Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भारतीय सीमा क्षेत्रको दशगजा क्षेत्र खाली गर्न सरकारलाई निर्देशन दिएको छ । सीमा क्षेत्रमा भारत सरकारले निर्माण गरेका सडक र तटबन्धबारे छलफल गर्न बसेको समिति बैठकले त्यस क्षेत्रमा रहेका भौतिक संरचना र मानववस्ती हटाउन सरकारलाई निर्देशन दिएको हो । समितिले दिएको निर्देशनमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरित अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरीत सीमा क्षेत्रको दशगजा (नो म्यान्स ल्याण्ड) रहेका वस्ती, सडक, बाँध तटबन्धलाई हटाउन तत्काल आवश्यक पहल गर्ने ।’ ‘नेपाल र भारत दुबैतर्फका हटाउन आवश्यक छ । नेपालले मात्रै हटाउने भनेको होइन भारततर्फका पनि हटाउन आवश्यक छ । यसका लागि…

Read More

काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले सरकारले पर्यटन क्षेत्रको पुनर्उत्थानका लागि राहत र सहुलियतका प्याकजेहरु ल्याएको बताएका छन् । १३ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले सरकारले बजेटमार्फत देशको अर्थतन्त्रको आकार, बाध्यता र क्षतिको अवस्थाअनुरुप राहत र सहुलियतका प्याकेजहरु ल्याएको बताए । उनले सरकारले बजेटमार्फत ल्याएको राहत र सहुलियतबाट पर्यटन व्यवसायिहरु उत्साहित भएको विश्वास समेत व्यक्त गरे । कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी क्षति पर्यटन क्षेत्रमा भएको र सरकारले छिट्टै पूर्ववत अवस्थामा फर्काउने प्रयास गरिरहेको मन्त्री भट्टराईले बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न लागिएको बताए ।…

Read More

काठमाडौं: पुर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको बजेट बढी प्रचारात्मक भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बजेट पछिको छलफल कार्यक्रममा मन्त्री डा. महतले सरकारले ल्याएको बजेट सरकार जस्तै बढी प्रचारात्मक, बढी आश्वासन रहेको र कार्यान्वयनको पाटो निकै कमजोर हुने भएको बताए । बजेटले आन्तरिक ऋणलाई बढी जोड दिएको भन्दै त्यसले नीजि क्षेत्रमा जाने तरलता कम हुने उनको तर्क छ । बजेटले साना तथा लघु उद्यमीलाई दिएको छुट राम्रो भएपनि अन्य क्षेत्रमा गलत निर्णय भएको उनको ठहर छ । छलफलमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले देशको परिस्थिती अनुसारको बजेट…

Read More

काठमाडौँ: राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव कट्टेलले आर्थिक वर्ष २०७७/०७८ को लागि सरकारले ल्याएको बजेट सकारात्मक भएको बताएका छन् । बजेटले सवै क्षेत्रलाई उतिकै राम्रोसँंग समेटेको भन्दै उनले बजेटको सवैभन्दा राम्रो पक्ष अहिलेको वर्तमान कोरोना संक्रणका लागि विशेष उल्लेख भएको बताए । उनले भने- ‘कोरोना संक्रमण न्युनीकरण तथा नियन्त्रणका लागि ल्याइएको विशेष प्याकेज सराहनीय छ । यसका लागि केन्द्र, प्रदेश र स्थानीय तहमा अस्पतालहरुको वन्दोवस्त गर्ने व्यवस्था अति राम्रो देख्छु ।’ सार्वजनिक यातायातको लागि प्राधीकरण बनाउने कुरा सकारात्मक भएको उनको भनाइ छ । बेरोजगारलाई तालिम दिने, श्रृण दिने कुरा उल्लेख छ, जुन अति नै राम्रो हो । साथै…

Read More

काठमाडौँ: सरकारले विद्युतीय सवारी साधनमा व्यापाक कर बढाएको छ । आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तुत बजेटमा विद्युतीय सवारी साधनमा कर बढाइएको हो । जस अनुसार विद्युतीय सवारी साधनमा ८० प्रतिशत भन्सार शुल्क कायम गरिएको छ । जबकी यो शुल्क यसअघि १० प्रतिशत थियो भने भ्याट १३ प्रतिशत र सडक दस्तुर ४ प्रतिशत मात्रै कायम थियो । बजेट अनुसार ५० किलोवाटसम्मका मोटर जडान भएका कारमा ३० प्रतिशत अन्तःशुल्क लगाइएको भने ५० देखि १०० किलोवाटसम्म मोटर जडान भएका सवारीमा ४० प्रतिशत अन्तःशुल्क कायम गरिएको छ । त्यस्तै, १०० देखि १५० किलावाटसम्मका मोटर जडान भएका सवारीमा ५० प्रतिशत अन्तशुल्क लगाइएको छ ।…

Read More

काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष (२०७७/७८) को बजेटमार्फत् केहीमा कर बढाएको छ भने केहीमा कर घटाएको छ । कर घटबढकै आधारमा मूल्यवृद्धि हुने गर्छ । यस्तै केही करका दरलाई यथावत पनि राखेको छ । सवारीसाधन आयातको कर र व्यक्तिगत आयकर यथावत छन् भने मदिरा, पेट्रोल डिजेल लगायतको करमा बृद्धि भएको छ । हेरौँ कुन वस्तुमा कति कर छ पेट्रोल–डिजलको कर बढ्यो आगामी वषको बजेटले पेट्रोल, डिजेल तथा मट्टितेलमा लाग्ने कर बढाएको छ । यसमा प्रतिलिटर १० रुपैयाँको दरले पूर्वाधार विकास कर लाग्नेछ । यो भन्सार विन्दुमै असुल हुनेछ । यसैगरी पेट्रोलमा चार रुपैयाँ र डिजेलमा २ रुपैयाँ सडक मर्मत तथा…

Read More

जाजरकोट: सोती घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो काम शुरु गरेको छ । समितिले आज पीडित पक्षसँग भेटघाट गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । त्यस्तै सो समितिले भेरी नगरपालिका–४ का सञ्जु भनिने सञ्जीव विकको शव स्वास्थ्य सेवा कार्यालयमा पुगेर अध्ययन गरेको छ । सरकारले गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले बिहीबारदेखि यहाँ आएर काम थालेको हो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सञ्जु विक र गणेश बुढा तथा भेरी –११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव…

Read More

जलेश्वर : महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा आज बिहीबार १७ जनामा कोरोना पोजेटिभ देखिएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले पिपरा गाउँपालिका, पिपरा स्वास्थ्यचौकीमा ५० शय्या र बर्दिबास नगरपालिकामा ५० शय्याको आइसोलेशन स्थापना गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीको अध्यक्षतामा बसेको केन्द्रको आजको बैठकले क्वारेन्टिनमा बसेकाहरुको कोभिड पोजेटिभ केसको कन्ट्याक्ट ट्रेसिङ्ग तथा ट्राभेल हिस्ट्री स्थानीय तहले स्वास्थ्यकर्मीबाट तथा बाहिर रहेकाहरुको जिल्ला स्वास्थ्य कार्यालयबाट लिने निर्णय गरेको छ । बैठकले कोभिड–१९ रोगको संक्रमण नियन्त्रणका लागि हरेक स्थानीय तहले डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरी सोको जानकारी डिसिसिएमसी महोत्तरीलाई गराउन स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै जलेश्वर, भंगहा र…

Read More

बनेपा: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ । पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको छ । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण बगाएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिका वडामा बाढी आइ रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताउनुभयो । पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र…

Read More

काठमाडौँ: भारतले नेपालसँगको सीमा विवाद टुंग्याउनका लागि सिजर्नात्मक र सकारात्मक प्रयासको आवश्यकता रहेको औंल्याएको छ । छिमेकीसँग यस्ता समस्या व्यवस्थापन गर्न आपसी गाम्भिर्यता र विश्वासको वातावरण जरुरी रहेको भारतले जनाएको हो । यसअघि प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्णयका लागि समय मागेको भन्दै संविधान संशोधनको विषयलाई सरकारले संसद्को कार्यसूचीबाट हटाएको थियो । कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सालाई वैधता दिनका लागि संसद्बाट यो पास हुनुपर्छ । लचिलो हुँदै भारत भारतले चीन जोड्नेगरी लिपुलेक पास हुँदै नेपाली भूमिका ८० किलोमिटर लामो बाटोको उद्घाटन गरेपछि नेपालले आपत्ति जनाएको थियो । तर, यसबारे भारतले कुनै प्रतिक्रिया दिएको थिएन…

Read More