काठमाडौँ: बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै, मोरङको बिराटनगरस्थित प्रादेशिक प्रयोगशालामा मोरङका एक पुरुस, भैरहवाको प्रयोगशालामा गुल्मीका ४१ वर्षीय पुरुस, त्यसै गरी धुलिखेल अस्पतालको प्रयोगशालाममा धनुषाका एक जना, रौतहटका एक जना, दाङ्गका एक जना र धादिंगका एक जनामा कोरोन पुष्टी भएको छ ।
यसरी कुल संक्रमितको संख्या ३५७ पुगेको स्वस्थ मन्त्रलायका प्रबक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
Facebook Comments Box