Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौ : नेपाली सेनाका लागि गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट (एम्युनेसन) खरिद प्रक्रिया विवादित बनेको छ । अढाई अर्बमा पाइने प्लान्ट किन्न सेनाले केही ठेकेदार कम्पनीसँगको मिलेमतोमा चार अर्ब खर्चिने निर्णय गरेको हो । राज्यलाई झण्डै डेढ अर्ब रूपैयाँ भार पर्ने गरी तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्लान्ट खरिद निर्णय टुंग्याएको स्रोतले बतायो । जानकारहरूका अनुसार उक्त प्लान्ट अढाईदेखि तीन अर्ब रूपैयाँमा पाइन्छ । विवादका कारण सेनाले अहिलेसम्म गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट किन्न भने सकेको छैन । बाहिरबाट खरिद हुँदै आएको गोली यहीं तयार गर्ने उक्त प्लान्ट सुन्दरीजलमा राख्ने तय भएको थियो । वास्तविक लागतभन्दा बढी मूल्यमा प्लान्ट किन्ने सम्झौता भएपछि खरिद…

Read More

धरान : धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन्। धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन्। उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन्। उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन। पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण प्राप्त भएको छ। पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७०…

Read More

बेनी: म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३ पिप्लेतर्फको गलेश्वरदेखि माथि सडकबाट करीब १०० मिटर तल खसेर भएको सो दुर्घटनामा परी चालक गोपी परियारसहित घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये रघुगङ्गा–३ मालिकाकी ३७ वर्षीया गर्भवती सरस्वती परियार (काली) गम्भीर घाइते हुनुभएको छ । परियारको अवस्था गम्भीर देखिएपछि बेनी अस्पतालमा प्राथमिक उपचार गरी उहाँलाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा रिफर गरिएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । परियारलाई रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा पोखरा लगिएको…

Read More

काठमाडौँ: नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । टेलिकमले ५० थान दाँते, ४०० जोर बाक्लो पञ्जा, १०० थान डोको÷थुन्से, ५०० थान मास्क र ५०० थान कम्पनीको लोगो अङ्कित क्यापसमेत उपलब्ध गराएको छ । वाग्मती सफाइ महाअभियान आरम्भ भएको ३००औँ हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार…

Read More

काठमाडौँ: सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याइएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधन चलाउने चालक परिवर्तन भए नभएको जानकारी दिने उद्देश्यले आजदेखि उक्त एप्स सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा निर्देशनालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पूर्णचन्द्र जोशीले यातायात व्यवस्था ऐन २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुईवटा चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न उक्त एप्स सञ्चालनमा ल्याएको जानकारी दिए । लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टहरुमा जाँचकाक्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था…

Read More

माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजना शिलान्यास, २०७७ फागुनमा निर्माण सम्पन्न हुने लक्ष्य नुवाकोट: माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आज नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ । नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को मुख्य लगानीमा निर्माण हुन लागेको ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समय २०७७ फागुनमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै नेपाललाई आन्तरिक प्रयोजनका लागि १० हजार मेगावाट बिजुली आवश्यक रहेको बताए । “विदेशमा बिक्रीका लागि होइन, हामी आफ्नै लागि अबको केही वर्षमा…

Read More

बुटवल: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले भेनेजुएला प्रकरणले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन् । पार्टीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको वक्तव्यलाई सचिवालय बैठकले अनुमोदन गरिसकेको भन्दै उनले यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको स्पष्ट परेका छन् । लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड रेडियो लुम्बिनीको २०औँ साधारणसभा एवं दशौँ अधिवेशनको आज रुपन्देहीको मणिग्राममा उदघाटन गर्दै महासचिव पौडेलले सरकारका काम कारवाहीलाई लिएर रचनात्मक ढङ्गले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने बताए । महासचिव पौडेलले बुटवल–सुनौली छ लेन सडक निर्माण गर्न धेरै वर्ष लागेको प्रसङ्ग उल्लेख गर्दै यसको अनुभवबाट पाठ सिक्दै अवका आयोजना…

Read More

काठमाडौँ: साताको पहिलो कारोवारको दिन पूँजी बजारमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से परिसूचक आज आइतबार १२ दशमलब ०५ अंकले घटेर एक हजार १२७ दशमलब ५३ अंकमा कायम भएको छ । आजको कारोवारमा होटल बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक १६० दशमलब २६ अंकले, निर्जीवन बीमा ११० दशमलब ०८ अंकले र जलबिधुत २६ दशमलब १८ अंकले घटेका छन् । त्यसैगरी, बाणिज्य बैंक ६ दशमलब ७२ अंकले, विकास बैंक १४ दशमलब ६५ अंकले, लघुवित्त १५ दशमलब ७१ अंकले र बित्त ५ दशमलब ७२ अंकले घटेका छन् । यधपी, होटल समूहको परिसूचक…

Read More

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काममा अवरोध नपु¥याउन सबैमा आग्रह गर्नुभएको छ । बनेपा नगरपालिका–१० काङ्गलमा आज पञ्चकन्या मन्दिरको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकार क्रमैसँग विकासनिर्माणका काम गर्दैछ, सरकारको काममा डिस्टर्ब नगर्नुस् ।” उहाँले जनतासँग खाएको कसम केही पूरा भएको जिकिर गर्दै बाँकी क्रमैसँग पूरा गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले नेपाली नागरिकलाई भूमिहीन नबनाउन गाँस, बास र कपास उनीहरुको अधिकार हो भनेर कानून ल्याइएको बताउँदै भन्नुभयो, “जब जनताका कानून बन्दै गर्छन्, आउँदै गर्छन्, जनता बलिया हुँदै जान्छन्, अनि सुखी नेपाली समृद्ध नेपालको सपना पूरा हुन्छ । बनेपा नगरपालिका र स्थानीयवासीको सहयोगमा मन्दिर बनाइने बताइएको…

Read More

धादिङ: नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीयलाई आज बिहान पक्राउ गरेको छ । काठमाडौँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नं को भारतीय कन्टेनरबाट बोरामा हालिएको अवस्थामा उक्त परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिनुभयो । भारतीय ट्रकलाई लागुऔषध नियन्त्रण ब्यूरोले चेकजाँच गरेको थियो । ट्रकको क्याबिनको माथिल्लो भागमा फल्स बम बनाइ ल्याइएको अवस्थामा बोरा जाँच गर्दा सो लागुऔषध चरेस बरामद गरएको हो । प्रहरीले चरेस कारोबारमा संलग्न भएको आरोपमा भारत मैनपुरी जिल्ला सुरवली थाना उत्तरप्रदेश…

Read More