Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को शुक्रबार राजधानीमा एक समारोहका बीच उद्घाटन गरेकी छिन । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा आयोजनामा गरेको १५ घरेलु उद्योग महोत्सव २०७५ को उद्घाटन समारोहमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरूको मुलुकको आर्थिक समृद्घिका लागि ठूलो योगदान रहेको बताए । समृद्घिको मुख्य आधार नै साना उद्योग भएको भन्दै उनले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पुरा गर्नका…

Read More

काठमाडौँ: कम्पनीमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण भएका केही यातायात समितिले आफूखुशी सार्वजनिक यातायातको भाडा बढाउन थालेका छन् । विभागले भाडा नबढाए पनि व्यवसायीले आफूखुशी बढाएको भनी बढी भाडा लिन थालेका हुन् । बाबा गोकर्णेश्वर र सुन्दरीमाई यातायात कम्पनीका नाममा दर्ता भएका व्यवसायीले यसरी भाडा बढी लिएको यात्रुको गुनासो छ । बाबा गोकर्णेश्वर सञ्चालन हुने रत्नपार्क–साँखु, रत्नपार्र्क–दक्षिणकाली मार्गमा अन्य यातायातले भन्दा बढी लिइरहेको यात्रु रामचन्द्र सिम्खडाले बताउनुभयो । रत्नपार्कबाट थलीसम्म बज्रयोगिनीलगायत अन्य कम्पनीका सवारीले रु २५ भाडा लिने गरेकामा बाबा गोकर्णेश्वरले रु ३० लिन्छ । साँखुसम्मको भाडा पनि अन्य सवारीको भन्दा रु पाँच बढी लिने गरेको उहाँले बताउनुभयो ।…

Read More

काठमाडौँ : सरकारले समायोजन रोजेका करीब २५ हजार कर्मचारी समायोजन गर्न बाँकी रहेका जनाएको छ । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका ७७ हजार कर्मचारीमध्ये अझै २५ हजार समायोजन गर्न बाँकी रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । करीब ८७ हजार कर्मचारीमध्ये ७७ हजार कर्मचारीले समायोजन रोजेका थिए । उहाँका अनुसार अहिलेसम्म समायोजन रोजेकामध्ये ५१ हजार ५६५ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये धेरै जना सङ्घमा भएका छन् । सङ्घमा ४७ हजार ९२० आवश्यक कर्मचारीमध्ये ३४ हजार ३९१ कर्मचारी समायोजन भइसकेका छन् भने बाँकी १३ हजार ५२९ जना रहेका छन् । प्रदेश…

Read More

काठमाडौँ : जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोग र रुख बिरुवा कटानजस्ता समस्याका कारण राष्ट्रिय गौरवका आयोजनामा आशातीत प्रगति हुन नसकेको पाइएको छ । सरकारी निकायबीचमा नै समन्वय हुन नसक्दा सरकारले प्राथमिकतामा राखेका र गौरवका आयोजनाका रुपमा चित्रण गरेका महत्वपूर्ण आयोजना लामो समयसम्म पनि अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षामा जग्गा प्राप्तिका कारण धेरैजसो ठूला र महत्वपूर्ण परियोजना समस्यामा फसेको उल्लेख गरिएको छ । यस्तै निर्माण सामग्रीको अभाव, निर्माण व्यवसायीको फितलो अनुगमन र मूल्याङ्कन प्रक्रियाका कारण पनि महत्वपूर्ण आयोजनामा ठोस प्रगति हुन नसकेको समीक्षामा समेटिएको छ । धेरैजसो आयोजनामा प्राविधिक एवं…

Read More

काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिएकि छिन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजित मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला आरक्षणसम्बन्धी संवैधानिक र कानूनी संरचनाले महिला सशक्तीकरणमा चाहेअनुसारको उल्लेखनीय सुधार नदेखाएकाले अब आरक्षणका साथमा समानताको नीति राज्यले अबलम्बन गर्नुपर्छ भनिन् । राष्ट्रपति भण्डारीले ठूला पुल र सडक बनाएर , हवाईजहाज चढेर मात्र समृद्धि नआउने बताउँदै महिलाप्रति हेर्ने सोच र व्यवहार परिवर्तनले मात्र समृद्धि हासिल हुने बताउँदै भनिन् “महिला सवाल महिलाको मात्र होइन, पुरुषको पनि हो, एउटा महिला…

Read More

काठमाडौँ: सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ । स्वतन्त्र मधेस गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएसँगै सिके राउत नेतृत्वको समूह खुला राजनीतिमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । काठमाडौँमा भएको घोषणा सभामा सरकार र गठबन्धनबीचको सहमति पढेर सुनाइएको थियो । जसमा राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधिनता र अखण्डतको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ । त्यस्तै सरकारले स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाएका राजनीतिक मुद्दा खारेज गर्ने र उसलाई मुलधारको राजनीति गर्न…

Read More

काठमाडौँ: विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिएका छन् । १०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गरे । “८ महीनासम्म एउटा बलात्कारी किन पक्राउ परेन ? सरकारले नचाहेको हो, नसकेको होइन”, सांसद रेग्मीले भनिन । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धको आधार’ भन्ने मूलनाराका साथ आज देशैभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही…

Read More

काठमाडौँ: छुट्टै मधेस देशको अभियान चलाइरहेका सिके राउतले नेपालको अखण्डता स्वीकार्दै अभियान रोक्ने भएका छन्। त्यसको घोषणा शुक्रबार दिउँसो १ बजे हुँदैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई छेउमा राखेर राष्ट्रिय सभागृहबाट विशेष सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओली र राउतले एउटै मञ्चबाट सम्बोधन गर्ने बताईएको छ । राउतसँग दुई महिनाभन्दा बढीदेखि भएको वार्तापछि उनी स्वतन्त्र मधेसको अभियान छोड्न राजी भएका हुन्। हिजोमात्र राज्य विप्लवको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।

Read More

काठमाडौँ: सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन । केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थिति विश्लेषण गर्दा यस अवधिमा बाँके, सुनसरी र झापालगायत विभिन्न नौ जिल्लामा ४६ वटा बालविवाहका घटनामा ५६ जना बालबालिकाले विवाह तथा विवाह गर्ने क्रममा रोकेको देखिन्छ । प्रकाशमा नआएका बालविवाहका घटना थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ । समितिले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा बालविवाहका घटनाको वर्गीकरण गर्दा बालक र बालिका दुवै २० जना (१० जोडी) ले उमेर नपुग्दै विवाह गरेका छन् भने दुई बालिकाको…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन् । उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवद्र्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्दै सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गरेका छन् । परापूर्वकालमै नेपाली समाजमा नारीको सम्मान गर्ने प्रचलन रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पौराणिककालदेखि प्रचलित ‘यत्रनार्यस्तु पुज्यते तत्र रमन्ते देवता’ भन्ने लोकोक्तिले नेपाली समाजको विशेषतालाई दर्शाएको बताएका…

Read More