Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सरकारले आजदेखि कोरोनाविरूद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ। हालै चीनबाट खरिद गरेर ल्याइएको ४४ लाख डोज भेरोसेल खोप विभिन्न जिल्लाका विभिन्न उमेर समूहका मानिसलाई लगाउन लागिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजदेखि ११ दिनसम्म कोरोना विरूद्ध भेरोसेल खोप लगाइनेछ। आजदेखि असोज १४ गतेसम्म पहिलो मात्रामा खोप लगाउन लागिएको मन्त्रालयको भनाइ छ। पहिलो मात्रामा भेरोसेल खोप लगाउनेलाई कात्तिक ४ गतेदेखि १४ गतेभित्र दोस्रो मात्रामा भेरोसेल खोप नै लगाउन पाइन्छ।

Read More

काठमाडौँ: दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र यही असोज ४ गते सोमबारदेखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको छ । वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन…

Read More

काठमाडौँ: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बैठक बस्नेछ । बैठकका लागि संसद सचिवालयले हिजो नै कार्यसूची सार्वजनिक गरिसकेको छ। आजको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख छ । तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राख्दै आएकाले बैठक अघि वढ्ने सम्भावना कम छ । सत्तारुढ गठबन्धनका दलहरुले भने आज बजेट निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेकाले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेका छन्। प्रतिनिधिसभाको बैठक यसअघि भदौ २९ मा बैठक बसेको थियो ।

Read More

काठमाडौँ: क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले वेष्ट ह्यामविरूद्ध पुनरागमन जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाइटेडले वेस्ट ह्याममाथि २-१ गोलको जित निकालेको हो । वेस्ट ह्यामको मैदानमा युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले एक एक गोल गरे । वेस्ट ह्यामका साइद बेन्राह्माले एक गोल फर्काए । खेलको ३०औँ मिनेटमा बेन्राह्माले गोल गर्दै वेस्ट ह्यामलाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई कायमै राख्न सकेन । ३५औँ मिनेटमा युनाईटेडका रोनाल्डोले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । ८९औँ मिनेटमा लिंगार्डले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे । खेलको इन्जुरी समयमा वेस्ट ह्यामले…

Read More

काठमाडौँ: देशभर आज हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सोमबार राती देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले सोमबार बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टाका लागि गण्डकी र सुदूरपश्चिमका केही स्थानहरूका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान…

Read More

काठमाडौँ: आइसिसी विश्वकप लिग-२ अन्तर्गत ‌ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो। ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्का प्रहार गरे। ओपनर जतिन्दर सिंहले १३ रन र नसीम खुसीले १२ रन बटुले। यस्तै कलीमुल्लाहले ११ रन जोडे। ओमानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए। बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिन सफल भए। करणले ८ ओभरमा १ मेडन राख्दा २५ रन खर्चिए। सन्दीपले ८.१ ओभरमा…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले सरकारलाई नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानालाई निलम्बन गर्नुको कारण पेस गर्न आदेश दिएको छ । निलम्बनमा परेपछि ढुंगानाले दायर गरेको रिटको सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । सरकारले निलम्बन गरेपछि ढुंगाना भदौ २३ गते सर्वोच्च अदालत गएका थिए । भदौ २९ गते सर्वोच्चका न्यायधीश कुमार रेग्मीको एकल इजलासले सुनुवाइ गर्दै प्रधामन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई कारण देखाउ आदेश जारी गरेको हो । सर्वोत्तम सिमेन्ट शेयर छोरीको नाममा खरिद गरेपछि विवदामा परेका ढुङगाना उपर छनवीन गर्नका लागि सरकारले निलम्बन गरेको थियो । सोही निलम्बनको विरुछ उनले प्रधानमन्त्री…

Read More

काठमाडौँ: एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र प्रदेश एक र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन्। पोखरामा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टी शक्तिशाली भएको दाबी गरे। ‘एक नम्बर र बागमती प्रदेशमा पनि केपी ओलीका नेतृत्वको सरकार छ। १ नम्बर र बागमतीमा एक हप्ताभित्र सरकार हटाएर हामी सरकार बनाउन गइरहेका छौँ,’ उनले भने, ‘ त्यही भएर यो पार्टी ९ प्रतिशत छ, ५ प्रतिशत छ झुटा प्रचार कसैले गर्छन् भने त्यसलाई नपत्याउनू।’ मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको बेला उनले एक हप्ताभित्र आफ्नो पार्टीको तर्फबाट मन्त्रीहरु पठाउने जानकारी पनि दिए। पाँच दलीय गठबन्धनलाई आउँदो…

Read More

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई मुक्त गरेर मात्र संविधानले निर्दिष्ट गरेको समाजवादको लक्ष्य पहिल्याउन सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो, “समाजवादमा त्यतिखेर जान्छौँ, जतिखेर गरिबीको रेखामुनि रहेका १८ प्रतिशतभन्दा बढी जनसङ्ख्या मुक्त हुन्छन् ।” संविधानले सरकारी, निजी र सहकारी क्षेत्रको संयुक्त प्रयासबाट आर्थिक समृद्धि हासिल गर्ने नीति लिएको उल्लेख गर्दै ऊर्जामन्त्री भुसालले भन्नुभयो, “देशको अर्थसामाजिक विकासलाई न्यायका आधारमा वितरण गर्ने नीतिले हामीलाई समाजवादमा पु¥याउँछ ।” नेपाल पोल एशोसिएशनको आठौँ वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रको भूमिकालाई राज्यले कहीँ पनि न्यूनीकरण नगर्ने स्पष्ट पार्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “आफ्नो पेशा…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ७३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोही अवधिमा झण्डै दोब्बर संख्यामा संक्रमणमुक्त भएको जनाएको छ । मन्त्रालयका अनुसार १४१३ जना संक्रमणमुक्त भएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९८६ जना पुगेको छ । संक्रमितमध्ये ७ लाख ४९ हजार ३१३ जना संक्रमणमुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ । हाल देशभर २४ हजार ३१३ जना…

Read More