काठमाडौँ: नेपाली बजारमा प्रतितोला सुनको भाउ एकैदिन २४ सय रुपैयाँले घटेको छ ।
सोमबार प्रतितोला १ लाख २१ हजार ६०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको भाउ मंगलबार २ हजार ४०० रुपैयाँले घटेको हो । मंगलबार घटेसँगै छापावाला सुनको भाउ १ लाख १९ हजार २०० रुपैयाँ पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तेजावी सुनको भाउ १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ ।
सोमबार तेजावी सुनको भाउ १ लाख २१ हजार रुपैयाँ कायम गरिएको थियो । महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ५०० रुपैयाँ तोकिएको छ ।
सोमबार चाँदी १ हजार ५४५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार चाँदीको मूल्य ४५ रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस सुन २ हजार ८४ दशमलव ७४ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २५ दशमलव ४५ डलरमा कारोबार भइरहेको छ ।
