काठमाडौं : सार्वजनिक–निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अर्थ समितिमा छलफल सकिएको छ ।
विधेयकमाथिको संशोधन दर्ता गरेका सांसदहरुसँग छलफल गरी अर्थ समितिले मंगलवार एकैदिनमा दफावार समेत छलफल सिध्याएर पारित गरेको हो । विधेयकमाथि ४६ सांसदले २३ वटा संशोधन दर्ता गरेका थिए ।
प्रतिनिधिसभाको बुधबार मध्यान्ह १२ बजे बस्ने बैठकबाट यो विधेयक पारित गर्ने तयारी छ । यही चैत १५–१६ गते गर्न लागेको ‘नेपाल लगानी सम्मेलन’लाई लक्षित गरेर सरकारले ल्याएको विधेयक फागुन १४ गते संसदमा दर्ता भएको थियो ।
Facebook Comments Box