Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: कोरोना भाइरस महाव्याधि (कोभिड १९) ले २५ प्रतिशत वैदेशिक रोजगारी गुम्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सोमबार प्रतिवेदन सार्वजनिक गरेको छ । संघले कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २० देखि २५ प्रतिशत रहेको संघले जनाएको छ । भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने जनाएको छ । दुई वर्षे करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा तुलसी सुवेदीले लेखेका छन् ।
काठमाडौँ: कोरोना संक्रमितको कूल संख्या ३७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले अहिले १०:१५ बजे जारी बिज्ञप्तीको अनुसार अहिले साँझ र बेलुका गरेर कुल १८ जना नयाँ संक्रमित थपिएको मन्त्रलायका सहप्रबकता डा समिर अधिकारीले जानकारी दिए। जस अनुसार नरैनापुर बाँकेका १२ जना, दैलेख आठबिसकोटका एक जना, सुनसरीका एक, झापाका एक, धनुषाका २ र खोटांग हलेसीका एक जना रहेका छन् ।
काठमाडौँ: सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गर्ने ऐतिहासिक निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट प्रस्तावित नेपालको अद्यावधिक नक्सा स्वीकृत गरेको हो । बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले नक्साले नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तरराष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको बताउनुभयो । नक्सा नेपालको सबै किसिमका प्रशासनिक र सबै प्रबन्धमा प्रयोग गरिने गरी सरकारले अघि बढाएको पनि मन्त्री खतिवडाले जानकारी दिनुभयो । नयाँ नक्सामा अन्तरराष्ट्रिय सिमानाहरुमा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको उहाँको भनाइ छ । यो…
काठमाडौँ: बिराटनगर महानगरपालिका-१० मधुमारा चोक बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका-१२ घर भएका देवी पाथीभरा फार्मेसीका संचालक ३३ वर्षीय देवी प्रसाद दुलालको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहा लहान नगरपालिका-१० पडहरिया टोल घर भई हाल मोरङ विराटनगर महानगरपालिका-४ स्थित बुढाथोकी फार्मेसीमा काम गर्ने २१ वर्षीय ब्रहमदेव साह, सुनसरी इटहरी उपमहानगरपालिका-१२ बस्ने २० वर्षीय सोनु साह र मृतककी श्रीमती मिना श्रेष्ठ दुलाल रहेका छन् । आइतबार बिहान वेहोस भएको भन्दै उपचारको लागि विराटनगर गोल्डेन अस्पताल पुर्याउँदा दुलालको मृत्यु भएको घटनाको अनुसन्धानका लागि १ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान समूह र जिल्ला प्रहरी…
काठमाडौँ: विभिन्न देशमा रहेका नेपालीहरुलाई देशभित्र ल्याउनेबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक साँझ ६ बजेदेखि जारी छ । लकडाउनपछि भारत लगायतका देशमा ठूलो संख्यामा नेपालीहरु अड्किएका छन् । बंगलादेश लगायतका देशमा रहेका विद्यार्थीहरुले आफूहरुको उद्दारका लागि सरकारलाई आग्रह गर्दै आएका छन् । यसैबारे छलफल गर्न मन्त्रिपरिषद् बैठकभन्दा अघि रक्षा मन्लायलमा मन्त्रीहरुको बेग्लै छलफल पनि हुँदैछ । उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली तथा कृषि मन्त्री घनश्याम भुसाललगायत यो छलफलमा सहभागी हुँदैछन् ।
काठमाडौं: काठमाडौं उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेको थियो । त्यससँगै फोहोर व्यवस्थापनमा समस्या देखिएको थियो । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको नेतृत्वमा ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको छ । ‘उपत्यकाको फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको माग अनुसार सिसडोलवासीमा कोरोना संक्रमण भए/नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको…
काठमाडौँ: बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, मोरङको बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा मोरङका एक पुरुस, भैरहवाको प्रयोगशालामा गुल्मीका ४१ वर्षीय पुरुस, त्यसै गरी धुलिखेल अस्पतालको प्रयोगशालाममा धनुषाका एक जना, रौतहटका एक जना, दाङ्गका एक जना र धादिंगका एक जनामा कोरोन पुष्टी भएको छ । यसरी कुल संक्रमितको संख्या ३५७ पुगेको स्वस्थ मन्त्रलायका प्रबक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
नेपालगञ्ज: बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निजी क्षेत्रले सरकारसँग राहत मागेको नभएर सहयोगको अपेक्षा गरेको बताएकि छन् । उद्योग वाणिज्य महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कोभिडबाट अर्थतन्त्रमा परेको असर र राहतका लागि सरकारलाई आफूहरुले सुझाव बुझाएको र उक्त सुझाव समावेश नीति तथा कार्यक्रममा नसमेटेको समेत बताइन् । उनले आगामी आर्थिक वर्षको बजेटका लागि निजी क्षेत्रले आफ्ना मागहरु अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंंकलगायतका सबै निकायलाई जानकारी गराएको र त्यो विषय बजेटमा समावेश नभएको खण्डमा उद्योग क्षेत्र ध्वस्त हुने बताइन् । उनले आफ्नो मागहरु सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश नभएको र आगामी आवको बजेटमा पनि आफ्ना माग समावेश नभएको…
काठमाडौं: साढे ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख १६ हजार ५१४ जनाको मृत्यु भएको छ । हालसम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना संक्रमण मुक्त भएका हुन् । बितेको २४ घण्टामा ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ । २६ लाख २६ हजार ८२९ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४४ हजार ८२१ जनाको अवस्था गम्भीर छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै…
