Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष उमेर समूहका छन् । रौतहटका २० जनामासंक्रमण पुष्टि भएको छ । टेकुमा गरिएको परीक्षणमा १२ देखि ३० वर्षका ३ जना…
काठमाडौं: कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले अहिले बिहान चीनबाट १४ टन स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । नेपाल एयरलाइन्सको वाइडवडी विमान बुधबार साँझ चीनको ग्वान्झाओतर्फ उडेको थियो नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट १४ टन स्वास्थ्य सामग्री आएको बताए । जसमा पर्सनल प्रोटेक्टिभ इक्यूपमेन्ट (पीपीई), कोरोना जाँचका लागि चाहिने पीसीआर किट लगायत छन् । उसले २८.६ टन सामग्री ल्याउने बताएको थियो । यसअघि ६ जेठमा सेनाले १८.९ टन स्वास्थ्य सामग्री पहिलो चरणमा हवाई मार्गबाट ल्याइसकेको छ । दोस्रो चरणको सामग्री पनि भन्सार प्रक्रिया पूरा भएर ग्वान्झाओमा जम्मा भएपछि वाइडवडी त्यसतर्फ प्रस्थान गर्न लागेको प्रवक्ता…
वीरगञ्ज: प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएकाे हाे । सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । संक्रमित हुनेहरुमा रौतहटको राजदेवीका २१ वर्षीय, २४ वर्षीय र ३० बर्षिय पुरुष छन् । धनुषाको जनकनन्दीनी- ४ का १९ वर्षीय पुरुष, धनुषाकै लक्ष्मनियाँ स्वास्थ्य चौकीमा रहेका…
काठमाडौं: अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ । यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना संक्रमणबाट एक लाख जनाको मृत्यु भएमा डरलाग्दो हुने अभिव्यक्ति दिएका थिए । कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाइँमा जति अमेरिकीको ज्यान गएको थियो, लगभग त्यति नै संख्यामा तीन महिनाको अवधिमा कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु भएको छ ।
ललितपुर: दक्षिण ललितपुरको वाग्मती गाउँपालिकामा व्यापकरूपमा फौजी किराको प्रकोप देखिएको छ । यस किराले वनजङ्गल भएको क्षेत्रमा बढी स्वामित्व जमाउने हुँदा यहाँको मकैबालीमा क्षति पु¥याएको देखिन्छ । वाग्मतीमा रहेका सात वडामध्ये वडा नं २ माल्टा, ४ प्युटार र ६ आश्राङमा फौजी किराको प्रकोप व्यापक देखिएको गाउँपालिका कृषि विकास शाखा प्रमुख सुवास खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “यी तीनवटा वडामध्ये प्युटारमा रोपिएका धेरै मकैबाली किराले खाएको छ । प्युटारको लगभग ९०० रोपनी तथा माल्टा र आश्राङमा पाँच–पाँच सय रोपनी जमिनमा क्षति पु¥याएको छ । यी वडाका हरेक किसानको बारीमा १० देखि १५ प्रतिशत मकैमा क्षति भएको खनालले जानकारी दिनुभयो । सो…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासको इतिहासको गतिलाई पछाडि फर्काउन अव कसैले पनि नसक्ने बताएका छन् । १३ औं गणतन्त्र दिवसका अवसरमा विहीबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जुनसुकै शासन प्रणालीलाई पनि संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने प्रणाली विकासका क्रममा सानातिना कमीहरु देखा पर्नुलाई स्वभाविक भनेका छन् । ‘तर कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अवश्य नै अनुचित हुन् । इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् । गणतन्त्र घोषणापछि अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेको भन्दै ।…
काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो। यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै असर पुर्याउन सक्ने कृषिविद्ले चिन्ता व्यक्त गरेका छन् । सलह फट्यांग्रा (लकस्ट) को वैज्ञानिक नाम स्चिस्टोसिरका ग्रेगारिया हो। यसको एक बथान (झुन्ड) अफ्रिकाबाट खाडी मुलुक, इरान र पाकिस्तान हुँदै भारत छिरेको छ। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको छ। भारतको दिल्ली, उत्तर प्रदेश, झासीलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको छ। भारतसँग जोडिएको सबैभन्दा नजिकको मुलुक नेपाल हो। नेपालमा पश्चिमी दिशाबाट यो फट्यांग्रा…
काठमाडौं: कोरोना भाइसरको संक्रमण रोकथाम, तथा नियन्त्रणको लागि सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण नेपालको उत्पादन, वितरण तथा आपूर्ति प्रणाली प्रभावित भएको छ । यसको प्रभाव अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमा देखिन थालेको छ । कोरोनाको कारण १ खर्ब ६८ अर्ब रुपैयाँ नोक्सान भएको प्रक्षेपण राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा अनुसार चालु आर्थिक वर्षको नौ महिनामा औसत उपभोक्ता मुद्रास्फिीति ६.५३ प्रतिशत रहेकोमा वार्षिक औसत मुद्रास्फीति ६.५० प्रतिशतको हाराहारीमा रहने अनुमान छ । चालु आर्थिक वर्षको नौ महिनासम्म शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । विप्रेषण आप्रवाहमा…
हेटौँडा: वाग्मती प्रदेश सरकारले छापा तथा विद्युतीय सञ्चारमाध्यम सञ्चालन गर्ने भएको छ । प्रदेशले आगामी आर्थिक वर्षमा सञ्चारगृह स्थापना गरी अनलाइन, रेडियो, टेलिभिजन र छापाखाना सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउने भएको हो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारी कागजातसमेत छाप्ने योजनासहित छापाखाना सञ्चालन गर्न लागिएको बताउनुभयो । सूचना तथा जानकारीमूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने उद्देश्यले सरकारी सञ्चारमाध्यम सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । सरकारले गरेका गतिविधिको आम नागरिकमाझ प्रचारप्रसार गर्न पनि सरकारमातहतको सञ्चार संस्था आवश्यक रहेको मुख्यमन्त्री पौडेलको भनाइ छ । “हामी वर्षमा करोडौँका कागज छपाइ गर्छौँ, त्यो सबै आफ्नै छापाखानाबाट छाप्न मिल्छ, पत्रपत्रिका पनि त्यहीँ छापिन्छ”,…
काठमाडौं: गणतन्त्र दिवसको अवसरमा सरकारले २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी पनि गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिनाहा भएको छ । यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल…
