Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संसदको सार्वजनिक लेखा समितिले एनसेल खरिदबिक्री यथास्थितिमा राख्न निर्देशन दिएको छ। एनसेलको ८० प्रतिशत सेयरको खरिदबिक्री वा हक हस्तान्तरणको सम्बन्धमा विस्तृत अनुसन्धान गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले त्यस अवधिसम्मका लागि सेयर खरिदबिक्री कार्य रोक्न समितिले निर्देशन दिएको हो। बुधबार बसेको लेखा समिति बैठकले एनसेलको सेयर खरिदबिक्रीमा कानुनी व्यवस्था पालना नभएको, सेयर खरिदबिक्री गर्दा अवास्तविक, अनपेक्षित र अविश्वसनी तथा अपारदर्शी तवरमा अतिन्यून मूल्यांकन गरी खरिदबिक्री गरिएको र नेपालबाहिर सेयर खरिदबिक्री वा हक हस्तान्तरण गरी नेपाल सरकारलाई प्राप्त हुनुपर्ने पुँजीगत लाभकर, स्वामित्व हस्तान्तरण करलगायतका करहरु प्रभावित गर्न खोजिएको देखिएकाले तत्काल यसलाई रोक्न सरकारलाई भनेको छ। समितिले भनेको छ, ‘करिब छ वर्षपछि कानुनतः…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन्। बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए। उनले बैंक तथा वितीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको पनि बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाह भएको कर्जा अघिल्लो आर्थिक वर्षको तीन महिनाको तुलनामा १०९ अर्ब रुपैयाँले बढेको बताए। उनले तरलतामा आएको सुधार र ब्याजदर घट्दै गएकोले…

Read More

काठमाडौं: छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो । उनका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो । गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको उनको सचिवालयले जानकारी दिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सत्ता गठबन्धनको बैठकमा सहभागी भएपछि अस्पताल गएका हुन्…

Read More

नवलपरासी: अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताएका छन्। नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा. महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन। यो बचतकर्ताको पैसा हो। ऋण मिनाह भनेको बचतकर्ताको बचत सकिनु हो। त्यसको क्षतिपूर्ति कसले तिर्ने? त्यही पैसा फिर्ता भएर बचतकर्ताले आवश्यक पर्दा लिन सक्छन्। बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन।’ ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ। त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ। अवश्य पनि उनीहरुका लागि समस्या आयो। जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो’ उनले भने। नेपालको अर्थतन्त्र बिग्रियो, बजारमा माग छैन, ऋण…

Read More

काठमाडौं: सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकले एनसेलको सेयर खरिद-बिक्रीको कुरा गम्भीर रहेको र सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुनबमोजिम सरकारका सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्थाअनुकूल खरिद-बिक्री नभएको बताए । सेयर खरिद-बिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको उनले जानकारी दिए । प्रमुख सचेतक लेखकले एनसेल सेयर खरिद-बिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि…

Read More

रुकुमपश्चिम: रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दाको फैसला आएको छ। जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले एकजना वडाअध्यक्षसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो। आइतबारदेखि जारी अन्तिम सुनुवाइ आज (मंगलबार) सकिएपछि यस्तो फैसला आएको उक्त मुद्दामा बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए। सजाय पाउनेहरूमा वडाध्यक्ष डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्द ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको स्वामित्व बिक्रीमा अर्बौ रुपैयाँ घोटाला भएको आशंका गरेका छन् । मंगलबार नेपाली कांग्रेसको ओखलढुङ्गा जिल्ला सम्मेलनमा बोल्दै थापाले एनसेलमा घोटाला भएको सहजै अनुमान गर्न सकिने बताएका हुन् । ‘हिजोआज तपाईले पत्रपत्रिका खोल्नुभयो भने एनसेलको अर्बौं रुपैयाँको घोटालाको काण्ड सुन्नुहुन्छ, प्रथम दृष्टिमा हेर्दै गर्दा पनि अर्बौ रुपैयाँ घोटाला भयो भन्ने कुराको अनुमान लगाउन सकिन्छ’, उनले भने । महामन्त्री थापाले यो प्रकरणमा कानुनको दुरुपयोग भएको वा जतिसुकै ठूलो मान्छेको संलग्नता भए पनि सरकार डराउन नहुने बताए । ‘कांग्रेस भएको सरकार हो, यो सरकारले यो खालको कुनै पनि काममा यदि कहिँ कतैबाट पनि कानुनको दुरुपयोग…

Read More

काठमाडौं । नेपाली कांग्रेसका नेता. डा शेखर कोइरालाले एनसेल बिक्रीमा राजनीतिकर्मी, कर्मचारी र व्यापारीहरुको मिलेमतो रहेको बताएका छन् । पाँच वर्षपछि सरकारको मातहतमा आउनुपर्ने एनसेल बिक्रीमा राज्यका तिन पक्ष मिलेको आरोप लगाए । ‘यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुदैन । त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो ?’ नेता शेखरले भने । ओखलढुंगाको प्रथम जिल्ला सम्मेलनमा मंगलबार बोल्ने क्रममा कोइरालाले अहिले सबैतिर असन्तुष्टि रहेको बताए । नागरिक असन्तुष्टि हुनुमा प्रमुख कारण भ्रष्टचार रहेको उनले बताए । कृषिमा आधारित उद्योगहरुलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरु सिर्जना हुने कोइरालाको दाबी छ । काठमाडौं ।…

Read More

काठमाडौँ: नेपाली बजारमा प्रतितोला सुनको भाउ एकैदिन २४ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ मंगलबार २ हजार ४०० रुपैयाँले घटेको हो । मंगलबार घटेसँगै छापावाला सुनको भाउ १ लाख १९ हजार २०० रुपैयाँ पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको भाउ १ लाख २१ हजार रुपैयाँ कायम गरिएको थियो । महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ५०० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी १ हजार ५४५ रुपैयाँमा…

Read More

काठमाडौं: सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड हुन थालेको छ। सुनको भाउ सोमबार प्रति तोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। प्रति तोला ८०० रुपैयाँले बढेपछि नयाँ रेकर्ड कायम भएको हो। सुन आइतबार प्रति तोला १ लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको रेकर्ड सोमबार तोडिएको हो। चाँदीको भाउ भने स्थिर छ। चाँदी प्रति तोला १ हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रति औंस २०७२.१३ डलर पुगेको सुन अझ बढेर सोमबार २०८९.१ डलरमा कारोबार भइरहेको छ। यो एकै दिनमा १७.०६ डलरको बढोत्तरी हो। चाँदी…

Read More