Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: उपप्रधानमन्त्री एवं रक्षा मन्त्री तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँग नेपालस्थित आज संयुक्त राष्ट्रसङ्घका संयोजक भ्यालेरी जुलियाण्ड र विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि जोश भ्याण्डेलारले शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल सरकारले कोरोना रोकथाम र नियन्त्रणमा हाल जारी राखेको पहल र स्थितिबारे छलफल भएको रक्षा मन्त्रालयका सहप्रवक्ता मनोजकुमार आचार्यले जानकारी दिनुभयो । राष्ट्रसङ्घीय प्रतिनिधिहरुले सीमित स्रोत साधनका बीच नेपालले कोरोना रोकथाममा चालेका कदमहरु प्रशंसनीय रहेको र अन्य आवश्यक सहयोग परेमा उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँहरुले क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई विशेष ढङ्गले व्यवहार गर्नाका साथै बन्दाबन्दीको अवधिका…

Read More

काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनिकरण एवं रोकथामका लागि जारी भएको लकडाउनको आज ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ औं दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका केही भागमा पुग्दा लकडाउनको पूर्ण पालना भएको देखिएन् । एयरपोर्ट, कोटेश्वर, तिनकुने, बानेश्वर, माइतीघर लगायतका ठाउँमा प्रहरीले सवारी साधनको चेकजाँचलाई कडाई गरेको देखियो । तर सडकमा अत्यावश्यक सवारी साधन, कर्मचारीका सवारी साधन, ढुवानीका सवारी साधनको चाप बढेको देखिन्छ । अत्यावश्यक र पासबाहेक सवारी साधनको भिड बढ्दै गएको छ । प्रहरीले…

Read More

काठमाडौँ: पार्टीको सचिवालय र स्थायी समिति बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अन्य शीर्ष नेताहरुसँग परामर्श तीब्र पारेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग मंगलबार बिहान भेट गरेका प्रधानमन्त्री ओलीले अर्का वरिष्ठ नेता झलनाथ खनालसँग बालुवाटारमा छलफल गरिरहेका छन्। मंगबार दिउँसो १ बजेदेखि ओली र खनालबीच एक्ला एक्लै वार्ता भइरहेको बालुवाटार स्रोतले जनाएको छ। नेकपाको बुधबार सचिवालय र बिहीबार स्थायी समिति बैठक तोकिएको छ। स्थायी समितिको बैठक र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न दुई नेताबीचको बैठक तय भएको स्रोतले जनाएको छ। ‘स्थायी समितिको बैठक र राष्ट्रिय राजनीतिको बारेमा छलफल गरौं भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ,’…

Read More

काठमाडौँ: नेत्रविक्रम चन्द विप्ल नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा ‘विरही’ पक्राउ परेका छन्। विरहीलाई प्रहरीले चितवनबाट पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि चितवनको भरतपुस्थित पुरानो मेडिकल केलजमा भर्ना भएका शर्मालाई प्रहरीले त्यहीबाटै नियन्त्रणमा लिएको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जनाकारी दिए। विरही रमेश रिमालको नाममा विरामी पुर्जी लिएर अस्पतालमा भर्ना भएका थिए। उनलाई के भएको भन्नेबारे केही खुलाइएको छैन। विरही विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुन्।

Read More

काठमाडौँ: लकडाउनको मोटालिटी तय गर्न कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचार उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओली पनि बैठकमा सहभागी हुने भएपछि उच्चस्तरीय समितिको बैठक मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। सरकारले चौथोपटक थप गरेको लकडाउनको अवधि बिहीबार (२५ गते) सकिँदै छ। सरकारले लकडाउन केही खुकुलो बनाउने तयारी गरिरहेका बेला नेपालगन्जमा ठूलो मात्रामा कोरोना संक्रमित भेटिएपछि के गर्ने भन्नेबारे छलफल हुने स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए। आजको बैठकमा लकडाउनको स्वरुप परिमार्जन गर्दै संक्रमणको जोखिम कम देखिएका क्षेत्रमा खुकुलो बनाउने विषयमा छलफल हुने ती अधिकारीले बताए। स्वास्थ्य मन्त्रालयले प्रभाव क्षत्रका आधारमा लकडाउनलाई रेड, एल्लो…

Read More

काठमाडौँ: निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले यसवर्षको एसईई परीक्षा लिन सम्भव नदेखिएको भन्दै विद्यार्थीहरुले गरेका आन्तरिक मूल्यांकनलाई आधार मानेर प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । कोरानाभाइरसको त्रासका कारण गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा हालसम्म पनि हुन नसकेपछि व्याब्सनले यस्तो प्रस्ताव गरेको हो । ‘परीक्षा लिन सम्भव नदेखिएको हुनाले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुनेगरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुन्छ’ प्याब्सनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस कार्यका लागि कानुनी बाधा अड्चन हटाइ आन्तरिक मूल्यांकनका आधारमा…

Read More

काठमाडौं: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले तीन चरणमा उद्योग खोल्नुपर्ने सुझाव राखेको छ । मन्त्रालयले पहिलो चरणमा खाद्य तथा दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने, दोस्रो चरणमा निर्माणजन्य उद्योग खोल्नुपर्ने र तेस्रो चरणमा निर्यातजन्य उद्योग खोल्नुपर्ने सुझाव दिएको उद्योग मन्त्री भट्टले जानकारी दिए । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा तीन चरणमा उद्योग खोल्नुपर्ने राय राखेको थियो । त्यसमा अर्थमन्त्रालयले पनि सहमति जनाएको उद्योगमन्त्री भट्टले जानकारी दिए । सुरक्षाको सम्पूर्ण उपाय अपनाएर उद्योग चलाउनुको अर्को विकल्प नभएको उनको भनाइ छ ।

Read More

काठमाडौं: बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ । तथ्यांकमा काेराेना – नेपाल संक्रमित-८२ निको भएको-१६ मृत्यु-० अपडेटः २०७७ वैशाख २३। स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको…

Read More

काठमाडौँ: गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे । हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेकाे छ । नेपालतर्फको सिमानाकामा भारतकाे ५३० बिओपी रहेकोमा नेपालले पनि साेहि अनुपातमा बिओपी थप्ने तयारी गरेकाे हाे । प्रस्ताव अनुसार साे संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरकाे दुरिमा रहेकाे बिओेपी त्यसपछि…

Read More

काठमाडौँ: पूर्वराज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले आफूमाथि अपहरण भएको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा निवेदन दिएका छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध यादवले सोमबार बबरमहलस्थित कार्यालयमा निवेदन दिएका हुन्। समाजवादी र राजपा मिलेर बनेको जनता समाजवादीका नेता केशव झाले सरकारी वकिल कार्यालयले सांसद यादवले दिएको निवेदन दर्ता गरेको जानकारी दिए। ‘सांसद यादव र वकिलहरू आज सरकारी वकिल कार्यालय जानुभएको थियो। उहाँहरूले दिएको निवेदन दर्ता भएको छ,’ झाले पहिलोक्लिकसंग भने, ‘दर्ता नम्बर १०४७ हो।’ यसअघि सरकारी वकिल कार्यालयले आफूहरूलाई केही समय अध्ययन गर्न…

Read More