हुने हुँदा उनीहरुले गर्ने आर्थिक लेनदेनको सम्पूर्ण जानकारी अभिभावकले आफ्नै मोबाइलबाट लिन सक्ने व्यवस्था एपमा गरिएको छ।

    सीईओ रेग्मी अभिभावकको निगरानीमा बालबालिकालाई पैसा कमाउन, खर्च गर्न र बचत गर्न सिकाउने गरी एप ल्याइएको बताउँछन्।

    ‘बालबालिकाले पैसा कसरी र कहाँ खर्च गर्दै छन् भन्ने कुराको निगरानी अभिभावकले पाउने हुँदा पनि यो सिकाइ र नियन्त्रणका लागि उपयोगी हुनेछ’, उनले भने।

    बैंकको कुल कारोबार ७५ प्रतिशत कारोबार डिजिटलबाट हुँदै आएको छ। उनले अब बालबालिकालाई पनि यसको दायरामा ल्याउने बताए।

    त्यसो त एपमार्फत अभिभावकले खर्चको निगरानी मात्रै गर्दैनन्, बालबालिकाले पैसा माग्नका लागि सिधै रिक्वेस्ट गर्न सक्ने तथा अभिभावकले दिएको रकम एपमार्फत पुन: तान्न मिल्ने व्यवस्था समेत गरेको छ।

    कामकाजी अभिभावकहरुले बच्चाहरुलाई लगाउने स- साना कार्यहरुका विवरण प्राप्त गर्न तथा सोबापतको रिवार्ड पनि उनीहरुलाई दिनसक्ने फिचर एपमा उपलब्ध गराएको छ।

    बालबालिकालाई डिजिटल कारोबार सिकाउँदै पारदर्शी कारोबारमा अभ्यस्त बनाउन एप महत्वपूर्ण रहने बैंकका डेपुटी सीईओ सुमन पोखरेलले बताए।

    ‘बच्चाले पैसाको भ्यालु नै गरेनन् भन्ने अभिभावकको गुनासोलाई यो एपले सम्बोधन गर्न सक्छ। बच्चाहरुले पैसा कहाँ कसरी खर्च गर्ने पैसाको व्यवस्थापन कसरी गर्ने र पारदर्शी कारोबार कसरी गर्ने भन्ने कुरा सिकाउन यो एप महत्त्वपूर्ण छ’, उनले भने।

    यो एप एक अभिभावकले दुई सन्तानका लागि मात्र प्रयोगमा ल्याउन सक्छन् भने उनीहरुले गर्ने खर्चको सीमा समेत आवश्यकताअनुसार आफैँले निर्धारण गर्न सक्नेछन्। हाल बैंकले दैनिक ५ हजार र महिनामा १० हजारसम्मको खर्च गर्न सक्ने सीमा कायम गरेको छ।

    एपमा रहेको रकमको ब्याज समेत उपलब्ध हुने हुँदा बालबालिकालाई बचतमा थप प्रोत्साहन मिल्ने बैंकको विश्वास छ।

    बालबालिकाले १७ वर्षसम्म प्रयोग गरिएको उक्त एप १८ वर्ष पुगेपछि भने एप प्रयोग गर्न पाउँदैनन्। यसका लागि बैंकले अभिभावकलाई नै जुनियर एपलाई सेभिङ अकाउन्टमा रुपान्तरण गर्न लगाउँछ।

    बालबालिकालाई डिजिटल बनाउन सिकाउनुका साथै बैंकले वयस्कहरुका लागि अनलाई बाटै ऋण लिन पाउने व्यवस्था पनि गर्दै छ। बैंकका सीईओ रेग्मीले फोनबाटै ऋण लिने र तिर्न मिल्ने व्यवस्था गर्न लागिएको बताए।

    ३६ अर्बको पुँजीसहित ग्लोबल आईएमई वाणिज्य बैंकहरु मध्येको ठूलो वाणिज्य बैंक हो। यसले देशभर ३६४ वटा शाखा कार्यलयहरुबाट बैकिङ सेवा दिँदै आएको छ भने बैंकबाट हुने कुल कारोबारको ७५ प्रतिशत कारोबार डिजिटलबाट गर्दै आएको दाबी समेत गर्दै आएको छ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.