Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:वाशिङ्गटन डिसी (अमेरिका), १० माघ : नेपाली उद्यमी डा समीर मास्केले स्थापना गर्नुभएको कम्पनी ‘फ्युजमेसिन्स’ अमेरिकाको प्रतिष्ठित स्टक एक्सचेञ्ज ‘नास्डक’मा सूचीकृत हुने भएको छ ।

Read More

सिन्धुली: सिन्धुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार बेलुका पौने ८ बजे सिन्धुलीको भिमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो। सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार डगाबाट भिमानतर्फ जाँदै गरेको उक्त ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट बा ५८ प ९१४१ नम्बरमा सवार रौतहटको गुजरा नगरपालिका-२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ मोटरसाइकलका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६३ वर्षीय विष्णुबहाजुर थिङ घाइते भएका थिए। उनीहरूलाई मंगलबार नै उपचारका लागि सिन्धुली अस्पतालमा लगिएकोमा साढे ८…

Read More

काठमाडौं: भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको आम गुनासो बढेकोमा त्यसलाई कार्यविधि नै बनाएर नियन्त्रण गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले लिनुभएको अग्रसरताअनुसार गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ। सोहीअनुसार आज मन्त्रालयले नागरिकका लागि १३ बुँदे यात्रा परामर्श सूचना जारी गरेको छ। यससँगै २०७८ फागुन २५ मा जारी कार्यविधि निष्क्रिय भएको छ। यो जानकारी ‘ट्राभल एड्भाइजरी’का रूपमा श्रम तथा रोजगार मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाइने छ। त्यस्तै गृह मन्त्रालय, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भिजिट भिसामा विदेश जाने सरकारी कर्मचारीको यात्रा अनुमतिका लागि आज नै छ…

Read More

काठमाडौँ:उच्च अदालत पाटनले एनसेलको बिक्री भएको सेयर दर्ता नगर्नू/नगराउनू भनी जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। सोमबार उच्च अदालतका न्यायाधीशहरू शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको इजलासले एनसेलका बिक्री भएका शेयर दर्ता किताबमा दर्ता नगर्नू/नगराउनू भनी कम्पनी रजिष्ट्रार कार्यालयलाई दिएको आदेशलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो। मंसिर २१ गते उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। ‘नेपाल दूर सञ्चार प्राधिकरणका तर्फबाट प्रस्तुत भएको लिखित जवाफ र सो जवाफसाथ संलग्न कागजातहरू एवं सर्वोच्च अदालतबाट डा.द्वारिकानाथ ढुंगेलसमेत विरूद्ध ठूला करदाता कार्यालय, ललितपुर समेत भएको रिटमा भएको व्याख्या समेतका आधारमा माथि उल्लेखित स्वामित्व परिवर्तनसम्बन्धी विषयमा प्रथम दृष्टिमा नै विचारणीय…

Read More

काठमाडौँ:संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले माघ २२ गते अपराह्न ४ बजे बस्ने गरी प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘यही माघ २२ गते अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भनिन‍्। यस्तै जापान सरकारबाट प्रस्तावित करिब ३१ अर्ब दुई करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गर्ने निर्णय भएको उनले बताइन्। मन्त्रिपरिषद बैठकले…

Read More

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन् । आज दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन निर्देशन दिए । सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागलई तत्काल लाइसेन्स उपलब्ध गराउन प्रधानमन्त्रीले सचेत गराए । उनले भने, “अहिलेको समयमा सूचना–प्रविधि महत्वपूर्ण छ । हामीले इन्टिग्रिटेड प्रविधिमा केन्द्रित भएर परिणाम दिनसक्नुपर्छ । त्यसका लागि राज्यका संयन्त्रबीच समन्वय जरुरी छ ।” प्रधानमन्त्री आफूले…

Read More

काठमाडौं: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छिन् । सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटवार्तामा आयोगले तयार गरिरहेको १६औँ योजना, अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नति पछि नेपाल र इयूको ब्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ । आयोगका उपाध्यक्ष इयूले गर्दै आएको सहयोगका लागि धन्यबाद दिए । १६औँ योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने उपाध्यक्ष श्रेष्ठले बताए । उपाध्यक्ष र इयू राजदूत…

Read More

बारा: अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरै भन्दा धेरै सुविधा दिने र राजश्व बढाउने नै सरकारको लक्ष्य भएकाे बताउनु भएकाे छ । सोमबार बारा जिल्ला सुवर्ण गाउँपालिका सन्तगंजमा रहेकाे सिम्राैनगढ छाेटी भन्सार नाकाको अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘स्थानीय जनताको आवश्यकतालाई पूर्ति गर्ने हिसाबले यो नाकालाई विस्तारै अगाडि बढाउँछौं, आवश्यक पूर्वाधार तयार पार्छौ ।’ उहाँले नेपाल–भारत सीमालाई व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । मन्त्री डा. महतले भन्नुभयो, ‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ । यसका लागि भारत पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ । दोहोरो भयो भने यसले आकार र…

Read More

काठमाडौं: पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न नदिन अदालतले अन्तरिम आदेश जारी गरेको छ । आइतबार उच्च अदालत पाटनले पुनको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्दै कामकाज नगर्न नगराउन भनेको हो । पुनको योग्यताका सम्बन्धमा प्रश्न उठाउँदै पशुपति क्षेत्र विकास कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले अन्तरिम आदेश जारी गरेको हो । यसअघि गत पुष २९ गते न्यायाधीश जनक पाण्डेको एकल इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो । उच्च अदालत पाटनले आइतबार जारी गरेको आदेशमा तत्काल प्राप्त प्रमाणबाट पुनको…

Read More

काठमाडौँ : आज (सोमबार) काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ। आज बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षको हालसम्मकै कम देखिएको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् आज उपत्यकाको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस देखिएको हो। ‘यो उपत्यकाका लागि यस वर्षको हालसम्मकै कम तापक्रम हो’, उनले भने, ‘यसअघि उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम जनवरी ५ मा ३.५ सेल्सियस डिग्री थियो।’ आगामी दिनमा तापक्रम अझै घट्दै जाने सम्भावना रहेको मौसमविद् लामिछानेले बताए। आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको मौसमविद्…

Read More