Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: साताको पहिलो कारोबार दिन देखिएको नेप्से सूचक र कारोबार रकमको गिरावटले साताको दोस्रो दिन पनि निरन्तरता पाएको छ। अर्थात, यस दिन पनि नेप्से र कारोबार रकम दुबै घटेको छ। सोमबार नेप्से परिसूचक ११.७८ अंक घटेर २८२२.७३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.०४ अंक, फ्लोट इण्डेक्स १.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५ अंक घटेको छ। अघिल्लो कारोबार दिन ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन साढे ४ अर्बको शेयर खरिदबिक्री भएको छ। यस दिन २२४ कम्पनीको ५२ हजार ८४६ पटकको कारोबारमा ४ अर्ब ५८ करोड २२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।…
काठमाडौं: कोकाकोला भारतले नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई आफ्नो उपाध्यक्षमा नियुक्त गरेको छ । कोकाकोलाले राणालाई भारत र दक्षिण-पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो । यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् । कोकाकोलाको भारत र दक्षिण-पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताए । उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको रेले सुनाए । विगत २५ वर्षमा राणाले राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघ इन्डियाका साथै स्वाब फाउन्डेसन फर सोसियल इन्टर्ननर्सिप,…
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय दिने निर्णय गरेको छ। आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गर्दै असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताका लागि समय दिने निर्णय गरेको हो। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा बहस भइरहेका बेला आयोगले निर्वाचन कार्यतालिका ल्याएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दै जेठ ८ मा निर्वाचन घोषणा गरेकी थिइन्। कात्तिक २६ र मंसिर ३ मा प्रतिनिधि सभा चुनाव गर्ने तय थियो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताका लागि समय दिने निर्णय भइसकेको बताए।
काठमाडौँ: आज (सोमबार) र भोलि वर्षाको मात्रा केही कम हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसबीच वर्षा नहुने त होइन, केही कम मात्र हुने भएको हो। उनले भनिन्, ‘तर पर्सि बुधबारदेखि फेरि वर्षा बढ्ने सम्भावना देखिएको छ।’ आगामी तीन दिनको मौसम पूर्वानुमान असार २१ गते सोमबार दिउँसोः प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशका केही र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिः प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती…
काठमाडौँ: चितवनको राप्ती नगरपालिकामा ९ दिन देखि हराइरहेकी एक युवतीको शव फेला परेको छ। आइतबार साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक बनमा युवतीको शव फेला परेको हो। उक्त शव राप्ती नगरपालिका ३ की २२ बर्षीया सुजिता भण्डारीको रहेको परिवारका सदस्यले बताएका छन्। शव घटनास्थलमै रहेको र पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ। जंगलमा च्याउ टिप्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेको प्रहरीले बतायो। वनको बीचमा झाङमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ। ११ गते विहान ६ बजे साथिको घर जाने भनेर हिडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन्। एक सातादेखि…
काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन गर्दैछ । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागेको हो । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे भर्चुअल माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उनका अनुसार आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको मागअनुसार विजुली उत्पादन हुने प्रवक्ता न्यौपानेले जानकारी दिए । आयोजनाले आइतबार नै विद्युत गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ । आयोजनाले शनिबार ढल्केबरदेखि…
काठमाडौँ: नेपाल उद्योग परिसंघ (सिएनआई) ले परिकल्पना गरेको स्वदेशी उद्योगलाई प्रोत्साहन र उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यका साथ सुरु गरेको ‘मेक इन नेपाल स्वदेशी’ अभियानमा सहभागिताका लागि आह्वान गरेको छ । वार्षिक एक हजार नयाँ उद्योग स्थापना गर्ने र डेढ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य तय गरिएको यो अभियानको गत फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका थिए । स्वदेशी उत्पादन देशको शान, यसको उपभोग गर्ने हाम्रो अभियान भन्ने नारा सहित सुरु गरेको यो अभियानमा सहभागिता जनाउनका लागि परिसंघले एक सूचना मार्फत आह्वान गरेको छ । यसमा सहभागितको लागि www.swadeshi.com.np लगइनगरी दर्ता गराउन सकिने परिसंघले जनाएको छ । परिसंघले…
काठमाडौँ: प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा जारी सुनुवाइअन्तर्गत भोलि (सोमबार) रिट निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्नेछन्। सोमबार वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्नेछन्। रिट निवेदकको जवाफी बहसका लागि तोकिएको ३ घण्टाको समयमध्ये अब २ घण्टा बाँकी छ । आइतबार सभामुख पक्षका कानुन व्यवसायीले बहस सकाएका छन्। सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधानअनुसार विश्वासको मत लिनुपर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुकेको तर्क राखेका थिए । सभामुखका कानुन व्यवसायीको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । महासंघले आगामी मौद्रिक नीतिले चालु वर्षको नीतिमा कोभिड १९ पुनरोत्थानका लागि लिएको नीतिको निरन्तरतासँगै साना तथा मझौला उद्यमीलाई परियोजना कर्जा एवं डिजिटल बैंकिगको विस्तारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो । महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि सुझाव तयार पार्दा महासंघका सदस्यहरुको र नेपाल उद्योग वाणिज्य महासंघले तयार पारेको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट) २०३० लाई आधार बनाएको छ ।…
काठमाडौँ: सेयरबजारमा कारोबार रकम निरन्तर ओरालो लागिरहेको छ। दैनिक २० अर्बसम्म पुगेर कीर्तिमान गरेयता पछिल्लो समय लगातार कारोबार रकममा गिरावट आइरहेको छ। आज दिनभरिमा ५ अर्ब ५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो। साताको पहिलो कारोबार दिन आज सेयर बजार परिसूचक ८.४८ अंकले घटेको छ। आइतबारको कारोबारमा क वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३३ अंकले झरेको छ। आजको कारोबारमा २ सय २४ कम्पनी सामेल भए। त्यसमा ६० हजार १ सय ७५ पटक कारोबार भयो। उक्त अवधिमा कम्पनीहरुको १ करोड ८ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। १३ उपसमूहमध्ये आज होटल र…
