Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सिमामा बिओपीको संख्या २२१ बाट ५०० पुर्याउने गृहमन्त्रालयकाे तयारी

    सिमामा बिओपीको संख्या २२१ बाट ५०० पुर्याउने गृहमन्त्रालयकाे तयारी

    पहिलोक्लिकपहिलोक्लिकMay 4, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्‍याउने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे ।

     

    हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेकाे छ । नेपालतर्फको सिमानाकामा भारतकाे ५३० बिओपी रहेकोमा नेपालले पनि साेहि अनुपातमा बिओपी थप्ने तयारी गरेकाे हाे । प्रस्ताव अनुसार साे संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ ।

     

    हाल सरदर १५ किलोमिटरकाे दुरिमा रहेकाे बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ । बिओपी थप सम्बन्धि गृहमन्त्रालयकाे छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनकाे विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताउनुभयो ।

     

    उहाँले सशस्त्र प्रहरीले तयार पारेकाे प्रस्ताव राम्राे रहेकाे भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिनुभयो । शान्त, समृद्ध र स्वाधीन नेपालकालागि सिमा व्यवस्थापन अनिवार्य शर्त रहेकाे बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।

     

    तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाईने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे । उहाँले अहिले जटिल परिस्थितिमा सिमित , स्राेत र साधनका बाबजुद सिमामा काेराेना नियन्त्रणका लागि सुरक्षानिकायले खेलेकाे भूमिका प्रशंसनीय रहेकाे टिप्पणी गर्नुभयाे ।

     

    गृहसचिव महेश्वर न्याैपानेले सिमाकाे विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चाेरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुकाे विकल्प नरहेको बताउनुभयो । उहाँले भन्सारकाे १११ ठाउँमा रहेकाे जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएकाे जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगकाे समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभयो ।

     

    यसअघि सिमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठुलाे संख्यामा थप गरि १२० पुर्‍याइएको छ । त्यस्तै बिओपी संख्या २२१ पुरयाउने गृहमन्त्रीको प्रस्ताब मन्त्रीपरिषद्ले यसअघिनै पारित गरिसकेकाे छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हाे ।

     

    गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलाे संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् । सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पाेस्ट बिस्तार गरिएको सशस्त्रले जनाएकाे छ ।

    Facebook Comments Box

    सिमामा बिओपी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.