Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बिश्वव्यापी कोरोनाको कारण बैंक तथा बित्तिय क्षेत्रमा देखिएको असहज परिस्थितीलाई दृष्टिगत गरि कृषि विकास बैंकले आफ्ना ऋणी एवं कर्जा ग्राहक र बिशेष लघु उद्यम र व्यवसायमा लगानी भई लामो समय देखि भाखा नाघेका समस्या ग्रस्त कर्जाका ग्राहकहरुलाई ब्याजमा अधिकतम राहत दिने उदेश्यले बिशेष छुट दिने योजना सार्वजनिक गरेको छ । कोरोना भाईरसको महामारीमा ऋणीहरुले गर्दै आएको उद्योग धन्दा, व्यापार, व्यवसाय बन्द गरेर बसेका ऋणीका लागि बैंकले राहत स्वरुप निर्देशिका नै जारी गरेर आसार मसान्त सम्मको एकमहिने विशेष छुटको प्याकेज ल्याएको बैंकले जनाएको छ । लामो समयदेखि असुलउपर नभएका, गम्भीर प्रकृतिका तथा विभिन्न कारबाहीबाट पनि असुलउपर नभएकालाई कर्जालाई…
कैलाली: बाजुराको क्वारेन्टिनमा आत्महत्या गरेका एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बाजुराको बडिमालिका नगरपालिका–२ भौनेरामा रहेको सत्यवादी माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका ४५ वर्षीय पुरुषले जेठ ३० गते आत्महत्या गरेका थिए । अत्महत्या गरेकै दिन स्वाब संकलन गरिए पनि बिहीबार मात्र उनमा कोरोना रिपोर्ट पोजेटिभ आएको बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले बताए । बडिमालिका नगरपालिका–२ माझिगाउँका उनी ६ जनाको परिवारसहित २८ गते भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए । उनी दमको बिरामी रहेको मेयर बडुवालले बताए । बडुवालका अनुसार शुक्रबार साँझ साढे ८ बजेतिर डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो । ‘आर्थिक अवस्था निकै कमजोर थियो,’…
भक्तपुर: कोरोना जोखिमका बीच यहाँ किसानलाई रोपाइँको चटारो परेको छ । हरेक वर्ष असारको पहिलो सातापछि रोपाइँ शुरु हुने यहाँ यस वर्ष असारको पहिलो साता नै रोपाइँको अन्तिम चरणमा पुग्ने भएको छ । यस वर्ष मनसुन सक्रिय हुनुअघि नै पर्याप्त वर्षा भएपछि कोरोनाको त्रास र लकडाउनबीच गत जेठ १५ देखि नै शुरु भएको रोपाइँ अन्तिम चरणमा पुगेको छ । विगतका वर्षझैँ रोपाइँ ढिलो हुने सोचले ढिलो बीउ राखेका किसानले खेतमा पानी भरिएपछि छोटो बीउसमेत रोप्न थालेका छन् । सूर्यविनायक नगरपालिका–१० चित्तपोलका राजेन्द्र थापाले यस वर्ष चित्तपोल, भङ्गाल क्षेत्रको रोपाइँ सकिन लागेको बताए । जेठमै पर्याप्त पानी वर्षा भएपछि लकडाउनकै बेलामा…
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा भारतको पूर्वी उत्तर प्रदेशको भूभागमा निम्न चापीय प्रणाली अवस्थित छ। यसैगरी, हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ । शुक्रबार दिउँसोदेशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै,…
काठमाडौं: नेपाल धितोपत्र बोर्डले अनलाइन प्रणालीलाई लगानीकर्ता मैत्री बनाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ । धितोपत्रको दोस्रो बजारको कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको भन्दै यस प्रणालीमा सुधार गर्न निर्देशन दिएको छ । बोर्डले बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गर्न समेत निर्देशन दिएको छ । बोर्डले धितोपत्र बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्नुपर्ने र धितोपत्र खरीद गर्दा आईपीएस वा विद्युतीय माध्यम मार्फत गर्न प्रोत्साहित गर्ने तर आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने गराउने व्यवस्था…
काठमाडौं: बैंकहरु सरकारलाई असार ७ भित्रै कर तिर्न तयार भएका छन् । आन्तरिक राजश्व विभागको निर्देशन अनुसार नेपाल बैंकर्स संघमा आवद्ध वाणिज्य बैंकहरु सरकारलाई कर तिर्न तयार भएका हुन् । अर्थ मन्त्रालयको आग्रहमा बैंकर्स बैंकहरुले सरकारलाई तेस्रो त्रैमासको आयकरको किस्ता तिर्ने निर्णय गरेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले जानकारी दिए । ‘सरकारले असार ७ गतेसम्म कर तिर्न भनेको थियो । हामीले हाम्रो क्षेत्रभित्र रहेका बैंकहरुलाई त्यही समयभित्रै कर तिरिदिऔं भनेर आग्रह गरेका हौं’ शर्माले भने, ‘यो निर्णय होइन, आग्रह मात्रै हो ।’ बैंकर्स संघको आग्रह बमोजिम सबै बैंकहरु कर तिर्न तयार भएका छन् । ‘जहिले तिरे पनि…
काठमाडौं: काभ्रेको पाँचखाललाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। बिहिबार साँझ ७ बजेर १ मिनेटमा ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत वाग्मती प्रदेशमा महसुस गरिएको थियो।
काठमाडौँ: काठमाडौं उपत्यकामा थप ६ जना कोरोना संक्रमित भेटिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन्। काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्, भक्तपुरमा भेटिएका १ महिला र २ पुरूष हुन् भने ललितपुरमा १ जना पुरूषमा संंक्रमण भेटिएको हो। पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका हुन्। यीसहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।
काठमाडौं: नेपालको दुईवटा सदनबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि नयाँ नक्साले संवैधानिक मान्यता पाएको छ । प्रतिनिधिसभाबाट ३१ जेठमा सर्वसम्मत पारित भएको विधेयकलाई राष्ट्रियसभाले बिहीबार नै सर्वसम्मतिले पारित गरेको थियो । राष्ट्रियसभाबाट पारित भई पुन प्रतिनिधिसभामा पुगेको विधेयकलाई बिहीबार नै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिसमक्ष पठाएको थियो । सरकारले जेठ ५ गते लिम्पियाधुरासहितका क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा मन्त्रिपरिषदबाट पास गरेको थियो ७ गते नयाँ…
काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा आज उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गर्नुभएको थियो । राष्ट्रियसभाका कूल ५९ सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मत विभाजन प्रक्रियामा सहभागी हुनु भएन । सभामा बाँकी रहेको एक सदस्य भने मनोनयन भएको छैन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएपछि अध्यक्ष तिमिल्सिनाले मत विभाजनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुभएको थियो । राष्ट्रियसभाको बैठक कक्षको लबीमा तयार पारिएको मत विभाजनका लागि ‘हुन्छ’ भन्नेहरुलाई एकातिर र ‘हुन्न’ भन्नेहरुलाई अर्काेतिर…
