Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको निजी सचिव डाक्टर डिजन भट्टराईले जानकारी दिए । उनी लामो समयदेखि प्यारालाइसिस सम्बन्धी समस्याबाट पीडित थिए । उनकी आमाको यसअघि नै निधन भइसकेको थियो । मन्त्री किरातीले पनि बुवाको निधन भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘भखरै बुवाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभो ! उप्रान्त वुवा आमा त रहनु भएन रह्र्यो त केवल खिची छोडेको तस्वीर आँखामा । पितृत्व र मातृत्व छाति भित्र…
काठमाडौँ । नेपाली कांग्रेसका मन्त्रीहरुकाे सामूहिक छलफलले प्रधानमन्त्रीलाई बलियाे बनाएर जाने निष्कर्ष निकालेको छ । मंगलबार रक्षा मन्त्रालयमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्व बसेको बैठकले प्रधानमन्त्रीलाई बलियो बनाउने निष्कर्ष निकालेको छलफलमा सहभागी मन्त्री सुरेन्द्र आचार्यले बताए । उनले भने,’प्रधानमन्त्रीलाई बलियो बनाएर जानुपर्छ । मन्त्रीहरुबीच एक आपसमा परिणाममुखी कामका लागि समन्वय गर्नुपर्छ भन्नेबारे छलफल भयो ।’ छलफलमा उपप्रधानमन्त्री खड्काले पहिलोकै सहमति अनुसार गठबन्धनलाई अगाडि बढाउनुपर्ने बताएका थिए । “एमालेले अनेक वितण्डा गरिरहेको छ । संसदलाई बन्धक बनाउने अनेक काम भएको छ । एमालेले अनेक किसिमका चलखेल गर्दैछ । त्यसमा हामी सचेत हुनुपर्छ” खड्काले भनेका थिए । सत्ता गठबन्धनलाई कायम राखेर…
काठमाडौँ:काठमाडौँ, ५ भदौ : प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न ३ बजे बस्ने भएको छ ।
काठमाडौँ: काठमाडौँ, ५ भदौ : पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्दैछ । पहिलोपटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ । नेपाल र…
काठमाडौं: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई मुद्दा नचलाउन राय दिएको छ । कागजात किर्ते गरेर ललिता निवासको सरकारी जग्गा हडपेको प्रकरणमा प्रहरीले २८६ जनालाई मुद्दा चलाउन रायसहितको प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । तर सञ्चार मन्त्रालयका सचिव राउतलाई मुद्दा नचलाउन राय दिइएको सीआईबीका एसएसपी दिनेश आचार्यले पुष्टि गरेका छन् । ललिता निवास जग्गा प्रकरण अनुसन्धानका लागि राउतलाई प्रहरीले २४ असारमा पक्राउ गरेको थियो । तर बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई थुनामा नराखी अनुसन्धान गर्न आदेश दिएपछि रिहा भएका थिए । शाखा अधिकृत छँदा…
कालिका खड्का/राससकाठमाडौँ, ५ भदौ : न्यायालयको नेतृत्व ३१औँ प्रधानन्यायाधीशका रुपमा आजदेखि विश्वम्भरप्रसाद श्रेष्ठको काँधमा आएको छ । सोमबार प्रधानन्यायाधीशमा नियुक्ति हुनुभएका श्रेष्ठले आज राष्ट्रपति भवन शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएसँगै उहाँको औपचारिक जिम्मेवारी सुरु भएको हो । हरिकृष्ण कार्कीले उमेर हदका कारण प्रधानन्यायाधीश पदबाट गत साउन २० गते अवकाश लिनुभएको थियो । त्यसपछि वरिष्ठतम् न्यायाधीशका हैसियतमा श्रेष्ठले न्यायापालिकाको नेतृत्व गर्ने जिम्मेवारी पाउनुभएको हो । संवैधानिक परिषद्को गत साउन १८ गते बसेको बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि श्रेष्ठको नाम सिफारिस गरेको थियो । नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठ न्याय सेवाकै कर्मचारीबाट जिल्ला न्यायाधीश हुँदै सर्वोच्च अदालत आइपुग्नु भएको हो । न्यायको क्षेत्रमा उहाँको…
काठमाडौं । प्रमुख तीन दलको कार्यदलले सुन तस्करीको अनुसन्धान र अभियोजन प्रक्रिया सकिएपछि समग्र विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाउने सहमति गरेको छ । सरकार आयोग बनाउन तयार भएपछि नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङ, कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डेलाई मस्यौदा बनाउने जिम्मा दिइएको थियो । मंगलबार तीन नेताले मस्यौदा तयार पारेका छन्, त्यसलाई केहीबेरमा बस्ने प्रमुख दलहरुको बैठकमा पेश गरिने माओवादी केन्द्रका प्रमुख समेतक पाण्डेले जानकारी दिए । अर्का एक सदस्यका अनुसार २ साउनमा बरामद भएको करिव ६० किलोग्राम सुन तस्करीको अनुसन्धान प्रक्रिया सीआईबीले नै गर्नेछ । ‘अहिलेले सीआईबीले गरेको अनुसन्धानले निरन्तरता पाउँछ र निष्कर्षमा पुगेपछि अभियोजन…
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग मङ्गलबार छलफल गर्दै छन्। आज विहान ८ः३० राष्ट्रपति कार्यालय शीतल निवासमा सर्वदलीय बैठक बस्दैछ । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुने छ । राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए । उनको सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हन् ।
काठमाडौँ: देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तथा राति पनि सबै प्रदेशमा पानी पर्ने सम्भावना छ भने कतिपय स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। बुलेटिनअनुसार राति कोशी, मधेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा…
काठमाडौँ: सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक ११ घण्टादेखि अवरुद्ध छ। सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ। यो सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गएराति राति ८ बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध बनेको हो। ठूलो पहिरोले सडकको झण्डै ४० मिटर भाग ढाकेको कारण पहिरो पन्छाउन समय लाग्नेजिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरोले सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन ११ घण्टादेखि रोकिएका छन्। पहिरो पन्छाउन चारवटा डोजर स्काभेटर लगातार प्रयोग भइरहेका सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए। ‘हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ। पहिरो पूरै…
