Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 17
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » लगानीअनुसारको प्रतिफल नपाएको पेट्रोलियम व्यवसायीको गुनासो

    लगानीअनुसारको प्रतिफल नपाएको पेट्रोलियम व्यवसायीको गुनासो

    पहिलोक्लिकपहिलोक्लिकDecember 24, 2022No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link


    भैरहवा, ९ पुस (रासस) :
    पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन् । व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरुको भनाइ छ । पेट्रोलियम पदार्थ बिक्रेता व्यवसायीले सरकार र नेपाल आयल निगमले आफूहरुका मागलाई सधैँ बेवास्ता गर्दै आएको गुनासो गरेका छन् ।

    नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका सचिव हिमाल गैरेले रुपन्देहीको भैरहवामा आज आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स सङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरे पनि यस क्षेत्रमा नगरेको बताउनुभयो । “अहिले नेपाल आयल निगमले प्रतिलिटर रु एक सय ३१ को लगानीमा रहेको डिजल रु एक सय ७५ र रु एक सय ४९ रहेको पेट्रोल कमिशनमा रु एक सय ७८ का दरले बेचिरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म पुरानै दररेटमा कमिशन पाइरहेका छौँ, हामीले थप लगानी गर्नुपरिरहेको छ । तर लगानीअनुसारको प्रतिफल हामीले पाइरहेका छैनौँ ।”

    नेपाल आयल निगमले घाटा पूर्ति गर्नका लागि बढी रकममा पेट्रोलियम पदार्थ बेचीरहँदा पनि निगमलाई जोगाउन एसोसिएसनले सहयोग गरिरहेको उहाँले बताउनुभयो । निगमलाई सहयोग गरिरहे पनि निगमको व्यवसायीलाई हेर्ने नजर भने सहयोगी नरहेको उहाँको आरोप छ । नेपाल र भारतको सीमावर्ती क्षेत्र भएका कारण यसको प्रत्यक्ष मारमा पेट्रोलियम व्यवसायी पर्ने गरेका छन् । अहिले भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ रु ३८ महँगो छ । यसले यस क्षेत्रका व्यवसायी प्रभावित बनेको केन्द्रीय सचिव गैरेले बताउनुभयो ।

    “अहिले नेपालीले भारतमा गएर तेल हालीरहेका छन्, यहाँको प्रशासन मौन छ”, उहाँले भन्नुभयो, “भारतमा गएर तेल हाल्दा नेपालले राजस्व गुमाएको छ, हामी बेरोजगार हुने अवस्थामा पुगेका छौँ ।”

    साधारणसभाका वक्ताले इन्धनको सहज आपूर्ति गरिनुपर्ने, कमिसन वृद्धि गर्नुपर्ने, धरौटीको ब्याज दिनुपर्नेलगायत माग गरे । सङ्घका अध्यक्ष प्रेम न्यौपानेले पेट्रोलियम पदार्थ डिलरसम्म ल्याउँदा नोक्सानी धेरै भइरहेको तर नेपाल आयल निगमले क्षतिपूर्ति न्यून दिने गरेको गुनासो गर्नुभयो । “व्यवसायीले मात्रै सधैँ कति नोक्सानी व्यहोर्ने ? आयल निगमलाई घाटाबाट जोगाउन सधैँ व्यवसायी मारमा पर्नुपर्ने ? यो कस्तो नियम हो ? त्यसैले तत्काल क्षतिपूर्ति बढाउन म निगम र सरकारसँग माग गर्दछु”, उहाँले भन्नुभयो । कमिशन कम्तीमा पाँच प्रतिशतसम्म पु¥याउनुपर्ने उहाँको माग थियो । अहिले व्यवसायीले तीन प्रतिशत कमिशन पाइरहेका छन् ।

    व्यवसायीले भलबारी डिपोसम्म पाइपलाइन बिस्तार गर्नुपर्ने, ग्यास व्यवसायीलार्य जस्तै पेट्रोलियम व्यवसायीलाई पनि सुविधा दिनुपर्ने, रोहिणी खोलाको किनारमा आयल निगमले खरिद गरेको जग्गामा निगमको डिपो निर्माण तत्काल सुरु गर्नुपर्नेलगायत माग गरे । नेपाल पेट्रोलियम डिलर्स महासङ्घका केन्द्रीय सदस्य राजु न्यौपानेले वर्षौंदेखि माग गर्दै आउँदा पनि आफूहरुका माग निगमले समाधान गर्नतर्फ ध्यान नदिएको आरोप लगाउनुभयो । उहाँले अग्नी बीमा गर्नुपर्ने, धरौटीको ब्याज दिनुपर्ने र निश्चित समय अवधिलाई मात्र धरौटी राखिनुपर्ने माग गर्नुभयो ।

    “पछिल्लो समय बढ्दो ब्याजले हामीलाई मारमा पारेको छ”, उहाँले भन्नुभयो, “आठ प्रतिशतमा लिएको ऋणको ब्याज वृद्धि भएर १६ प्रतिशत पुगिसक्यो । नियन्त्रण गर्ने कसले हो ? यस्तै अवस्था रहे व्यवसायी पलायन हुन्छन् ।” उहाले व्यवसायी सङ्कटमा पर्दासमेत राहतका कुनै कार्यक्रम नल्याइएको गुनासो गर्नुभयो ।

    Facebook Comments Box

    पेट्रोलियम व्यवसायी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.