Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » काभ्रेमा बाढीले दुई पुल बगायो, बोलेर चढेर आएकाले बाख्रा र बोका चोरी गरे

    काभ्रेमा बाढीले दुई पुल बगायो, बोलेर चढेर आएकाले बाख्रा र बोका चोरी गरे

    पहिलोक्लिकपहिलोक्लिकMay 29, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    बनेपा: काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ मा रहेको पुण्यमाता खोला र विहावर (रोशी) खोलामा रहेको दुईवटा पुल बाढीले बगाएको छ ।

     

    पनौतीको त्रिवेणीघाट तथा ऐतिहासिक मन्दिर इन्द्रश्वरलगायत पनौती पुरानो बजार आवतजावत गर्ने तथा वडा नं ७ र ६ सङ्कटा जोड्ने पुल बगाएको छ । त्यस्तै वडा नं ७ र ९ वृद्धाश्रम अगाडि भीमसेनस्थान जोड्ने पक्की पुल अविरल वर्षाका कारण बगाएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बाढीले पनौती नगरपालिका वडामा बाढी आइ रोशीखोलामा रहेको दुई पक्की पुल बगाई पूर्णरूपमा क्षति भएको बताउनुभयो ।

     

    पनौती वडा नं ७ का वडा सदस्य पुरुषोत्तम कर्माचार्यले पुण्यामाता र रोशीखोलामा बुधबार गएको बाढीले दुई पक्की पुल बगाएपछि स्थानीय बासिन्दालाई आवतजावतमा समस्या भएको बताउनुभयो । “पनौती क्षेत्रमा यति ठूलो बाढी विसं २०१३ असोज १३ गतेपछि आएको ठूलो बाढी हो ।”

     

    कर्माचार्यले भन्नुभयो, “बाढीले सुकुम्वासी बस्तीभन्दा माथिको खोला छेउको टिपर गुड्ने बाटोसमेत क्षति पु¥याउनुका साथै एउटा निशान गाडी र एउटा स्कुटर बगाएको छ ।” यसैगरी सडक छेउमा पार्किङ गरी राखेको बा५ख ३६८९ नंको निशान ट्रक रोशी खोलामा आएको बाढीले करिब २०० मिटर तल बगाइ क्षति भएको प्रहरीले जनाएको छ ।

     

    यसैबीच बुधबार परेको अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं ६ ज्यामिरेस्थित रोशीखोलामा दुवैतर्फबाट आएको बाढीका कारण फसेका पञ्च तामाङलाई प्रहरी चौकी भकुण्डेबेँसी र नेपाली सेना २६ नं बाहिनी अङ्डा भकुण्डेबेँसीबाट खटिएको संयुक्त टोलीले सकुसल उद्धार गरिएको छ भने रोशी गाउँपाालिका वडा नं ३ शिखर आम्बोटेका चमारसिं लामा र इन्द्रमाया लामा रोशीखोलामा दुबैतर्फबाट आएको बाढीको कारण बीचमा फसेको अवस्थामा प्रहरी र स्थानीय बासिन्दाले सकुसल उद्धार गरेका छन् ।

    बोलेर चढेर आएकाले बाख्रा र बोका चोरी गर्ने दुई पक्राउ

    काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ का स्थानीय किसानको बाख्रा र बोका चोरीमा संलग्न दुई जनासहित दुई गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । रोशी गाउँपालिका–७ स्थित विवेक तामाङको बाख्राको खोरबाट तीन बोका र चार बाख्रा चोरी गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका वडा नं ९ का सजिन शाह ठकुरी र धुलिखेल नगरपालिका–२ रविओपीका डिलबहादुर तामाङलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको अनुसन्धान टोलीले नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताउनुभयो ।

    सो अवसरमा बाख्रा र बोका चोरीमा प्रयोग गरेको बा१६च ८८३० नंको बोलेरो र बा१४च ६८५७ नंको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुवै जनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

    Facebook Comments Box

    बाख्रा र बोका चोरी गर्ने दुई पक्राउ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.