Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

विराटनगर: भारतसँग सिमा जोडीएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको मोरगंको विराटनगरमा र्यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) कीट अभाव भएको छ । कीट अभावका कारण कोरोना परीक्षण नै रोकिएको विराटनगर महानगरपालिकाले जनाएको छ । विराटनगर महानगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले चार दिनअघिबाट सुरु भएको यो प्रविधिको परीक्षण नै रोक्नुपरेको बताए । ‘पर्याप्त कीट नहुँदा परीक्षण नै रोक्नुपरेको छ । प्रदेश सरकारसँग भनिरहेका छाँै । तर उपलव्ध नभएकाले रोक्दै काम गर्नुपरेको छ’, अधिकृत पोखरेलले भने, ‘हाम्रो महानगरभित्र ५ सय कीट चाहिने अनुमानसहित टेस्ट गर्न थालेका थियौँ । अहिलेसम्म १९८ जनाको परीक्षण भएको छ सवैको नतिजा नेगेटिभ आएको छ तर अब बाँकी अझै…

Read More

काठमाडौँ: सरकारले कोभिड १९ रोकथाम तथा उपचार कोषमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब कट्टा नगर्न निर्देशन पठाएको छ । प्रहरी प्रधान कार्यालयले केही दिनअघि अधिकृत तहदेखि माथिका प्रहरीको तीन देखि सात दिनसम्मको तलब कट्टा गरी कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले संकटको बेला फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको तलब काटेर कोषमा नराख्ने निर्णय गरेको हो । सोही निर्णय बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सम्बन्धित निकायलाई तलब कट्टा नगर्न पत्राचार गरिसकेको छ । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले प्रहरीको तलब काट्ने निर्णय सरकारले यसअघि पनि नगरेको बताए । प्रहरी अधिकृत कसैले स्वेच्छिक…

Read More

काठमाडौं: कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्र्तक्रियामा मन्त्री भट्टराईले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने बताएका हुन । ‘यो महाब्याधी नियन्त्रणका बारेमा अहिलेनै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिएपनि वाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन…

Read More

काठमाडौँ: विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैर आबासीय नेपाली संघले (एनआरएनए) पहल थाल्ने भएको छ। खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचिल्लीमा परेका खबरहरु आईरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको हो। संघको ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठकमा संघका अभियन्ताहरुले बिद्यार्थी, श्रमिक तथा बिबिध कारणले अबैधानिक रुपमा बस्दै आएका नेपालीहरुको अबस्थाबारे चिन्ता प्रकट गरेका छन्। परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले अप्रिल महिनाको अन्त्य सम्म गैर आबासीय नेपालीहरुलाई यथास्थानमा रहन अनुरोध गरिरहेका बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ‘कोभिड–१९ ‘उच्चस्तरीय समितिको बैठक भित्र सो बिषयमा गहन छलफल भएको हो । आइतवार कन्फ्रेन्स कलमार्फत सम्पन्न बैठकमा एनआरएनए अध्यक्ष कुमार पन्तले’ कोभिड–१९’ पछि…

Read More

काठमाडौँ: संघीय सरकारले वैशाख १५ पछि लकडाउनको स्वरुप परिमार्जन गर्ने गृहकार्य थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको मन्त्रालयसम्बद्ध एक उच्च स्रोतले पहिलोक्लिकलाई सोमबार जानकारी दिएको हो । उनका अनुसार बैशाख १५ पछि बन्दाबंदी यस्तै तरिकाले जाँदैन बरु यसको स्वरुपमा परिवर्तन हुनेछ । “अरु सम्बध मन्त्रालयले पनि आआफ्नै तरिकाले तयारीहरु गरिरहेका छन्। देशभर अहिलेजस्तै लकडाउन धान्न सक्ने अवस्था छैन’, उनले भने। सरकारले कोरोना भाइरस संक्रमण रोक्न चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको छ। बढी संक्रमण देखिएको क्षेत्रमा अहिलेकोभन्दा कडा लकडाउन गर्ने र बाँकी क्षेत्रमा…

Read More

काठमाडौँ: विश्वभरि नै कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी फैलिरहेको यो संकटको समयमा सहयोगी हात मात्र होइन, अपराधी गिरोह पनि सल्बलाइरहेका छन्। आफ्ना कुत्सित उद्देश्य प्राप्तिका लागि अहिले त्यस्ता गिरोह अनेक रूपमा प्रकट भइरहेका छन्। यसै क्रममा अहिले इन्टरनेटमा एउटा गिरोहले जीमेल प्रयोगकर्तालाई सिकार बनाउने खोजिरहेको पाइएको छ। गुगलका अनुसार कोरोना महामारीको जानकारी दिने नाममा यो गिरोहले जीमेल प्रयोकर्तालाई अहिले हरेक दिन १ करोड ८० लाख इमेल पठाइरहेको छ। अहिले विश्वभरि नै ‘फिसिङ अट्याक’ बढिरहेको गुगलले जनाएको छ। यसअन्तर्गत अपराधीले इमेल प्रयोगकर्तालाई विभिन्न प्रलोभन देखाएर पासवर्ड, क्रेडिट कार्ड डिटेलजस्ता व्यक्तिगत जानकारी लिने गर्छ। गुगलका अनुसार त्यस्ता अपराधीले जीमेल प्रयोगकर्तालाई विभिन्न प्रकारका…

Read More

काठमाडौँ: सरुवारोग विशेषज्ञ तथा टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनले मिडिया र जनताको दबाबका कारण आफूमाथिको कारवाही रोकिएको बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तरवार्तामा उनले सो कुरा बताएका हुन् । उनले भने, ‘ममाथि कारबाहीको तयारी भएको थियो भन्ने त मन्त्रालयका अधिकारीहरूले यसअघि मिडियामा दिएका प्रतिक्रियाबाट पनि प्रस्ट हुन्छ नि । डाक्टर भएर किन जान्ने हुने ? चेतना फैलाउँछु भन्दै किन बोल्ने ? आवश्यक परे मन्त्रालयका प्रवक्ता बोल्छन् भनेर त मिडियामा उहाँहरूले बोल्नुभएकै हो नि । छापिएकै छ नि ।’ ‘तर, यो महामारीका विषयमा विज्ञ डाक्टर नबोलेर को बोल्ने भन्ने मेरो अडान अहिले पनि छ ।…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान मन्त्रिपरिषद् बैठक डाकेका छन् । सोमबार बिहान ११ बजेका लागि नियमित मन्त्रिपरिषद बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार बैठकका एजेण्डाबारे नखुलाए पनि नियमित कामकारवाहीका अलवा कोरोनाभाइरस रोकथाम, नियन्त्रण र उपचारमा सरकारले अख्तियार गरेको नीति, योजना र कार्यक्रमबारे छलफल हुनेछ । कोरोनाभाइरस संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेबाट नियमित लकडाउन गर्दै आएको छ । पछिल्लो समय थपिएको लकडाउन बैशाख १५ गतेसम्मलाई छ । तर आजको बैठकमा लकडाउन छोट्याउने वा लम्ब्याउने भन्ने विषयमा कुनै छलफल नहुने ति मन्त्रीले बताए । ‘अझै एकहप्ता बाँकी रहेकाले त्यसबारे अर्को बैठकमा छलफल हुन्छ, आजको…

Read More

काठमाडौँ: लकडाउनले संकटमा परेका उद्योगव्यवसायलाई राहत, वैदेशिक रोजगारीबाट फर्किएकालाई रोजगारी र बन्द उद्योग संचालनका बारेमा अध्ययन गर्न सरकारले निजी क्षेत्रसहितको समिति गठन गरेको छ। उद्योगमन्त्री लेखराज भट्ट र राज्यमन्त्री मोतीलाल दुगडको अग्रसरतामा यो समिति गठन गरिएको हो। बैठकले मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वमा अध्ययन समिति गठन गरिएको हो। समितिमा अर्थ, उद्योग, कृषि, श्रम मन्त्रालय तथा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघका प्रतिनिधि रहने छन्। समितिले बन्द रहेका उद्योग सञ्चालनका बारेमा तीन चरणको योजना बनाउनु पर्नेछ। यस्तै समितिले विदेशबाट फर्केका युवाहरुलाई रोजगारी तथा उद्यममा सहभागी गराउन विशेष योजना तयार गरी मन्त्रालयलाई पेश गर्नेछ।…

Read More

काठमाडौँ: क्यानडामा एक बन्दुकधारीले विभिन्न ठाँउमा जथाभावी गोली चलाउँदा एक महिला प्रहरीसहित १३ जनाको ज्यान गएको छ। आइतबार भएको यो घटनालाई क्यानडामा ३० वर्षयता भएको सबैभन्दा ठूलो सामुहिक हत्या मानिएको छ। ग्याब्रियल वोर्टम्यान नाम गरेका ५२ वर्षिय ती बन्दुकधारीले क्यानडाको नोभा स्कटिया प्रान्तमा यो घटना गराएका हुन्। १२ घण्टाको प्रयासपछि उनी प्रहरीको गोलीबाट मारिएका छन्। उनले आक्रमण गर्दा एक ठाउँमा आफूलाई प्रहरीको जस्तै पोशाकमा प्रस्तुत गरेका थिए भने गाडीलाई पनि प्रहरीको गाडी जस्तै बनाएका थिए। प्रहरीले ती व्यक्ति र हत्या गरिएका मानिसहरूबीच कुनै सम्बन्ध नभएको जनाएको छ। एजेन्सी

Read More