Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
चरिकोट: कोराना भाइरस सङ्क्रमण रोक्न गरिएको बन्दाबन्दीका कारण उत्पादित तरकारी बिक्री वितरण गर्न नपाएपछि दोलखाली किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेका हिउँदे काउली रायोको सागलगायत कुहिन थालेका छन् भने चम्सुर, पालुङगो, धनियाँ फुल्न थालेका छन् । त्यसैगरी प्याज, लसुन छिप्पिएर बिक्री वितरण गर्नै नमिल्ने अवस्थामा पुगेकाले मर्कामा परिएको भीमेश्वर नगरपालिका–७ मकैबारीका किसान वीरबहादुर मोक्तानले गुनासो पोख्नु भयो । दुःखका साथ रोपेको तरकारीबाली बिक्री वितरण गर्न नपाएपछि पशुलाई खुवाउन थालिएको दुःखेसो पोख्दै उहाँले भन्नुभयो, ६० रुपियाँ किलो बिक्ने काउली १०÷१५ रुपियाँमा दिँदा पनि बिक्री भएको छैन । रायोको साग ३० रुपियाँ मुठा बिक्नेमा अहिले १० रुपियाँमा पनि बिकेको…
काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका जानकारी दिदै अव वैशाख २५ पछि बजार खोल्नुपर्ने पक्षमा रही अघि बढेको बताए । नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरीको प्लान र आइटी पोलिसी आवश्यक रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले आईटी पोलिसी सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरेका जानकारी समेत दिए । नेप्सेको अनलाईन…
काठमाडौँ: कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जमिन बाँझो नराख्न र कृषि फसल बिक्रीवितरण गर्ने पसल बन्द नगर्न पुनः आग्रह गरेको छ । लम्बिँदै गएको लकडाउन र भत्किँदो अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्थाले खाद्य असुरक्षाको अवस्था आउनसक्ने भन्दै मन्त्रालयले कृषक, उद्योगी, स्थानीय तह र स्थानीय प्रशासनहरूलाई सहजीकरण बढाउन अनुरोध गरेको छ । मन्त्रालयले जारी गरेको १० बुँदे निर्देशनमा सामाजिक दुरी कायम गर्दै कृषि र यससँग सम्बन्धित सबै कर्म नियमित राख्न गर्न कृषकलाई आह्वान गरिएको छ । ‘मौसमी खेती, अन्नबाली भित्र्याउने र तिनको भण्डारण तथा बजारीकरणका लागि सबै उपाय अपनाएर काम गर्नू,’ निर्देशनमा भनिएको छ । मन्त्रालयले कृषि र पशुपालन लगायतका कर्मसँग सम्बन्धित…
काठमाडौं: कोरोना भाइरस (कोभिड १९) को सन्त्रासकै बेला बागमती प्रदेश भूमि ब्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी संचालन गर्न निर्देशन जारी गरेपछि सहकारीकर्मी समस्या परेका छन् । गृहमन्त्रालयले पास उपलब्ध नगराउँदा सेवा दिन समस्या भएको उनीहरुले गुनासो गरेका छन् । नेपाल सहकारी पत्रकार समाजले आयोजा गरेको विषम् परिस्थितिमा सहकारीको भूमिका विषयक भिडियो कन्फ्रेन्समा बोल्दै काठमाडौ उपत्यकाका सहकारी अगुवाहरुले मन्त्रालयको परिपत्र अनुसार तत्काल सहकारले सेवा दिन कठिन भएको र सरोकारवालाहरुले समन्वयकारी भूमिका खेल्नुपर्ने बताए । बागमती प्रदेश सरकारले सहकारीको कार्यालय खोली दैनिक तीन घण्टा सेवा दिन निर्देशन दिए पनि हिडडुल गर्न समस्या भएको, सुरक्षा विधि, उपाय तथा सामाजिक दुरी कायम गर्न…
काठमाडौँ: वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापापछि रोलक्रम अनुसार प्रधानसेनापतिको दाबेदारको रुपमा हेरिएका उपरथी प्रभुराम शर्माको रथीमा बढुवा भएकाे छ । वैशाख १४ गते बसेको मन्त्रीपरिषद् बैंठकको निर्णय अनुसार शर्मालाई उपरथीबाट रथीमा बढुवा गरिएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । सैनिक ऐन अनुसार प्रधानसेनापति थापाको सिफारिसमा शर्माको बढुवाको लागि सरकार समक्ष पेस गरिएको थियो । सेनामा दुई रथी हुनेमा दोस्रो वरियताका रथी (बलाध्यक्ष) गौरव तण्डुल उमेर हदका कारण वैशाख १९ बाट अनिवार्य अवकाश पाउँदै छन् । सैनिक ऐन अनुसार रथीको उमेर हद ५८ वर्ष रहेको छ । तण्डुल अहिले अनिवार्य अवकाश अघि बस्नु पर्ने बिदामा छन् । वैशाख १९ मा तण्डुल अवकाश…
एजेन्सी: बलिउड अभिनेता इरफान खानको मृत्यु भएको छ। मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन्। पेटमा संक्रमण भएकाले खानलाई मंगलबार आइसीयूमा भर्ना गरिएको उनका प्रवक्ताले मंगलबार जनाएका थिए। गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्। सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो। पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्। इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन्।…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली नयाँ बानेश्वरस्थित संघीय संसद् भवन पुगेका छन् । संसद बैठक सञ्चालनका लागि कसरी सामाजिक दुरी कायम गर्न सकिन्छ भनेर अनुगमनका लागि प्रधानमन्त्री संसद भवन पुगेका हुन् । आज बिहानमात्र प्रधानमन्त्री ओलीले बजेट तथा नीति तथा कार्यक्रमका लागि बैठक सञ्चालन गर्नका लागि सभामुख अग्नी सापकोटासँग छलफल गरेका थिए ।अनुगमनमा प्रधानमन्त्रीसँगै सभामुख सापकोटा, कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेलगायत उपस्थित थिए ।
काठमाडौं: आर्थिक वर्ष ०७७/०७८ को नयाँ नीति तथा कार्यक्रमा औधोगिक पूर्वाधार र स्वरोजगारमुलक कार्यक्रमलाई ध्यानमा राखेर नयाँ बजेट ल्याउन सांसदहरुले उद्योग मन्त्रालयलाई सुझाव दिएका छन् । मन्त्रालयले मंगलबारदेखि सुरु गरेको बजेट छलफलमा सुदूरपश्चिम र प्रदेश पाँचबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले यस्तो धारणा राखेका हुन् । छलफलमा मुलुकमा औद्योगिकीकरणको युग सुरुवात गर्न के गर्न सकिन्छ भन्ने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको प्रश्नमा सांसदहरुले लघु तथा घरेलु उद्यममार्फत देशभर स्वरोजगारी सृजना गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका थिए । यस्तै सुख्खा बन्दरगाह, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्राममका आयोजनालाई ध्यान दिनुपर्नेमा पनि उनीहरुको जोड थियो । स्थानीय उत्पादनमा आधरित घरेलु…
काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ । इपिएस प्रणालीमार्फत् रोजगारीका लागि कोरिया जान अनुमति पाएर पनि नेपालमै अलपत्र परेकालाई गन्तव्यमा पु-याउन संघले जहाज चार्टर गर्न लागेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तका अनुसार भिषासहित सम्पूर्ण कागजी प्रकृया पूरा गरेर नेपालमा रोकिएका १ हजार ३ जनालाई दक्षिण कोरियाको श्रम गन्तव्यमा पु-याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चाटर्ड गर्ने प्रकृया संघले अघि बढाएको हो । वाइडबडी जहाज कोरिया पठाउन नेपाल वायु सेवा निगमसँग आवश्यक कानुनी प्रक्रिया पूरा भइसकेको छ । संघका…
काठमाडौँ: सभामुख अग्नि सापकोटाले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। सापकोटाले प्रधानमन्त्री ओलीसँग भेट गरी बजेट अधिवेशन आह्वान गर्न ढिलाइ नगर्न सुझाएका हुन्। सरकारले ल्याउने नीति तथा कार्यक्रम र प्रि-बजेट छलफलमा ढिलाइ हुने उल्लेख गर्दै सापकोटाले बैठक बोलाउन आग्रह गरेका थिए। सभामुख सापकोटाले संघीय संसद भवनमा सामाजिक दूरी कायम गरेर बैठक गर्न सकिने प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए। प्रधानमन्त्री ओली अहिले केहीबेर संघीय संसद भवनको अवलोकनका लागि जाँदै छन्।
