Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे लगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटेघाट गरी रहेका छन् । अहिले ओली र लामिछानेबीच छलफल भई रहेको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए । लामिछानेलाई भेटेपछि ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले इसाई धर्मावलम्बीको सौहार्दता तथा खुसीयालीको पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले शुभकामना सन्देशमार्फत चाडपर्वलाई आफ्नो संस्कार र संस्कृतिको अभिव्यक्तिका रूपमा उत्साहपूर्वक मनाउँदा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइका बीच आपसी भाइचारा, सौहार्दता र राष्ट्रिय एकताको अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले संसारभर नै मानव समुदायले आफ्ना देवता र धर्म प्रवर्तकजस्ता महान् व्यक्तित्वहरूको जन्मदिनलाई व्यापक उत्साह र सद्भावका साथ मनाउने उल्लेख गर्दै डिसेम्बर २५ का दिन इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट अर्थात् प्रभु येशुको जन्मदिनलाई क्रिसमसका रूपमा विविध कार्यक्रमका साथ मनाउने…

Read More

काठमाडौँ:झण्डै दुई दशक नेपालको जेलजीवन बिताएका कुख्यात सिरियल किलर चार्ल्स शोभराज शनिबार फ्रान्स पुगेका छन् । ७८ वर्षीय शोभराजमाथि एसियामा धेरै विदेशी पर्यटकको हत्या आरोप छ । उनलाई बिकिनी किलर भनेर पनि चिनिन्छ । नेपालमा आजीवन कारावासको सजाय पाएका शोभराजलाई सर्वोच्च अदालतले बुढ्यौली उमेर, खराब स्वास्थ्य अवस्था, खराब आचरण नभएको र आफ्नो सजायको अधिकांश समय भुक्तान गरिसकेको आधारमा रिहा गर्ने आदेश दिएको थियो । सन् १९७५ मा अमेरिकी पर्यटक कोनी जो ब्रोन्जिचको हत्या आरोपमा सन् २००३ मा पक्राउ परेका थिए । पछि उनले ब्रोन्जिचका क्यानाडेली साथी लरेन्ट क्यारिएरीको हत्या गरेकोमा पनि दोषी पाइएको थियो । उनलाई सुनाइएको २० वर्षको सजायमध्ये…

Read More

सुर्खेत, ९ पुस (रासस) :नेपाल पत्रकार महासङ्घको साधारणसभा १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । कर्णाली प्रदेशको सुर्खेतमा हिजो देखि सुरु भएको साधारणसभा आज समापन भएको हो । साधारणसभाले महासचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकको प्रतिवेदन पारित गर्दै घोषणा जारी गरिएको महासचिव रोशन पुरीले जानकारी दिनुभयो । साधारणसभाबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीन वटै तहका सरकारलाई आग्रह गरिएको छ । संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएका तीन वटै तहका सरकार तथा राजनीतिक दलहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको भन्दै यसलाई कार्यान्वयनमा ल्याउन आग्रह गरिएको हो…

Read More

काठमाडौँ, ९ पुस: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाई उडानमा हुँदै आएको ‘कार्टेलिङ’ अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ । आन्तरिक उडान गर्दै आएका बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले आपसी मिलेमतोमा आफुखुसी हवाई भाडादर निर्धारण गरेपछि मन्त्रालयले अध्ययनका लागि प्राधिकरणलाई निर्देशन दिएको हो ।

Read More

भैरहवा, ९ पुस (रासस) :पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन् । व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरुको भनाइ छ । पेट्रोलियम पदार्थ बिक्रेता व्यवसायीले सरकार र नेपाल आयल निगमले आफूहरुका मागलाई सधैँ बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका सचिव हिमाल गैरेले रुपन्देहीको भैरहवामा आज आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स सङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरे पनि यस क्षेत्रमा नगरेको बताउनुभयो । “अहिले नेपाल आयल निगमले प्रतिलिटर रु एक सय ३१ को लगानीमा रहेको डिजल रु एक सय ७५ र रु…

Read More

काठमाडौँ, ९ पुस :विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणको जोखिम अझै कायम रहेको अवस्थामा छिमेकी मुलुकहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । –––

Read More

काठमाडौँ, ९ पुस (रासस) :एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी…

Read More

काठमाडौँ, ९ पुस :नयाँ सरकार गठन गर्ने सम्बन्धमा छलफल गर्न सत्ता गठनबन्धनका शीर्षनेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सुरु भएको बैठकमा गठबन्धन दलका शीर्षनेताहरूको उपस्थिति रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । बैठकमा नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ । गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ मा एक साताको समय निर्धारण गर्नुभएको थियो । राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि ८ वटा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं. ९, धारापानी, महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका वडा नं. १, गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४, बडागाउँ, नेटा र वडा नं. २, मुसिकोट, देउराली, उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. २, गराँसमा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यसैगरी बैंकले अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं. ६, धातिवाङ, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९, बानियाभार र कैलाली जिल्लाको चुहा नगरपालिका वडा नं. ७, हरैयापुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।…

Read More