काठमाडौं: अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट अमेरिकामा १ लाख २ सय ७६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या १६ लाख ९८ हजार ५ सय ८१ छ ।
यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि कोरोना संक्रमणबाट एक लाख जनाको मृत्यु भएमा डरलाग्दो हुने अभिव्यक्ति दिएका थिए ।
कोरिया, भियतनाम, इराक र अफगानिस्तानको कूल ४४ वर्षको लडाइँमा जति अमेरिकीको ज्यान गएको थियो, लगभग त्यति नै संख्यामा तीन महिनाको अवधिमा कोरोना संक्रमणबाट अमेरिकामा मृत्यु भएको छ ।
Facebook Comments Box