Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बुधबार एकैदिन चारजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो बारा र पर्साका २–२ गरी थप ४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले थप ४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका छन् । डा पाण्डेका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् ।…
काठमाडौँ: नागार्जुन नगरपालिका वडा नम्बर १ को कार्यालयले मंगलबार अतिविपन्न र दैनिक ज्यालामजदुरी गरेर छाक टार्नु पर्ने अवस्थाका झन्डै २७० जनालाई नि:शुल्क खाना खुवाएको छ । विश्वमहामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९) ले गर्दा अहिले देश नै पूर्ण बन्दाबन्दी (लकडाउन) को अवस्थामा रहेको बेला यही वडाभित्र रहेका मजदुर, दैनिक ज्यालादारी र श्रमिकलाई आज बिहान र साँझ गरेर दुई छाक खानाको प्रवन्ध गरिएको वडा कार्यालय प्रमुख तथा वडा अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए। आज बिहान व्यवस्था गरिएको खाना खुवाउने कार्यक्रममा १३५ जना श्रमिक-मजदुरले खाना खाएको उनले बताए। सो कार्य वडाको पूर्ण पहलमा आयोजना गरिएको पनि लामाले बताए। …
काठमाडौं: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार सचिवालय बैठक बोलाउने सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार दिउँसो दुई नेताबीच भएको भेटवार्तापछि सचिवालय बैठक बुधबार बस्ने सहमति भएको बालुवटार स्रोतले जनाएको हो। प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच झण्डै एक घण्टा भएको कुराकानीमा दुवै नेताले आआफ्ना कुरा राखेको बताइएको छ । यसअघि सोमबार कोटेश्वरमा माधवकुमार नेपालसहित ओली पक्षका नेताहरुबीच भएको दुईपक्षीय छलफलमा मंगलबार सचिवालय बैठक बोलाउने सहमति भएको बताइएको थियो । दुई अध्यक्षबीचको बैठकबाट फेरि भोलिका लागि बैठक तय गरिएको हो ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ । कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो । महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ को नामावली सङ्कलन गरेको थियो । महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ । महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरुलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ । महानगरले नगर क्षेत्रमा एक हजार १९…
काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुखले कोरोना भाइरस महामारीको अन्त्यबाट अझै निकै टाढा रहेको बताएका छन्। उनले कोरोना भाइरसका कारण सामान्य स्वास्थ्य सेवा पाउन मानिसहरुले समस्या भोगिरहेको बताए। यसमा विशेषगरी गरीब देशका बालबालिकाहरूले समयमै खोप लगाउन नपाएको उनको भनाइ छ। डब्लुएचओले केही धनी राष्ट्रमा संक्रमण स्थिर वा कम हुँदै गएको भएपनि अफ्रिका, पूर्वी यूरोप, ल्याटिन अमेरिका र केही एसियाली देशहरूमा संक्रमण र सोका कारण हुने मृत्यु बढेकोमा चासो व्यक्त गरेको छ। ‘हाम्रो अघि निकै लामो बाटो छ र थुप्रै काम गर्न बाँकी नै छ’, विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले सोमबार जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा भने।…
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट समक्ष नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोना भाइरस (कोभिड-१९) बाट उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रमा परेको प्रभाव न्यूनीकरण सम्वन्धमा २९ वुंदे सुझाव प्रस्तुत गर्नु भयो । उक्त अवसरमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको बिषम परिस्थितिमा निजी क्षेत्रले आपूर्तिलाइ सहज बनाइ सुव्यवस्थित गरेकोमा धन्यबाद दिदै यसलाइ निरन्तरता दिन आग्रह गर्नुभयो । सार्वजनिक बितरण प्रणालीलाइ सुदृढ गर्न सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र संभव हुने बताउनु भयो । उद्योग व्यवसायमा आएको समस्याहरुलाइ समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताउनु हुंदै उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति, बितरण प्रणालीमा…
काठमाडौँ: कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न र यसको नियन्त्रण गर्न युरोपेली युनियन (ईयू) ले नेपाललाई झन्डै १० अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । नेपालस्थित ईयू कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार ईयूले ७५ मिलियन युरो अर्थात् करिब ९ अर्ब ९० करोड ८१ लाख ५० हजार रुपैयाँ सहयोग नेपाललाई दिन लागेको हो । ईयूले दिन लागेको उक्त सहयोगमा ५५ मिलियन युरो अर्थात् करिब ७ अर्ब २६ करोड ८३ लाख ८७ हजार रुपैया“ पहिले नै सहयोगको लागि प्रतिबद्धता गरेको रकमबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणलाई गर्न दिन लागेको हो । यस्तै, २० मिलियन युरो अर्थात् करिब २ अर्ब ६४ करोड ३४ लाख…
काठमाडौँ: गैरआवासीय नेपाली संघ (एनआरएनए ) कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिले राहत वितरण, स्वदेश फिर्ता र पुनस्र्थापनाको कार्यक्रमलाई युद्धस्तरमा अघि सारेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेम राज शर्माका अनुसार ४१ देशमा १ सय ५० भन्दा बढी शहरमा ९ सयभन्दा बढी स्वयम सेवक राहतका लागि खटिएका छन् भने २४ हजारभन्दा बढी गैरआवासीय नेपालीले राहत सामाग्री प्राप्त गरेका छन् । संघका राष्ट्रिय समिति र अन्तराष्ट्रिय परिषदले स्थापना गरेको २४ औं घण्टे हटलाइनबाट ७ हजार भन्दा बढी नेपालीले परामर्श लिएको डा. शर्माले जानकारी दिएका छन् । ७० जनाभन्दा बढी मेडिकल डाक्टरले १ हजार २ सयभन्दा बढी नेपालीलाई स्वास्थ्यसम्बन्धी परामर्श…
रौतहट: रौतहटमा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भारतबाट चोरबाटो हुँदै नेपाल आएका रौतहटका दुईजनामा कोरोना पुष्टि भएको हो । देवाही गोनाही नगरपालिका वडा नंं १ करुनीया बस्ने ३५ वर्षीय र वृन्दावन नगरपालिका वडा नंं ९ भुसाहा बस्ने २४ वर्षीयमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएको ती युवाको स्वाब काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । १६ जना सफल उपचारपछि घर फर्किएका छन् ।
काठमाडौँ: जारी लकडाउनका कारण थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूतिगृह) मा प्रसूति सेवा लिनेको सङ्ख्या केही कम भएको छ । अस्पतालसम्म आउन यातायातका साधन सहज नभएकाले यहाँ टाढाबाट बिरामी आउन नसकेको हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालमा १०० भन्दा बढी महिलाले दैनिक सन्तानलाई जन्म दिने गरेका छन् । काठमाडौँ र उपत्यका बाहिरबाट समेत सिफारिस भएर आउने गरेका थिए । लकडाउनयता दैनिक आठ÷दश जना कम भएको अस्पतालका निर्देशक डा जागेश्वर गौतमले बताउनुभयो । ती महिला अस्पतालसम्म पहुँच नभएकाले घरमै सन्तानलाई जन्म दिएको हुनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “उनीहरु अरु स्वास्थ्य संस्था गए वा घरमै सन्तान जन्माए भन्ने बुझ्नुपर्छ…
