Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालको दूरसञ्चार सेवाको विकास, विस्तार र गुणस्तर दक्षिण एशियामै गौरव गर्न लायक भनिरहँदा संसदीय समितिले गुणस्तर र सेवा विस्तारको धिमा गतिप्रति गम्भीर प्रश्न उठाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सञ्चालित परियोजनाको कार्यप्रगति सुनेपछि सांसद यज्ञ सुनुवारले ‘रातको समयमा समीको बोटमुनि बसेर पूर्व फर्केर डायल गरेपछि काठमाडौँमा ट्वाक्कै फोन लाग्यो’ भनेपछि समितिको बैठकमा हाँसो गुञ्जियो । टेलिफोन गर्न राति समीको बोटमुनि पुग्नुपर्छ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणका पदाधिकारीलाई टेलिफोन सेवा र गुणस्तरबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, “तीन चार दिनदेखि ओखलढुङ्गाका विभिन्न गाउँबस्तीबाट काठमाडाँै सम्पर्क गर्न खोजेँ तर टावर आएन, एकजना…

Read More

काठमाडौँ:टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो । टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा…

Read More

काठमाडौँ: शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो । आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भन्नुभयो, “जलाउनै लाग्दा शव हामीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौँ । घटनाको थप अनुसन्धान…

Read More

सप्तरी: होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला आज बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि गत बिहीबार राजविराजस्थित डा विनिता यादवको क्लिनिकमा उपचारका लागि लगिएको थियो । चिकित्सकले पाँच दिनपछि पुनः परीक्षणका लागि बोलाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार महिलालाई पिसाबको सङ्क्रमण (युटीआइ) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । अठार साताकी गर्भवतीलाई १० दिनदेखि ज्वरो…

Read More

एजेन्सी: बलिउडका चर्चित निर्माता करण जोहरले उनको घरमा काम गर्ने दुई व्यक्तिमा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् । ट्वीटरमा एक बयान जारी गरेर उनले ती दुई कर्मचारीमा लक्षणको पत्ता लागेपछि आफ्नै घरको एक हिस्सामा क्वारेन्टाइनमा राखेको बताए । नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि उनले जानकारी दिए । करण जोहरले लेखे, ‘परिवारका सबै सदस्य र अन्य सहयोगीको कोरोना परीक्षण गरिएको छ, जुन नेगेटिभ आएको छ । तर हाम्रा आसपासका मानिसहरु सुरक्षाका लागि १४ दिनका लागि हामी आइसोलेशनमा हुनेछौं ।’

Read More

काठमाडौं: कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र (क्राइसिस म्यानेजमेन्ट सेन्टर) तथा विभिन्न मन्त्रालयले संयुक्त रूपमा काम अगाडि बढाएका छन् तर कति नेपाली ल्याउने भन्ने तथ्याङ्क भने यकिन छैन । दुवै समितिमा विशेष भूमिका निर्वाह गरिरहेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार विदेशबाट ल्याउने नेपालीको अनुमानित सङ्ख्या विश्लेषण गरी समितिमा प्रस्ताव गरिएको हो । झण्डै नौ लाख नेपाली ल्याउने अवस्था आउन सक्छ । जस अनुसार पछिल्लोपटक भएको छलफल अनुसार परराष्ट्र मन्त्रालयले विदेशमा…

Read More

काठमाडौँ: सरकारले नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी आफ्ना कामकारवाही एवं गतिविधि सञ्चालन गरेको जनाएको छ । नेपाल सरकारले राष्ट्रपतिसमक्ष आज बुझाएको सरकारको प्रतिवेदनमा सो कुरा उल्लेख छ । संविधानअनुरुप राज्यका नीति तथा दायित्यको कार्यान्वयनको स्थिति र शासकीय सुधार एव सुशासन कायम गर्ने सम्बन्धमा भएका कामकारवाही पनि प्रतिवेदनमा समेटिएको छ । विशेष गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न सरकारले आर्थिक, सामाजिक, पूर्वाधार एव सुशासन तथा सेवा प्रवाहका क्षेत्रमा गरेको रुपान्तरणकारी कार्यको विवरण प्रतिवेदनमा समावेश गरिएको जनाइएको छ । नेपाल सरकारले गत आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले यो महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताउनुभयो । महामारीको सामना गर्न सबै सरकारी निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो । क्वारेन्टिन थप व्यवस्थित बनाउँदै लैजाने पनि उहाँको भनाइ छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अझै केही समय लड्नुपर्ने देखिएको छ ।” सरकार नागरिकप्रति संवेदनशील रहेको उहाँले बताउनुभयो । सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको उहाँले जानकारी दिनुभयो…

Read More

काठमाडौँ: आज (सोमबार) साँझ ५ बजे मन्पिरिषद् बैठक बस्नेभएको छ। सो बैठक लगत्तै साढे ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा संबोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालखबरलाई बताए। सो संवोधनको नेपाल टेलिभिनबाट प्रत्यक्ष प्रसारण गरिने थापाले बताएका छन्। कोरोना महामारीका कारण सिर्जित संकट, दुई महिनादेखि जारी देशव्यापी लकडाउन लगायत विषयबारे प्रधानमन्त्रीले संबोधन गर्ने बताइएको छ। जेठ २० गतेपछि लकडाउन खुकुलो पार्ने तयारी भइरहेको भनी स्वास्थ्य मन्त्री र अन्य अधिकारीहरुको भनाई आइरहेका बेला प्रधानमन्त्रीले संबोधन गर्न लागेका हुन्।

Read More

धुनषा: धनुषामा सोमबार बिहान पुष्टि भएका ३ जनामध्ये दुईजना क्वारेन्टिनमा खटेका सुरक्षाकर्मी परेका छन्। धनुषाको नगराईन नगरपालिकाको गंगुलीमा निर्माण गरिएको प्रादेशिक क्वारेन्टिनमा खटिएका ४५ वर्षका एकजना असई र करिब ३० वर्षका एकजना प्रहरी जवान गरी दुईजनामा कोरोना संक्रमण पुष्टि भएको हो। ती दुवैजना ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत छन। दुबै सुरक्षाकर्मी दुईमहिनादेखि प्रादेशिक क्वारेन्टिनमा खटिएको क्वारेन्टिनका संयोजक सन्तोष ठाकुरले जानकारी दिए। त्यसै गरी सोही क्वारेन्टिनमा रहेका संक्रमण पुष्टि भएका अर्का व्यक्ति नगराइन नगरपालिका ३ धनुषाका ३० वर्षे पुरुष हुन्। उनी जेठ ६ गते दिल्लीबाट घर फर्केपछि क्वारन्टिनमा भर्ना गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान धनुषामा तीजनना व्यक्तिमा कोरोना…

Read More